• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अभिमत/विचार
अभिमत/विचार
दसैंमा घर (गाउँ) फर्कने योजना के–कस्तो छ ?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

दसैंमा घर (गाउँ) फर्कने योजना के–कस्तो छ ?
भाद्र २४, २०७६

चाडपर्वले नै वर्षमा एकचोटि घर जाने सु–अवसर जुराउँछ त्यसको सदुपयोग त गर्नैपर्‍यो । यो दसैंमा अमर न्यौपानेको ‘गुलाबी उमेर’ अनि योगेश राजको ‘रणहार’ आदि केही पुस्तकका साथ बौद्धिक मनोरन्जन गर्ने योजना छ ।

जेबी गाउँले

दसैं–तिहार आउँदा गाउँघरको साह्रै याद आउँछ, मन रुन्छ । बाध्यताले गर्दा यसपालि मात्र होइन, अझै कति वर्ष विदेशमा बस्नुपर्ने हो ?

आकाश माबुहाङ

यस पटकको दसैं पनि परदेशमै बित्ने भयो । नेपालमा भएका घरपरिवार, साथीभाइ, इष्टमित्र सबैलाई शुभकामनासहित देशमा शान्ति–सुव्यवस्था कायम होस् भन्ने प्रार्थना ।

शरद

म यसपालि दुई वर्षमा परदेशबाट घर फर्कंदैछु । एकदमै खुसी छु । साथीभाइहरूसँग रमाइलो गर्ने तयारी छ ।

सुवास बाँस्कोटा

अरू बेलाको तुलनामा चिटिक्क पर्ने । आÏनो गाउँ अर्थात् जन्मभूमिमा आफन्तहरूसँग भेटेर मीठो–मसिनो खाने सोच छ । 

पुरन भट्टराई

दसैं–तिहार अन्तिमपल्ट कहिले मनाइयो भन्ने कुरा नै स्मृतिबाट हराइसक्यो । यसपालिको दसैं–तिहारचाहिँ छुट्टी मिलेसम्म परिवारसँगै मनाउने सोचमा छु ।

धुब्रप्रसाद सापकोटा

दस वर्षपछि गाउँमा दसैं मनाउने योजना छ । भव्य र सभ्य रूपमा बबाल दसैं मनाइन्छ ।

समय अधिकारी

धेरै समयदेखि नभेटेका आफन्त एवं साथीभाइहरू भेटेर आÏनो मनको कुरा सुनाउने र मासु खाएर रमाउने योजना छ ।

उपहार बोहरा

यो दसैंमा चाहिँ घर फर्कने योजना छ । धेरै वर्ष भयो, परिवारसँग बसेर दसैं नमनाएको । रमाइलो गरेर धूमधामसँग दसैं मनाइन्छ । 

विनोद

दसैंमा घर जानु छ भन्ने खुसीभन्दा पनि घर कसरी जाने भन्ने चिन्ता बढी छ । राजधानीबाट सुदूरपश्चिमसम्म जान दोब्बर भाडा तिरे पनि सहज र सुरक्षित यात्रा गर्न पाइँदैन ।

अरुण भाट

यो वर्ष टीका छैन, के गर्न जानु र गाउँ पनि । यो दसैंमा काठमाडौंमै रमाइलो गर्नुपर्ला । 

जीवन क्षेत्री

दसैंमा घर आउने वातावरण बनाएको नयाँ भिसा नलागेर रद्द भयो । त्यसैले अब विदेशमै ड्युटी गर्ने । परदेशी जिन्दगी के दसैं, के तिहार ? कानो गोरुलाई औंसी न पूर्णेजस्तो । 

नारायण बस्नेत

आफू त गाउँमै छु । अब कुन गाउँ जाऊँ खोइ ? बरु ससुरालीचाहिँ सहरतिर छ ।

मुकेश बस्ती

यो साल आफू जन्मिएको गाउँको घाराको चिसो पानी खाँदै साथीहरूसँग बसेर भव्य तरिकाले दसैं मनाउने विचार छ । 

भीम गुरुङ

कहिले घर गएर कति बेला गाउँको स्वच्छ हावा, शान्त वातावरण, हरियाली वनजंगल, कुवाको पानी र डाँडाबाट झरेको झरनासँग मीत लगाउनु जस्तो भएको छ ।

होमराज ढुंगेल

अष्टमीका दिन बाइकमा सररर सिन्धुलीको बाटो हुँदै घर जाने योजना बनाएको छु । 

एलिश कार्की

कम्पनीले छुट्टी दिए महँगो टिकट काटेर भए पनि दसैं मनाउन घर फर्कने योजना छ । 

कुमार श्रेष्ठ

दसैंका अवसरमा विभिन्न छुट अफर पाइने हुँदा एउटा बाइक किन्ने योजना छ । त्यसपछि त्यही बाइकमा भेडेटारको चिसो हावा खाँदै अनि धनकुटाको दृश्य नियाल्दै भोजपुर पुग्ने सपना छ ।

धनकुमार योञ्जन

यो वर्ष दसैंमा विदेश भ्रमण गर्ने योजना छ । सधैं काममा व्यस्त भएर होला, यो वर्ष बाहिरी दुनियाँ नियाल्न मन छ । 

मिलन मगर

नेपालमै बसेर दसैंमा गाउँ गइएन भने त त्योजस्तो नमज्जा त के होला र ? फूलपातीको एक दिनअघि गाउँ गएर दसैं मनाउने विचार छ । 

रेशम श्रेष्ठ 

घरमा खसी काटेर परिवारसँग बसी टन्न मासु खाने योजना छ ।

रश्मि तिवारी

यो दसैं यस्तै भयो । घर जाने भन्ने कुरा पनि सपनामै सीमित रह्यो । भविष्य खोज्ने सपनामा घर–परिवार अनि साथीभाइ सबै छुटे ।

मोहन गौतम

घर फर्कन त मन थियो, तर दसैं–तिहारपछि मात्र बिदा पाइएला जस्तो छ । त्यसैले त्यस्तो खासै योजना केही छैन ।

अर्जुन दुलाल

ओली सरकारको पानीजहाज चढेर घर फर्कने योजना बनाएको छु ।

सुशील कटुवाल 

म त गाउँमै छु तर गाउँ आउने साथीहरूलाई ३ बुक तास लिएर आऊ है भन्ने योजना छ ।

दीपक तामाङ

दसैंमा घर फर्कने कोसिस गरिरा’छु । मिलेसम्म दसैंमा, मिलेन भने ल्होसारमा चाहिँ जसरी भए पनि आउनेछु । 

जी आर लामा

के गाउँ जानु र ? नेताहरूले गाउँगाउँमा सिंहदरबार लगेर गाउँ नै बाँकी राखेनन् ।

राकेश सुवेदी

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अभिमत/विचार
सङ्गीतबाट ध्यान

सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

अभिमत/विचार
स्वप्नदेखि परम् मुक्तिसम्मः निद्राको भूमिगत चक्रीय यात्रा

स्वामी आनन्द अर्हत

वैशाख ८, २०७७

अभिमत/विचार
के विकल्प बन्न सक्छ अनलाइन कक्षा ?

प्रा. डा. सुमनराज ताम्राकार

वैशाख ८, २०७७

अभिमत/विचार
निद्राको समादरः स्वास्थ्यको आधार

स्वामी आनन्द अर्हत

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik