साप्ताहिक संवाददाता
मंसिर १०, २०७४
चलचित्र प्रचारका बेला चलचित्र झ्यानाकुटी यूनिटले घोषणा गरेको ५१ हजार पुरस्कार हस्तान्तरण गरेको छ । ‘झ्यानाकुटी फोटो कन्टेस्ट’ मा भाग लिएका धेरै कलाकार तथा दर्शककाबीचमा क्रिष्टिना अधिकारी र सजन ढकालले उक्त रकम जितेका हुन् । प्रिती चाउचाउसंगको सहकार्यमा चलचित्र यूनिटले उक्त पुरस्कार वितरण गरेको हो ।
नोभेम्बर ४ मा क्रिष्टिनाले फेसबुकमा सजनलाई बोकेको तस्वीर पोष्ट गरेकी थिइन् । उनको तस्वीरमा १२ सय भन्दा बढी लाइक प्राप्त भएको थियो भने ‘झ्यानाकुटी फोटो कन्टेस्ट’ का लागि राखिएको सम्पूर्ण शर्त पुरा भएको निर्माण टीमले जनाएको छ । समारोहमा फिल्मका नायक सौगात मल्ल, नायिका बेनिशा हमाल, निर्देशक सिमोश सुनुवार र लेखक प्रदीप भारद्वाजसंगै केकेएफसी संचालक चन्दन शाहले चेक हस्तान्तर गरेका थिए ।