साप्ताहिक संवाददाता
पुस १७, २०७५
कलाकार दीपकराज गिरी र रोहित अधिकारीले संयुक्त रुपमा निर्माण गर्न लागेको अनटाइटल चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गर्ने भएका छन् । अंग्रेजी नयाँ वर्षको सुभकामना दिदैँ कलाकार दीपकराज गिरीले उक्त अनटाइटल चलचित्र दीपेन्द्र लामाले निर्देशन गर्ने स्पष्ट पारेका हुन् ।
चलचित्रका लागि कलाकार र प्राविधिक छनोट गर्न बाँकी रहेको पनि उनले जनाएका छन् । रोहित अधिकारी फिल्मस् र आमा सरस्वती मुभिजले संयुक्त रुपमा चलचित्र निर्माण गर्नेछन् ।
उक्त चलचित्रको ५० प्रतिशत नाफामा दीपकराज गिरीले काम गर्न लागेका हुन् । चलचित्र वि.सं. २०७६ को दसैंमा रिलिज हुने पनि गिरीले जनाएका छन् ।
दीपेन्द्र लामा ‘घामपानी’ निर्देशन गरिसकेका निर्देशक हुन् भने माघ १८ गते उनले निर्देशन गरेको दोस्रो चलचित्र ‘गोपी’ प्रदर्शन हुँदैछ ।