साप्ताहिक संवाददाता
चैत्र २१, २०७५
उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया लगायतका अन्य देशमा जाने तयारी गरिरहेका विद्यार्थी तथा अभिभावकलाई लक्षित गरि एजुकेसन पार्कले यहि २२ र २३ गते ‘प्यारेन्ट्स इन्फर्मेसन सेसन’ गर्ने भएको छ ।
अष्ट्रेलिया, अमेरिका, क्यानडा, बेलायत तथा अन्य देशमा उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीलाई परामर्श दिदै आएको एजुकेसन पार्कले विदेशमा अध्ययन गर्न जाने कुरामा चुनौति पनि थपिएकाले अभिभावकलाई सुसूचित गराउने उदेश्यले कार्यक्रम गर्न लागेको पार्कका प्रमुख कार्यकारी निर्देशक विराज पाण्डेले बताए ।
विद्यार्थीहरु माक्र विदेश अध्ययन गर्न जाने त्रममा जोखिममा परेका घटना सार्वजनिक भएकाले त्यसलाई न्यूनिकरणमा सहयोग गर्न कार्यक्रम गर्न लागेको पाण्डेले जानकारी दिए । पार्कले यसअघि पनि यस्ता चेतनामूलक कार्यक्रम गर्दै आएको छ ।