साप्ताहिक संवाददाता
मंसिर २४, २०७६
अमेरिकन र्यापर जाराड एन्थोनी हिगिन्स उर्फ जुस वल्डको सिकागो एयरपोर्टमा निधन भएको छ । उनको विमानबाट अवतरणको क्रममा हृदयघातका कारण निधन भएको छ ।
निजी विमानबाट अवतरण गर्नेक्रममा अचानक हृदयघात भएर वेहोस भएका उनको विहान सवा ३ बजे निधन भएको हो ।
वल्डको गीत ‘ल्युस ड्रिम्स’२०१८ मा विल्बोर्ड हट १०० को टप २ मा पर्न सफल बनेको थियो । यो वर्ष रिलिज भएको उनको एल्बम ‘डेथ रेस फोर लव’ विल्वोर्ड हट २०० को पहिलो स्थानमा पर्न सफल भएको थियो ।