साप्ताहिक संवाददाता
पुस २९, २०७६
काठमाडौं
गायक निशान भट्टराईको सवारी दुर्घटनामा परी निधन भएको छ । दरबारमार्गस्थित बानथाई रेस्टुरेन्टबाट मंगलबार राति निवास फर्कने क्रममा भट्टराईले चलाएको कार तीनकुनेस्थित सडकको पोलमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाईते भएका भट्टराईलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो ।
ट्रमा सेन्टर पुराए लगत्तै चिकित्सकले मृत घोषित गरेको संगीतकार मिलन मोक्तानले जनाएका छन् ।
गजल गायनमा चर्चित भट्टराई ४० को दशकको अन्त्यतिर चर्चामा आएका गायक हुन् । स्टेजसँगै होटल रेस्टुरेन्टहरूमा उनले गजल गाउँदै आइरहेका थिए । धरान स्थायी ठेगाना भएका भट्टराई गायिका लोचन भट्टराईका भाइ हुन् ।
गजल गायनमा चर्चित गायक भट्टराई लामो समयदेखि यो क्षेत्रमा क्रियाशिल थिए । दुर्घटनाको कारण भने अहिलेसम्म प्रहरीले पत्ता लगाएको छैन ।