साप्ताहिक संवाददाता
माघ १, २०७६
वरिष्ठ नेत्ररोग विषेशज्ञ डा. सन्दुक रुइत जगदीश घिमिरे स्मृति पुरस्कारबाट सम्मानित भएका छन् । स्वर्गीय जगदीश घिमिरेको जन्मथलो रामेछापको मन्थलीमा यसै साता आयोजित एक कार्यक्रममा डा. रुइतलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।
कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले सम्मान पत्रसहित ५१ हजार रुपैयाँ राशिको पुरस्कार रुइतलाई हस्तान्तरण गरेका हुन् । जगदीश घिमिरे प्रतिष्ठानकी अध्यक्ष दुर्गा घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा पुरस्कार ग्रहण गर्दै रुइतले स्वर्गीय घिमिरेको अगुवाइमा तिलगंगा आँखा केन्द्रले फड्को मारेको स्मरण गरे । समाज सेवा, साहित्य र अन्य समसामयिक विषयमा स्वर्गीय घिमिरेको योजनाको रुइतले प्रशंसा गरे ।
स्वर्गीय घिमिरे तिलगंगा आाखा प्रतिष्ठानका संस्थापक अध्यक्ष थिए ।