साप्ताहिक संवाददाता
गायिका आस्था राउतको विमानस्थलमा सुरक्षा जाँचमा संलग्न महिला प्रहरी जवान रमिता श्रेष्ठले आफूमाथि अभद्र व्यवहार गरेको आरोपमा विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । केहि दिनअघि पुर्व कार्यक्रम जाने क्रममा गायिका आस्था राउतले आफुमाथी विमानस्थलमा प्रहरीले अभद्र व्यवहार गरेको आरोप लगाएकी थिइन् ।
उनले आफ्नो फेसवुकबाट लाइभमा गएर समग्र प्रहरीलाई संस्कार सिक्न समेत आग्रह गरेकी थिइन् । त्यसको केहि घण्टामा उनले सबै प्रहरी त्यसो नभएको तर विमानस्थलमा आफुलाई नराम्रो व्यवहार गरेको दावि गरेकी थिइन् ।
विमानस्थलमा चेकजाँच गरेकी महिला प्रहरी श्रेष्ठले आफू ड्यूटीमा रहँदा गालीगलौच र अभद्र ब्यवहार भएको भन्दै उजुरी दिएकी छन् । उनको उजुरीलाई विमानस्थल प्रहरी कार्यालयले कारबाहीका लागि महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा पठाएको छ ।