साप्ताहिक संवाददाता
फाल्गुन ३०, २०७५
मोबाइल कंग्रेसमा तीव्र गतिमा डाटा ट्रान्सफर गर्ने यूएसबी ३.२ प्रविधि सार्वजनिक भएको छ । करिब २ वर्षदेखि अध्ययन भैरहेको यो प्रविधिलाई हाल आएर सार्वजनिक गरिएको हो ।
यसको निर्माण विशेष गरी गेमिङ तथा वर्क स्टेसन कम्प्युटरलाई ध्यानमा राखी गरिएको हो । यो यूएसबी पोर्टलाई सन् २०२० सम्म डेस्कटप कम्प्युटर, ल्यापटप तथा मोबाइल डिभाइसमा प्रयोग गर्न सकिनेछ ।