साप्ताहिक संवाददाता
नेपालसहित विश्वभर खेलिने अनलाइन गेम प्लेयर अननोन्स ब्याटलग्राउन्ड अर्थात् पब्जीको लोकप्रियता गत वर्षको तुलनामा ८२ प्रतिशतले घटेको छ । पब्जीले जनवरी २०१८ को तुलनामा ८२ प्रतिशत प्लेयर्स गुमाएको स्टिम चार्ट्सको रिपोर्टमा उल्लेख छ । उक्त रिपोर्ट अनुसार पछिल्ला चार सातामा पब्जीका औसत मासिक प्लेयर्स २ लाख ८८ हजार ८ सय ४८ थिए भने सन् २०१८ जनवरीमा यो संख्या १५ लाख ८४ हजार ८ सय ८६ प्रतिमहिना थियो ।
पब्जी गेमको लगइन सन् २०१८ को जुनमा ४० करोड पुगेको थियो । यो गेमका सक्रिय प्लेयर्सको संख्या लगभग एक वर्षसम्म १० लाख भन्दा माथि थिए । पछिल्ला दिनमा आएको प्लेयर्सहरूको कमीलाई पूर्ति गर्न तथा प्लेयर्सहरूलाई फिर्ता ल्याउन कम्पनीले नयाँ अपडेटहरू ल्याइरहेको छ ।
हालै मात्र कम्पनीले अपडेट ५.१ का साथ सिजन ५ रिलिज गरेको थियो । यो नयाँ अपडेटमा कैयौं नयाँ फिचर्स तथा एलिमेन्टहरू जोडिएका छन् । त्यसैगरी यसको मोबाइल भर्सनमा पनि ०.१५.० अपडेट हुने भएको छ, जसमा विभिन्न नयाँ फिचर थपिएका छन्