साप्ताहिक संवाददाता
भाद्र १९, २०७४
बेलायतका पूर्वओलम्पियन तथा विश्व च्याम्पियन कोलिन ज्याक्सनले आफु गे (पुरुष समलिंगी) भएको कुरा स्वीकार गरेका छन् । छोटो दूरी तथा हडल्सका धावक ज्याक्सनले हालै स्विडिस टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा उक्त कुरा स्वीकार गरेका हुन् ।
५० वर्षको उमेरसम्म अविवाहित ज्याक्सन बीबीसीमा खेलकुद प्रस्तोताका रूपमा समेत कार्यरत छन् । स्विडेनमा तेस्रो लिंगीका रूपमा कार्यरत पूर्वहाईजम्प तथा लङजम्प खेलाडीले सञ्चालन गरेको अन्तर्वार्ता कार्यक्रममा ज्याकसनले आफु गे भएको खुलासा गरेका थिए ।