रुपन्देही जिल्ला खेलकुदका लागि उर्वरभूमि हो । यहाँबाट राष्ट्रिय टिमका धेरै युवा खेलाडी उत्पादन भैरहेका छन् । फुटबल, क्रिकेट, ब्याडमिन्टन, भलिबल, टेबलटेनिस, स्नुकर आदि सबै खेलमा रूपन्देही अघि छ । खेलाडी उत्पादनको आधार विद्यालयस्तरमा हुने खेलकुद गतिविधिलाई मानिन्छ ।
बालबालिकाहरूमा खेलको आकर्षणलाई लक्षित गरी जिल्लामा फ्रशिक्षणका कार्यक्रमहरू चलिरहेका हुन्छन् । यही त्रममा लनटेनिस खेलप्रति बालबालिकाहरूको आकर्षणलाई मध्यनजर गर्दै फुटबलमा आधारभूत लनटेनिस प्रशिक्षण चलायो । बुटवल लनटेनिस क्लबको आयोजनामा देवीनगरस्थित लनटेनिस कोर्टमा उक्त पाँचदिने निःशुल्क तालिम सम्पन्न गरिएको हो । उनीहरूलाई लनटेनिस खेल्ने कला सिकाउन प्रशिक्षक जितेन्द्र परियार व्यस्त रहे ।
नेपालका रेकिङ खेलाडीसमेत रहेका परियार अहिले युवा खेलाडी उत्पादनमा लागेका छन् । लनटेनिस बुझाउन र सिकाउन उनी विभिन्न ठाउँसमेत पुग्ने गरेका छन् । ८ वर्षदेखि १४ वर्षमुनिका साना बालबालिकाहरूले परियारबाट हातमा र्याकेट समातेर बल हान्ने तरिका सिके ।
तालिममा प्रशिक्षक विकास खड्का तथा एसिस्टेन्ड राजु टन्डनले सहजीकरण गरेका थिए । खेलमा प्रयोग हुने र्याकेट, बल, कोर्ट आदिको जानकारीका साथै खेल्ने तरिका तथा नियमहरूका बारेमा व्यवहारिक ज्ञान प्रदान गरिएको थियो । बुटवल लनटेनिस क्लबका अध्यक्ष गोपाल ज्ञवालीले बालबालिकाको आकर्षणलाई मध्यनजर गरी उक्त तालिम सञ्चालन गरिएको बताए ।
अहिले देवीनगरस्थित चारवटा लनटेनिस कोर्टमा नियमित बिहान बेलुका बालबालिकाहरूले लनटेनिस खेल्दै आएका छन् । थप उपलब्धि हासिल गर्ने सोचका साथ प्रशिक्षण कार्यक्रम आयोजित गरिएको अध्यक्ष ज्ञवाली बताउँछन् । बुटवलमा तीन दर्जनभन्दा बढी बालबालिका नियमित रूपमा लनटेनिसको अभ्यासमा छन् ।