साप्ताहिक संवाददाता
मंसिर २१, २०७५
युथ क्रिएसन थिएटरको छैठौ प्रस्तुति लोकनाटक ‘घेरा’ आज मंसिर २१ गते शुक्रबारदेखि पोखरामा मञ्चन हुँदैछ । कपिल शर्माले निर्देशन गर्ने यो नाटक मंसिर २९ गते शनिबारसम्म गन्धर्व नाटकघरमा मञ्चन हुनेछ ।
यो नाटकका लेखक केदार पौडेल हुन्, जसमा कपिल शर्मा, मधुसुदन पौडेल, लक्ष्मण डुम्रे, ममता मञ्जुल, एनिका सापकोटा, प्राञ्जल, प्रसुन अधिकारी, अन्जना पौडेल, ताराखर पौडेल, विनोद पौडेल तथा केदार पौडेलले अभिनय गर्नेछन् ।
हरेक दिन साँझ ५ बजे मञ्चन हुने १ घण्टा १५ मिनेट लामो नाटक घेरा शनिबार र सार्वजनिक बिदाको दिन दिउँसो १ बजेसमेत प्रदर्शन हुनेछ ।