• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. थिएटर
थिएटर
‘लकडाउन’सँगै लम्बियो भर्चुअल थिएटर फेस्टिभल
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

कला अनुरागी

‘लकडाउन’सँगै लम्बियो भर्चुअल थिएटर फेस्टिभल
चैत्र २०, २०७६


‘लकडाउन’को अवधिमा रङ्गमञ्चका दर्शकले नाटकबाट टाढा रहन नपरोस् भन्ने उद्देश्यले सुरु भएको भर्चुअल थिएटर फेस्टिभल ‘क्वारेन्टाइन अभियान नाट्य उत्सव–२०७६’ले उत्सवले आज बिहिबार एक साता पूरा गर्दैछ । सुरेन्द्र वर्मा लिखित, अनुप बरालको सुपरभिजनमा, सुरज मल्ल निर्देशित एक्टर्स स्टुडियोको प्रस्तुति नाटक ‘शकुन्तलाको औँठी’को भिडियो प्रस्तुत गरेसँगै उत्सवको पहिलो साता समापन हुँदैछ । 

उत्सवको प्रारम्भिक लक्ष्य एक साता पूरा भए पनि ‘लकडाउन’को अवधि बढेसँगै उत्सव अवधि पनि अर्को सातासम्म लम्बिने भएको छ । ‘हामीले उत्सव सुरु गर्दा एक हप्ताको लक्ष्य राखेका थियौं । त्यो आज पूरा हुँदैछ । तर ‘लकडाउन’को अवधि थपिएको छ, दर्शकको माग पनि बढिरहेको छ । साथै, उत्सवमा सहभागी हुन चाहने नाटकको संख्या पनि पर्याप्त छ । त्यसैले उत्सव अर्को सातासम्म लम्ब्याउने निर्णय गरेका छौं’, फेस्टिभल निर्देशक केदार श्रेष्ठले भने । 


अर्को साता लाइभ स्ट्रिमिङ गरिने चार नाटक तय भइसकेको श्रेष्ठले जानकारी दिए । उनी भन्छन्, ‘यो साता बालबालिकालक्षित नाटकमा जोड दिदैछौं । त्यसैले साताको सुरुवातमा लगातार दुई नाटक बालबालिकालक्षित नाटक देखाइनेछ ।’ उत्सवका लागि तय भएको नाटकतालिकाअनुसार दोस्रो साताको पहिलो दिन शुक्रबार केदार श्रेष्ठको लेखन तथा निर्देशन रहेको थिएटर मलको प्रस्तुति ‘उपियाँको निबन्ध’को भिडियो देखाइनेछ । त्यसै गरी शनिबार कथाघेरा, कौशी थिएटरको प्रस्तुतिमा आकांक्षा कार्की निर्देशित नाटक ‘दयालु रुख’को भिडियो स्ट्रिमिङ हुनेछ । 


आइतबारका लागि सम्पदा मल्लको कथामा अशेष मल्लले नाट्यलेखन र निर्देशन गरेको नाटक ‘अर्को कुरूक्षेत्र’ देखाइने छ भने सोमबार आरोहण, गुरूकुलको प्रस्तुति रहेको नाटक ‘एल्ममुनिको तिर्खा’को भिडियो लाइभ स्ट्रिमिङ गरिनेछ । युजिन ओ’निलको लेखन रहेको नाटक डेबोरा मेरोलाले निर्देशन गरेकी हुन् । 

अझै नाटक आउने क्रम जारी रहेको र त्यसको प्रदर्शन सूची तयार हुँदै गरेको फेस्टिभलका प्रस्तुति संयोजक प्रशुन सिन्धुलीयले बताए । उनका अनुसार नाटकहरू ‘अन्धेर नगरी चौपट राजा’, पपेट प्ले ‘टु बि’ र ‘भोको घर’ यसै साता प्रदर्शन गरिने सूचीमा परेका छन् । त्यसका लागि मितिक्रम भने तयार भइसकेको छैन । त्यसैगरी उत्सवमा ‘ऊ मरेकी छैन’, ‘लाटीको छोरो’ र ‘गर्भछिटा’ पनि प्रदर्शनको सूचिमा रहेका छन् । 

यससँगै नेपालका सबैजसो सक्रिय नाट्यसमूहको सहभागिता उत्सवमा देखिएको छ । उत्सवका लागि रङ्गकर्मीहरूको ऐक्यवद्धता भिडियो पनि निरन्तर प्राप्त भइरहेको उनले जनाए । विमल सुवेदी, लुनिभा तुलाधर, बिजय बराल, नाजिर हुसेन, रामहरि ढकाल, मनिष निरौला, भोलाराज सापकोटा, सरिता गिरी, पशुपति राई, लक्ष्मी बर्देबा, जीवन भट्टराई, सबिर चुरौटेलगायतका कलाकारले भिडियो सन्देशमार्फत उत्सव सफलताको कामना गर्दै यसमा सहभागी भई क्वारेन्टाइन अभियानलाई सहयोग गर्न आग्रह गरिरहेका छन् । पछिल्लो समयमा युवा रङ्गकर्मीहरूले भिडियो सन्देशमार्फत उत्सवमा सहभागिता जनाइरहेको फेस्टिभल संयोजक सञ्जिता पराजुलीले जानकारी दिइन् । 

‘कोभिड–१९ संक्रमणको जोखिम कम नभएपछि सरकारले आगामी चैत्र २५ सम्मलाई ‘लकडाउन’ अवधि घोषणा गरेको छ । संक्रमणबाट बच्ने एकमात्र उपाय  ‘क्वारेन्टाइन’लाई प्रोत्साहन र साथ दिन थिएटर मल–कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसिसी नेपाल)ले विश्व रङ्गमञ्च दिवस २७ मार्च (१४ चैत्र)बाट उत्सव सुरु गरेको थियो । 

नाटकको भिडियो ठिक ५ बजे थिएटर मलको अफिसियल पेज फेसबुक डटकम स्ल्यास थिएटर मल  www.fb.com/theatremal बाट लाइभ स्ट्रिमिङ गरिनेछ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
थिएटर
रङ्गमञ्चमा कहिले फर्केलान् दर्शक ?

समर्पण श्री

वैशाख ८, २०७७

थिएटर
समापन हुँदै भर्चुअल थिएटर फेस्टिभल

कला अनुरागी

वैशाख ८, २०७७

थिएटर
‘लकडाउन’सँगै लम्बियो भर्चुअल थिएटर फेस्टिभल

कला अनुरागी

वैशाख ८, २०७७

थिएटर
भर्चुअल थिएटर फेस्टिभलमा भारतीय नाटक

कला अनुरागी

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik