साप्ताहिक संवाददाता
श्रावण ५, २०७५
विश्वकै राम्रा मध्येमा गनिने बेल्जियमका डिजेहरूले भोलि शनिबार ठमेलस्थित सेनेट क्लबमा आफ्नो प्रस्तुति दिँदैछन् । आयोजकहरूका अनुसार बेल्जियमको टुमरोल्यान्डको उपस्थितिमा उक्त पार्टी हुने लागेको हो ।
अग्रिम बुकिङ गर्दा १ हजार रुपैयाँमा टिकट खरिद गर्न सकिन्छ भने ढोकैमा खरिद गर्दा १ हजार ५ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ, जसमा एउटा बड्ब्वाइजर बियर उपलब्ध गराइनेछ । महिलाहरूलाई राति १२ बजे सम्म नि:शुल्क प्रवेशको व्यवस्था छ ।
समय : साँझ ८ बजे
कलाकार : डिजे फिन्जोक, र्याबिट,
फ्याट्फ्रग, लेजीमंक, नोर्चेन तथा कर्साङ
आयोजक : सेनेट क्लब