साप्ताहिक संवाददाता
धरानका सात जना युवा मिलेर मासुका आधुनिक परिकार बनाउने उद्योग सञ्चालनमा ल्याएका छन् । यो उद्योगले धराने कालो बंगुर (पोर्क) को सुकुटी, बफ सुकुटी साँधेको अचार, बफ मिट पिक्कल, चिकेन पिक्कल, बफ, चिकेन र फिस मिटबल, पोर्क, बफ, चिकेन, फिस ससेज, पोर्क ह्याम, ब्याकन, सलामी आदि उत्पादन गर्छ । ती उत्पादन १ सय ५, १ सय ५०, ५ सय तथा १ हजार ग्रामका पाउच र डब्बामा उपलब्ध छन् ।
परम्परागत प्रविधि प्रयोग गरेर तयार गरिने परिकारहरूमा रसायनिक तथा अप्राकृतिक तत्वहरू प्रयोग गरिएको हँुदैन । यी उत्पादन देशभित्र संखुवासभा, झापा, इलाम, पोखरा, काठमाडौं तथा स्थानीय बजारका सुपरमार्केटमा उपलब्ध छन् । यसले विदेशमा अमेरिका, हङकङ, मकाउ, युके एवं दुबईसम्म बजार लिइसकेको छ । यो उद्योग १ करोड ५ लाख रुपैयाँ लगानी गरेर नौ महिनाअघिसञ्चालनमा ल्याइएको थियो । उद्योगका बजार प्रतिनिधि रमेश थापाका अनुसार दैनिक ५० हजार रुपैयाँ बराबरको कारोबार गरिरहेको यो उद्योगले १६ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ ।
विद्या राई