साप्ताहिक संवाददाता
उत्तरी मोरङको केराबारी गाउापालिका–२, सिंहदेवीस्थित पर्यटकीय क्षेत्र जेफालेको फेदीमा नयाँ वर्ष–२०७६ को अवसर पारेर पर्यटन मेला, भलिबल प्रतियोगिता तथा जेफाले साहित्यिक कार्यक्रम हुने भएको छ । विगत वर्षहरूमा झैं यो वर्ष पनि पर्यटन मेला, भलिबल प्रतियोगितासहित वैशाख २ गते साहित्यिक रचना वाचन कार्यक्रम सम्पन्न गरिने आयोजकहरूले बताएका छन् । पर्यटनलाई साहित्यसँग जोडेर पर्यटकीय स्थानको विकासमा टेवा पुर्याउने अभिप्रायका साथ यो कार्यक्रम आयोजित गरिएको केराबारी–२ नम्बर वडाका वडाध्यक्ष प्रेमबहादुर लिम्बूले बताए ।
मन्त्र र श्रेयाले बेलबारी तताउने
नयाँ वर्ष २०७६ को स्वागत गर्दै श्रोता तथा दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्न दार्जीलिङको चर्चित मन्त्र ब्यान्ड तथा गायिका श्रेया राई बेलबारीमा प्रस्तुत हुने भएका छन् । स्थानीय डाागीहाट युथ क्लब बेलबारी–११, लक्ष्मीमार्गको आयोजनामा भोलि चैत ३० गते आयोजना हुन लागेको कार्यक्रममा मन्त्र र श्रेयाले आफ्ना प्रस्तुतिहरूमार्फत मनोरञ्जन प्रदान गर्ने आयोजक क्लबका अध्यक्ष विक्रम राईले जानकारी दिएका छन् ।