देखि

सम्म

हामी नेपालीलाई पैसाले खासै म्याटर गर्दैन

जनक तिमिल्सिना, श्रावण २९, २०७६

ब्रिटिसहरूले तिमीले गाइडलाई पैसा तिरेको होइनौ, तिमी बोल्न पाउँदैनौ भने । उनीहरूले पैसा तिरेको गाइडले अरू कसैसँग बोल्न पाउँदैन, बोल्दा पैसा सेयर भएजस्तो सोचे उनीहरूले । हाम्रोसंस्कृति त त्यस्तो छैन । हामी नेपालीलाई पैसाले खासै म्याटर गर्दैन । विदेशी सबै कुरा पैसामा क्यालकुट गर्छन् । पुरा पढ्नुहोस्

एक्लै बाँच्न नसक्नुका सयौँ कारण दिन तयार रामकृष्ण ढकाल

साप्ताहिक संवाददाता , श्रावण २९, २०७६

गायक रामकृष्ण ढकालको नयाँ गीत सार्वजनिक भएको छ । गीतमा भनिएको छ ‘सयौँ कारण दिन सक्छु– कहाँ एक्लै बाँच्न सक्छु ।’ माया प्रेमको भाव समेटिएको यो गीतले एक्लै बाँच्न नसक्ने कुरा उल्लेख गरेको छ । बरु एक्लै बाँच्न नसक्नुका सयौँ कारण भन्न सक्ने भाव गीतमा प्रस्तुत गरिएको छ ।  पुरा पढ्नुहोस्

विश्वको सबैभन्दा सानो ल्यापटप

साप्ताहिक संवाददाता , श्रावण २९, २०७६

विश्वको सबैभन्दा सानो ल्यापटप तयार भएको छ जसको स्क्रिन मात्र १ इन्चको छ । थिंक टाइनी नाम दिइएको यो ल्यापटप पोल क्लिन्गरले निर्माण गरेका हुन् । पोलले यसलाई लेनोभो थिंकप्याड ल्यापटपको सानो रूप बताएका छन् । पुरा पढ्नुहोस्

अर्की आइटम डान्सर 

साप्ताहिक संवाददाता , श्रावण २९, २०७६

गीतको भिडियोमा नयाँ अनुहार तनुजा गुरुङले आकर्षक नृत्य गरेकी छिन् । तनुजाले यही गीतमार्फत रजतपटमा आफ्नो यात्रा प्रारम्भ गरेकी हुन् । उक्त गीतमा तनुजा निकै कामुक तथा आकर्षक देखिएकी छिन् ।  पुरा पढ्नुहोस्

कियाराको पछाडि सिद्धार्थ

साप्ताहिक संवाददाता , श्रावण २९, २०७६

एउटा टेलिभिजन च्याट शोमा बोल्दै सिद्धार्थले यतिबेला बलिउडमा माया गर्न र पछ्याउन लायक कोही छ भने तिनी कियारा नै भएको र कियाराका लागि आफू जे गर्न पनि तयार भएको बताएपछि कियारा अप्ठ्यारोमा परेको बताइन्छ । यतिबेला कियारा सिद्धार्थसँग सम्बन्धित प्रश्न पन्छाउँदैमा व्यस्त छिन् । पुरा पढ्नुहोस्

एउटा भिन्न कलामा सन्नी

सिर्जना दुवाल श्रेष्ठ, श्रावण २९, २०७६

रातभर नसुती कन्सेप्ट तयार गर्थें । कसलाई कुन पहिरन लगाइदिने, के–कस्ता एसेसरिजहरू प्रयोग गर्ने र कुन–कुन ठाउँमा के–कस्ता कन्सेप्ट र कथा जोड्ने थिम बनाइरहन्थें । म हरेक कन्सेप्टमा नेपाली कथा–व्यथा जोड्ने प्रयास गर्थे ।  पुरा पढ्नुहोस्

सकियो नेपालको झिनो आस

साप्ताहिक संवाददाता , श्रावण २९, २०७६

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले जिम्बावेमाथि प्रतिबन्ध लगाएपछि त्यस्तै निलम्बनको स्थिति बेहोरिरहेको नेपाली क्रिकेटले भने एउटा झिनो सम्भावनाको सपना बुनेको थियो । त्यो थियो, कतै जिम्बावेको अनुपस्थितिमा नेपालले मौका पाउने त होइन ? पुरा पढ्नुहोस्

महिनावारीसम्बन्धी जान्नैपर्ने कुराहरू

डा.बालकृष्ण शाह, श्रावण २९, २०७६

अण्डवाहिनी नली, अण्डाशयको संक्रमण, थाइराइड तथा अन्य हार्मोनको असन्तुलन, पोलिसिटिक ओभरियन सिन्ड्रमजस्ता रोगले पनि महिनावारी रोकिन सक्छ । महिनावारी रोकिएको कारण पत्ता लगाउन विभिन्न परीक्षणहरू गर्नुपर्ने हुन्छ । यस्ता धेरै अवस्थामा सामान्य औषधि सेवनबाटै समस्याबाट मुक्ति प्राप्त गर्न सकिन्छ । केही अवस्थामा भने लामो समयसम्म औषधी सेवन गर्नुपर्ने हुन सक्छ । पुरा पढ्नुहोस्

कर्पोरेट तनाव व्यवस्थापन गर्न सकिन्छ 

साप्ताहिक संवाददाता , श्रावण २९, २०७६

पहिलो कुरा त तनाव व्यवस्थापन गर्न आफ्नो दैनिकीलाई योजनाबद्ध ढंगले अघि बढाउनुपर्छ । अर्को कुरा कतिपय कर्मचारी अफिस भनेपछि मरिहत्ते गर्छन् । त्यस्ता कर्मचारीले आफ्नो व्यक्तिगत जीवनलाई नै धरासायी बनाइरहेका हुन्छन् । कालान्तरमा यस्ता कर्मचारीमा तनाव सुरु हुन्छ र उनीहरूको दिनचर्या नै बिथोलिन सक्छ ।  पुरा पढ्नुहोस्

जायराको प्रचारमा अब लाइफ ड्यामेज अघोरी बाबा

साप्ताहिक संवाददाता , श्रावण २९, २०७६

चलचित्र जायरामा चर्चित कलाकारहरुको ठुलै भिड छ । अहिलेसम्म प्रचार–प्रसार ठिकठाकै चलिरहेको देखिन्छ । गीत, संगीत, ट्रेलर र पोस्टरले दर्शकको ध्यान तानिरहेको छ । कलाकारहरु दिनरात अरु कुराको मतलब नराखेर प्रचार–प्रसारमा खटिएका छन् । पुरा पढ्नुहोस्

हङकङ नेपाली लगानी ग्रुप

अनोज रोक्का, श्रावण २९, २०७६

हङकङका नेपालीहरु रोजगारी मात्रै गर्दैनन्, रोजगार श्रृजना गर्नमा पनि उत्तिकै अग्रसर छन् भन्ने प्रमाण पछिल्लो समय ब्याप्त छ । ब्यापार, ब्यवसायमा नेपाली लगानी र सहभागीताले राम्रो स्थान पाईरहेको परिप्रेक्ष्यमा हङकङ नेपाली लगानी ग्रुप लिमिटेडको उद्घाटन भएको छ । बचत गरौं, आत्मनिर्भर बनौं भन्ने नाराको साथमा लगानी ग्रुपको उद्घाटन गरिएको हो । पुरा पढ्नुहोस्