थिएटर
रङ्गमञ्चमा कहिले फर्केलान् दर्शक ?
सामूहिकता रङ्गमञ्चको पहिलो सर्त हो । कोरोना महामारीले यसैमा पहिलो प्रहार गरिदियो । सामाजिक दूरी कायम गरेर रङ्गमञ्च कसरी सम्भव होला ? कहिले फर्केलान् रङ्गमञ्चमा दर्शक ?
समर्पण श्रीअसार १०, २०७७
सामूहिकता रङ्गमञ्चको पहिलो सर्त हो । कोरोना महामारीले यसैमा पहिलो प्रहार गरिदियो । सामाजिक दूरी कायम गरेर रङ्गमञ्च कसरी सम्भव होला ? कहिले फर्केलान् रङ्गमञ्चमा दर्शक ?
भर्चुअल थिएटर फेस्टिभल ‘क्वारेन्टाइन अभियान नाट्य उत्सव–२०७६’को १६ औं दिन आज शनिबार दुई नाटक प्रदर्शन गर्दै समापन हुने भएको छ ।
‘लकडाउन’को अवधिमा रङ्गमञ्चका दर्शकले नाटकबाट टाढा रहन नपरोस् भन्ने उद्देश्यले सुरु भएको भर्चुअल थिएटर फेस्टिभल ‘क्वारेन्टाइन अभियान नाट्य उत्सव–२०७६’ले उत्सवले आज बिहिबार एक साता पूरा गर्दैछ । सुरेन्द्र वर्मा लिखित, अनुप बरालको सुपरभिजनमा, सुरज मल्ल निर्देशित एक्टर्स स्टुडियोको प्रस्तुति नाटक ‘शकुन्तलाको औँठी’को भिडियो प्रस्तुत गरेसँगै उत्सवको पहिलो साता समापन हुँदैछ ।
कोभिड–१९ को प्रकोपबाट बच्ने एकमात्र उपाय ‘क्वारेन्टाइन’लाई प्रोत्साहन र साथ दिन नेपाली रंगकर्मीले सुरु गरेको भर्चुअल थिएटर फेस्टिभल ‘क्वारेन्टाइन अभियान नाट्य उत्सव–२०७६’ को छैठौं दिन भारतीय नाटकको भिडियो स्ट्रिमिङ हुँदैछ ।
लकडाउनको समयमा बिरामी परे के गर्ने भन्ने चिन्ता लाग्छ उनलाई । उनी भन्छन्–‘कुनै व्यक्ति लकडाउनको बेलामा बिरामी परे तिनको उपचार गर्न कसरी लैजाने यस्ता कुरा सोच्दा कहाली लाग्छ ।’
पहिलो दिनको उत्साहजनक दर्शक प्रतिक्रियापछि ‘क्वारेन्टाइन अभियान नाट्य उत्सव’मा प्रदर्शन गरिने थप नाटक घोषणा भएको छ । जसअनुसार आज शनिबार साँझ पाँच बजे नम्रता केसी निर्देशित नाटक ‘राजेन्द्रलक्ष्मी’को भिडियो लाइभ स्ट्रिमिङ हुने छ ।
‘कोभिड–१९ को महामारीले पैदा गरेको संकटको समयमा रङ्गमञ्चका दर्शकसँग निरन्तर सम्बन्धमा रहन फेस्टिभल गर्ने सोच बनाएका हौं,’ महोत्सव निर्देशक केदार श्रेष्ठले खुलाए, ‘तर यो महोत्सव भर्चुअल हुनेछ । हरेक दिन फेसबुक पेजबाट नाटक लाइभ स्ट्रिमिङ हुनेछ ।
आफ्नै अंग योनि हेर्न नसक्ने मानसिकताबाट गुज्रिरहेको समाजमा महिलाहरू योनि त हेर्न थाले नि । स्वास्थ्यको दृष्टिकोणले भए पनि त्यो राम्रो हो ।
अभिनेता खगेन्द्र लामिछानेको नाटक ‘पीडा गीत’ युट्युब मार्फत रिलिज गरिएको छ । २०६४ वैशाखमा पहिलो पटक मञ्चन गरिएको नाटक खगेन्द्रले युट्युब रिलिज गरेका हुन् । नाटक ‘पीडा गीत’ तत्कालीन सरकार–माओवादी द्वन्द्वको कथा हो ।
चलचित्रमा तुरुन्तै गइहाल्ने इच्छाचाहिँ छैन । अहिले केही समयचाहिँ अझै अभिनयलाई निखार्ने र धेरै सिक्ने योजना छ । सिकिसकेपछि गर्दिनँ भन्ने छैन ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा मञ्चनपछि बालनाटक ‘करेसा कन्सर्ट’को नियमित मञ्चन सुरु भएको छ । राराहिल मेमोरियल स्कूल कीर्तिपुरको नाटक राराहिलस्थित थिएटर मल कीर्तिपुर रंगमञ्चमा माघ २६ गते आइतबारदेखि नियमित मञ्चन सुरु भएको हो ।
भारतको नयाँ दिल्लीमा सोमबारदेखि प्रारम्भ भएको भारत रंग महोत्सव थिएटर फेस्टिवल—२०२० मा नेपाली नाटक ‘कुमारी एण्ड द बिस्ट’ मञ्चन भएको छ । काठमाडौंको सुशीला आर्ट एकेडेमीले उक्त नाटक मञ्चन गरेको हो । महोत्सवमा योसहित मण्डला थिएटरको नाटक ‘महाभोज’ पनि प्रदर्शन हुनेछ
विराटनगरस्थित आरोहण गुरुकुल र लेट्स इन्टरटेनमेन्टसागको सहकार्यमा मण्डला थिएटर नेपालले नाटक ‘महाभोज’ यहि माघ २२ र २३ विराटनगरमा मञ्चन गर्न लागेको हो ।
कीर्तिपुर रंगमञ्चमा ‘क्यानभास एट थिएटर’ शीर्षकको सामूहिक चित्र प्रदर्शनी सुरु भएको छ । राराहिल कीर्तिपुरस्थित थिएटर मलको नाटकघर परिसरमा समकालीन कलाका युवा कलाकारहरूको सिर्जना प्रदर्शनीमा राखिएको हो । प्रदर्शनीमा इचिङ र पेन्टिङ गरी दुई विधाका ३० वटा चित्रको प्रदर्शनी सुरु भएको हो ।
सरकारी सचिवालय अगाडि बूढो जामुनको रुख ढलेर एक आम मान्छेलाई थिचेपछि जामुनको रुख नाटक सुरु हुन्छ । थिचिएको मान्छे निकाल्न कसैले जिम्मेवारी लिनुको सट्टा कर्तव्य र मानवीयताबाट भागेकाहरुलाई देखाएर नाटकको कथा अगाडी बढेको छ ।
ऋतुहरूमा हुने मौसमी परिवर्तनलाई युवाहरूको मनोभाव र भोगाइसँग जोडेर नाटकमा देखाउन खोजिएको छ । ऋतुहरूमा जसरी परिवर्तन आउँछ, युवामा पनि त्यसरी परिवर्तन आउने र त्यसलाई सामान्य तरिकाबाट सुधार्न सकिने नाटकको सन्देश रहेको छ ।
१ घण्टा १५ मिनेटको यो नाटकले बिहेसँग जोडिएको सरल कथावस्तुलाई हास्यास्पद रुपमा प्रस्तुत गरिएको छ । नाटकमा ७० वर्षीया स्टिपान स्टेपानोभिजको छोरी नतालियासँग ३५ वर्षीय छिमेकी इभान भ्यासिलिचको बिहे प्रस्तावमा केन्द्रित छ ।
विराटनगरस्थित आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा ‘छिाडीभरिको आकाश’ नाटक मञ्चन भैरहेको छ । २ सय २५ सिट क्षमताको उक्त नाटक घरमा दर्शकको चाप बढेपछि गुन्द्रिमा दर्शक राखेर नाटक मञ्चन गरिएको आयोजकको भनाई छ । नाटक हेर्नका दैनिक २ सय ६० दर्शक जाने गरेको बताइएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा नाटक ‘मार्क्स फर्किए’ मञ्चन भैरहेको छ । मार्क्सले १४० वर्ष अघि बिताएको जीवनको आधारमा ‘मार्क्स फर्किए’ तयार पारिएको हो । कार्ल मार्क्सको द्विशत वार्षिकी समारोह समिति र नेपाल अध्ययन केन्द्रको आयोजनामा मंगलबारबाट मञ्चन सुरु भएको यो नटक भोलि बिहिबारसम्म प्रदर्शन हुने छ ।
नेपाली बालनाटक ’करेसा कन्सर्ट’ को पहिलो मञ्चन भारतको ’कोलकता अन्तर्राष्ट्रिय बालनाटक महोत्सव’मा भएको छ । कोलकतास्थित भारत सरकारको इन्टर्न जोनल कल्चरल सेन्टरको पूर्वसी अडोटोरियममा विभिन्न देशको बालबालिका लक्षित गरी बनाइएको नाटकसँगै नेपाली नाटक पनि मञ्चन भएको हो ।