देखि

सम्म

सुगम संगीत पछ्याउँदै मनीषा

रमेशचन्द्र अधिकारी, मंसिर ३, २०७६

छोटो आयु बोकेका गीतले क्षणिक सन्तोष दिए पनि तिनको दीर्घकालीन उचाइ नहुने मनीषा बताउँछिन् । नेपाली गीतको मौलिकतालाई सुगम संगीत तथा लोकलयले मात्र न्याय गर्ने उनको तर्क छ । चलचित्रका सुगम संगीत पनि दीर्घायु हुने उनको दाबी छ । तानपुरा र हार्माेनियममा दैनिक दुई/अढाई घण्टा रियाज गर्ने पोखरेल शास्त्रीय संगीतमा भिजेर मात्र गीत गाउन सकिने कुरा बताउँछिन् ।  पुरा पढ्नुहोस्

लेख्नभन्दा सोच्न बढी समय चाहिन्छ

साप्ताहिक संवाददाता , मंसिर ३, २०७६

मैले अहिलेसम्म लेख्छु भनेर समय निकाली योजनाबद्ध रूपमा लेखेको छैन । सम्भवत: व्यवसायिक लेखक नभएकाले पनि होला । मनभित्रका भाव कहिलेकाहीं यसरी उर्लिएर आउँछन् कि लेख्ने समय कसरी–कसरी निस्कँदो रहेछ । पुरा पढ्नुहोस्

ह्याकरको निशानामा १० स्मार्टफोन

साप्ताहिक संवाददाता , मंसिर ३, २०७६

यी स्मार्टफोनमा भएका विभिन्न कमजोरीको फाइदा उठाउँदै ह्याकरहरूले आईएमईआई नम्बर हासिल गर्ने, कल रोक्ने, कुनै अर्को नम्बरमा कल फरवार्ड गर्ने, कलिङ फिचरलाई ब्लक गर्ने वा इन्टरनेट एक्सेस बन्द गर्ने आदि काम गर्छन् । सेक्युरिटी रिसर्चरहरूका अनुसार ह्याकरहरूले ब्लुटुथ तथा यूएसबी एसेसरिज प्रयोग गरी स्मार्टफोनलाई आफ्नो सिकार बनाउँछन् ।  पुरा पढ्नुहोस्

आएल्ट्सको रन्को

अधिकारी रवीन्द्र, मंसिर ३, २०७६

यो जमानाका वयस्कहरू पूरापुर आएल्ट्समा अभ्यस्त भैसकेका रहेछन । आएल्ट्स त दिनैपर्ने जाँच बनिसकेछ । १२ कक्षा प्रथम श्रेणीमा पास भएर पनि कसैले आएल्ट्स गरेको छैन भने ऊ अयोग्य वा ब्याकवार्ड मानिँदो रहेछ । इज्जत जोगाउनकै लागि पनि अब मैले आएल्ट्स गर्नै पर्ने भो । पुरा पढ्नुहोस्

अहिलेका चलचित्रमा सन्देश भेटिँदैन

प्रकृति दाहाल, मंसिर ३, २०७६

परिवारसंग बसेर चलचित्र हेरिरहेको हुन्छु । प्राय: बेलुकाको समयमा चलचित्र हेर्ने गरेको छु । नेपाली चलचित्र नै बढी हेर्छु । आजकालका चलचित्र बसेर हेरुन्जेल रमाइला हुन्छन्, सन्देशमूलक भने खासै हुँदैनन् ।  पुरा पढ्नुहोस्

मस्तिष्कघात  र फिजियोथेरापी

नविना श्रेष्ठ वैद्य -फिजियोथेरापिस्ट, मंसिर ३, २०७६

मस्तिष्कघातबाट पीडित व्यक्तिको उपचारमा फिजियोथेरापीको ठूलो भूमिका हुन्छ । रक्त नली फुटेर हुने मस्तिष्कघातलाई ब्रेन हेमरेज भनिन्छ भने रक्तनली सुकेर हुने मस्तिष्कघातलाई इस्चेमिक स्ट्रोक भनिन्छ । सामान्य रूपमा हेर्दा मस्तिष्कघात भएका मानिसको मुख बांगिएको तथा हातखुट्टा लुलो भएको पाइन्छ । यसको उपचारका लागि चिकित्सकका साथै फिजियोको पनि आवश्यकता हुन्छ । पुरा पढ्नुहोस्

अन्तत: सकेन कुवेतले

साप्ताहिक संवाददाता , मंसिर ३, २०७६

फुटबलमा कति राजनीति हुन्छ, त्यसको राम्रो उदाहरण भयो, नेपाल र कुवेतबीच हुने विश्वकप छनौटको खेल हुने स्थल । खासमा मंसिर ३ गते दशरथ रंगशालामा खेल हुनुपर्ने हो, तर त्यो समयमै तयार नहुने निश्चित भयो । यस्तोमा न्युट्रल भेन्युका रूपमा नेपालले भुटानको थिम्पुस्थित चाङलिथिमाङ रंगशाला रोजेको थियो ।  पुरा पढ्नुहोस्

भाग्यले साथ दिएपछि

साप्ताहिक संवाददाता , मंसिर ३, २०७६

भाग्यले साथ दियो भने डोकोमा दुध दुहे पनि अडिन्छ भनिन्छ । हो, यस्तै किसिमको स्थिति एक व्यक्तिमाथि आइलागेको छ । इकर्म साइट इबेमा एक व्यक्तिले लिलाममा राखिएको सेरामिकको एउटा करुवा १ पाउन्ड अर्थात् १ सय ४६ रुपैयाँमा खरिद गरे । निकै कलात्मक देखिने उक्त करुवा पुरानो जस्तो लागेर परीक्षण गराउँदा त्यो चीनको क्वानलोङ साम्राज्यकाल अर्थात् सन् १७३५ देखि १७९६ कोबीचमा निर्माण भएको कुरा पत्ता लाग्यो । पुरा पढ्नुहोस्

होमस्टे चिनाउन मनकाशी

आश गुरुङ, मंसिर ३, २०७६

‘मनकाशीको कथा होमस्टेको प्रचार–प्रसार एवं पर्यटन वर्ष सन् २०२० को प्रवद्र्धन गर्ने खालको छ । कलाकारहरूले राम्रो अभियन गरेका छन्,’ उनले भने । रोधी डिजिटल तथा बेस क्रिएसनको ब्यानरमा निर्माण गरिएको यो चलचित्रको भीआईपी शो बेंसीसहरमा भएको थियो । त्यसअघि यो चलचित्र गोरखामा प्रदर्शन गरिएको थियो । बेंसीसहरमा कात्तिक ३० गते मनकाशीको पब्लिक शो भएको छ । पुरा पढ्नुहोस्

शिवरात्रीको भिडन्त

साप्ताहिक संवाददाता , मंसिर ३, २०७६

दसैं र तिहारपछि शिवरात्रीमा पुन: एक पटक चलचित्रहरू एक–अर्कासँग भिड्न लागेका छन् । यसपटक शिवरात्री फागुन ९ गते परेको छ । संयोग कस्तो छ भने शुक्रवारकै दिन शिवरात्री पर्छ । शुक्रवार नयाँ चलचित्र प्रदर्शन हुने दिन । चलचित्र प्रदर्शन हुने पहिलो दिन नै सार्वजनिक विदा परेपछि यतिबेला चार वटा नेपाली चलचित्र उक्त मितिमा प्रदर्शनका लागि तयार छन् । पुरा पढ्नुहोस्

विपिनको आँखामा गाजल, ओठमा लाली !

साप्ताहिक संवाददाता , मंसिर ३, २०७६

विशाल सापकोटाको डेब्यू निर्देशनमा बनेको चलचित्र ‘सेल्फी किङ’ को प्रदर्शन मिति घोषणा गर्दै निर्माण टिमले फस्ट लुक पोस्टर सार्वजनिक गरेको छ । आगामी माघ २४ गते प्रदर्शन मिति तय गरिएको पुरा पढ्नुहोस्

‘हेडलाइन’ आतंक

रामजी ज्ञवाली, मंसिर ३, २०७६

सबै कुराले पुग्दा पुग्दै पनि कलाकारहरुका आफ्नै किसिमका दुःख छन् । पिडा छन् । रोदन छन् । तनाव छ । कलाकारहरुको जिन्दगी भव्य र शानदार लाग्छ देख्नेहरुका लागी । तर, हेर्नेहरुको आँखामा सेलिबे्रटीका पिडा कहाँ महशुस हुन्छ ? दिनभर भोको पेटमा काम गर्नुपर्छ भन्ने कसले बुझोस् ? पुरा पढ्नुहोस्