देखि

सम्म

चपली हाइट–३ मा अर्पणको इन्ट्रि

साप्ताहिक संवाददाता , मंसिर १७, २०७६

निर्माणको क्रममा रहेको नेपाली कथानक चलचित्र चपली हाइट–३’मा अभिनेता अर्पण थापा भित्रिएका छन् । चलचित्रको शिर्ष भूमिकाका लागि अभिनेत्री स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी र प्रतीक श्रेष्ठ यस अघिनै फाईनल भैसकेका छन् । यि कलाकारसँग अब अर्पण थापा पनि शिर्ष भूमिकामा देखिने भएका हुन् ।  पुरा पढ्नुहोस्

तपाईंका केहि बानी, जसले गर्न सक्छ मृगौलालाई हानी 

साप्ताहिक संवाददाता , मंसिर १७, २०७६

हामीले पर्याप्त मात्रामा पानी नखादा हाम्रो मृगौलालाई हानी गरिरहेको हुन्छ । मृगौलाले रगतलाई छान्ने र त्यसमा भएका विकारहरुलाई हटाउने हुनाले हामीले पर्याप्त मात्रामा पानी पिउने बानी गर्नुपर्छ । हामीले पर्याप्त मात्रामा पानी पिएनौं भने हामीलाई जलविनियोजन अर्थात् डिहाइड्रेसन हुन्छ, जसको सोझो असर मृगौलाले रगतलाई राम्ररी छान्न पाउँदैन र रगतमा विषाक्तता बढ्न जान्छ ।  पुरा पढ्नुहोस्

गायक बादल श्रेष्ठको नयाँ गीत 

साप्ताहिक संवाददाता , मंसिर १७, २०७६

गायक बादल श्रेष्ठ आफ्नो नयाँ गीत लिएर बजारमा आएका छन् । ‘तिमी फूल हौ कि जून’ बोलको गीतको म्यूजिक भिडियो सहित गायक श्रेष्ठ सांगीतिक बजारमा आएका हुन् । सार्वजनिक गीत गीतकार आर्यन भट्टराईले लेखेका हुन् । संगीत भने जीवन बाबुको रहेको छ ।  पुरा पढ्नुहोस्

‘सिइओ भएपछि संगीतबाट टाढिएँ’

प्रकृति दाहाल, मंसिर १७, २०७६

८ वर्षकै उमेरदेखि सोरठी र घाटु गाउन थालेकी हुँ । ०४८ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरें । ०५६ मा लोक–गीतिसंग्रह ‘खुदी बजारमा’ ल्याएपछि औपचारिक रूपमा सांगीतिक क्षेत्रमा मैले पाइला राखेको हुँ । पुरा पढ्नुहोस्

अब डिस होममा हेर्नुहोस् ‘छ माया छपक्कै’

साप्ताहिक संवाददाता , मंसिर १७, २०७६

यो वर्षकै सफल चलचित्र ‘छ माया छपक्कै’अब डिस होमको सिनेमा घर च्यानल नम्बर १०८ मा प्रदर्शनमा आएको छ । दिपकराज गिरी, केदारप्रसाद घिमिरे(माग्ने बुढा), जितु नेपाल(मुन्द्रे), केकी अधिकारी लगायतका कलाकारले शिर्ष भूमिकामा रहेर अभिनय गरेको चलचित्र गत मंसिर १३ गते देखि प्रदर्शन भैरहेको छ । चलचित्रलाई दर्शकहरुले ४२५ मै स–परिवारको साथमा हेर्न सक्नेछन ।  पुरा पढ्नुहोस्

स्व. श्रेष्ठका ‘उस्तै उस्तै मान्छे’ र ‘मनको सागर’  लोकार्पण

साप्ताहिक संवाददाता , मंसिर १७, २०७६

समाजसेवी एबम साहित्यकार स्व. कर्णकुमार श्रेष्ठद्वारा लिखित पुस्तक ‘उस्तै उस्तै मान्छे’ र रचित गीत तथा गजलहरु संग्रहित एल्बम ‘मनको सागर’ को विमोचन गरिएको छ । सोमबार राष्ट्रिय नाचघर काठमाडौंमा एक कार्यक्रमकाबीच ‘उस्तै उस्तै मान्छे’ र गजल संग्रह ‘मनको सागर’ को वरिष्ठ साहित्यकार एवं चलचित्र निर्देशक यादव खरेलले विमोचन गरे । पुरा पढ्नुहोस्

सिधा कुरा जनतासँगका रवि लामिछाने नयाँ कार्यक्रममा अनुबन्धित

साप्ताहिक संवाददाता , मंसिर १७, २०७६

खरो र कडा रुपमा हरेक विषयमा बोल्न सक्ने क्षमताका कारण लामिछानेप्रति धेरैको ध्यान तानिएको हो । उनै लामिछाने अब नयाँ कार्यक्रममा आवद्ध हुने भएका छन् । हालै ‘को बन्छ करोडपति’ नेपाल ल्याएको एसआरबिएन मिडियाले सार्वजनिक गरेको एक तस्विरमा लामिछाने छिट्टै विशेष कार्यक्रमसँगै दर्शकमाँझ आउन लागेको संकेत मिलेको छ । पुरा पढ्नुहोस्

व्यायाम अनि जाडो मौसम

साप्ताहिक संवाददाता , मंसिर १७, २०७६

यतिबेला कतिले चिसोका कारण व्यायाम गर्न छोड्छन् । यसले गर्दा शरीरमा अनावश्यक मोटोपन देखिन्छ । प्रदुषित वातावरण तथा चिसो हुने भएकाले जाडोमा बिहान सबेरै मर्निङ वाक जानुहुँदैन । उमेरअनुसार घरमै वा क्लबमा योग, एरोबिक्स, साइक्लिङ, वेट ट्रेनिङ, स्किपिङ आदि गर्न सकिन्छ । पुरा पढ्नुहोस्

ऋचा शर्माको बिहेको साइत फाइनल

साप्ताहिक संवाददाता , मंसिर १७, २०७६

अभिनेत्री ऋचा शर्माको बिहे आगामी मंसिरमा हुँदैछ भन्ने विषयमा ईकान्तिपुरले केहि महिनाअघि सार्वजनिक गरेको थियो । ऋचाले उक्त अन्तरवार्तामा आफ्नो बिहे हुन लागेको महिना बताएकी थिइन् । आफुले खोजेको र रोजेको ड्रिम ब्वाय पाएकोमा खुसी शेयर गरेकी थिइन् पुरा पढ्नुहोस्

एउटै स्टेजमा शिव, राजेश र भुवन

साप्ताहिक संवाददाता , मंसिर १७, २०७६

लोकनायकको सम्मानबाट शिव श्रेष्ठ, युग नायक सम्मानबाट भुवन केसी, दशकका महानायक सम्मानबाट राजेश हमाल सम्मानित भएका थियो । संगीत महरथीसम्मानबाट सम्भुजीत बास्कोटा सम्मानित भएका थिए । पुरा पढ्नुहोस्

२४ घण्टा ब्याट्री ब्याकअपको कन्भर्टिबल ल्यापटप

साप्ताहिक संवाददाता , मंसिर १७, २०७६

एचपीले एकपटक फुल चार्ज गर्दा २४ घण्टासम्म चलाउन मिल्ने ल्यापटप सार्वजनिक गरेको छ । एक किलोग्रामभन्दा कम वजन भएको उक्त कन्भर्टिबल ल्यापटपको नाम ‘एलिट ड्रागनफाई’ राखिएको छ । यसमा अल्ट्रालाइट १३ इन्चको डिस्प्ले छ । त्यसैगरी यसमा आठौं पुस्ताको इन्टेल कोर आईफाइभ र आई सेभेन प्रोसेसर छ । पुरा पढ्नुहोस्

सुखको जुनीमा यशराजको अवस्था

साप्ताहिक संवाददाता , मंसिर १७, २०७६

यसै साताबाट अल नेपाल प्रदर्शनमा आएको चलचित्र हो– लभ यू हमेशा । प्रदर्शन पश्चात खासै चर्चा नभएपनि चलचित्रले राम्रो प्रतिकृया पाइरहेको निर्माण यूनिटले जनाएको छ । यहि चलचित्र भित्र समावेश ‘सुखको जुनी’ बोलको गीत हालै सार्वजनिक गरिएको छ । पुरा पढ्नुहोस्

ग्रामीको मनोनयन

साप्ताहिक संवाददाता , मंसिर १७, २०७६

६२  औं ग्रामी एवार्डस्को मनोनयन सूची सार्वजनिक गरिएको छ । जनवरी २७ का दिन वितरण गरिने विश्वकै सर्वोच्च संगीत सम्मानको उद्घोषण अभिनेत्री तथा गायिका एलिसिया केजले गर्ने तय भएको छ । लस एञ्जलसमा सञ्चालन हुने यसपटकको ग्रामी एवार्डका लागि विभिन्न ८४ विधाको मनोनयन सूची सार्वजनिक गरिएको हो । पुरा पढ्नुहोस्

टुबोर्ग ओपन सेसन्स् २ मा ढकालको नजिक आउनुमा

साप्ताहिक संवाददाता , मंसिर १७, २०७६

लोकप्रिय गायक रामकृष्ण ढकालको ‘नजिक आउनुमा...’ गीत टुबोर्ग ओपन सेसन्स् २ मा सार्वजनिक भएको छ । टुबोर्ग ओपन सेसन्स् २ एक युट्युब सिरिज हो जसमा, विभिन्न प्रसिद्घ कलाकारहरूको स्टुडियोमा प्रत्यक्ष रेकर्ड गरिएको सिर्जना प्रस्तुत गरिन्छ ।  पुरा पढ्नुहोस्