देखि

सम्म

कुर्सीमै सूर्य नमस्कार

 प्रकाश रानाभाट, मंसिर २१, २०७६

सूर्यलाई उपासना गर्ने हेतुले प्राचीन समयदेखि नै मानिसहरूले सूर्य नमस्कार गर्दै आइरहेको पाइन्छ । नेपालीहरूले मनाउने छठ पर्व यसैको एउटा उदाहरण हो ।विगतमा सूर्य नमस्कार गर्नुमा कुनै वैज्ञानिक कारण नभेटिए पनि मानिसहरूले सांस्कृतिक तथा धार्मिक दृष्टिकोणले कुर्सी सूर्य नमस्कार गर्दै आइरहेका थिए । समयको उतारचढावसँगै बिस्तारै हरेक कुराको विकास भएपछि विकसित देशहरूले सूर्य नमस्कारमा रिसर्च गर्न थाले । पुरा पढ्नुहोस्

रहस्यमै रहे सामूहिक हत्याकाण्ड

माधव घिमिरे, मंसिर २१, २०७६

दुईतले घरको चारैतर्फबाट एकसाथ आगो दन्किनु र घरमा रहेका चारै जनाको मृत्यु हुनु रहस्यमय भएको आफन्तको दाबी छ । आफन्तले शंका गरेका परिवारभित्रैका सदस्य कानेपोखरी–४ का रामबहादुर तामाङ बेलबोटेलाई त्यसै बेला नियन्त्रणमा लिएर सोधपुछ गरी केही समयमै छाडेको थियो । उनी मृतक पार्वताका पति हुन् । पुरा पढ्नुहोस्

पहिलो पटक हवाई यात्रा गर्दा तपाईंलाई कस्तो अनुभव भयो ?

साप्ताहिक संवाददाता , मंसिर २१, २०७६

राइट ब्रदर्सले राइट काम गरेका रहेछन् भन्ने लाग्यो । सुरुमा कुनै पनि अनुभव नभएका कारण यात्रा कस्तो होला भन्ने कौतूहलता त थियो नै तर आकाशमा उड्दा र नदीहरू पार गर्दाचाहिँ रमाइलो भयो । सधैं हामीमाथि हुने बादलहरूलाई आफू मुनि पारेर लुकामारी खेल्दा झनै मज्जा भयो । जहिले टेकेर हिँडेको पृथ्वीलाई नटेकी हेर्न पाएँ । आनन्द लाग्यो ।  पुरा पढ्नुहोस्

सेलेनाको आलोचना

साप्ताहिक संवाददाता , मंसिर २१, २०७६

हलिउड अभिनेत्री तथा गायिका सेलेना गोमेज यतिबेला भारतीय प्रशंसकहरूको आलोचनाको शिकार भएकी छिन् । कारण हो उनको एउटा तस्बिर । वास्तवमा सेलेनाले हालै एउटा फोटोसेसन गराएकी थिइन् । सेलेनाको उक्त फोटोसेसन पुस्तकालयभित्र गरिएको थियो, त्यो पनि किताबहरूमा टेकेर । सेलेनाको उक्त तस्बिर सार्वजनिक भएलगत्तै भारतीय प्रशंसकहरूले त्यसलाई ट्रोल बनाइदिए । पुरा पढ्नुहोस्

नेपालमा आयो वान प्लस ७ टिप्रो

साप्ताहिक संवाददाता , मंसिर २१, २०७६

वान प्लसका प्रयोगकर्ताहरूका लागि खुसीको कुरा छ । वान प्लस ग्लोबल मोबाइल टेक्नोलोजी कम्पनीले आफ्नो नयाँ प्रोडक्टका रूपमा वानप्लस ७ टिप्रो स्मार्टफोन नेपालमा सार्वजनिक गरेको छ । यो मोबाइलमा ६ दशमलव ६७ इन्चको फ्लुइड एमोलेड रिजोलुसन, ५ कर्निङग गोरिला ग्लास र ९० एचजेड डिस्प्लेको साथमा १९ दशमलव ५:९ स्क्रिन रेसियो रहेको छ । पुरा पढ्नुहोस्