देखि

सम्म

फ्लपपछिको उत्साह

साप्ताहिक संवाददाता , माघ ६, २०७६

बेलायतबाट अभिनेत्री बन्नका लागि काठमाडौं आएकी मिरुना चारवटा चलचित्रको असफलतापछि पनि निराश भने छैनन् । त्यसैले त अहिले फुर्सदको समयमा उनी देश दौडाहामा छिन् । सामाजिक सञ्जालमा सक्रिय रहने यी अभिनेत्री अहिले जहाँ–जहाँ पुगेकी छिन्, नेपाल भ्रमण वर्षको प्रवद्र्धनसमेत गरिरहेकी छिन् ।  पुरा पढ्नुहोस्

जस्टिनलाई गम्भीर रोग

साप्ताहिक संवाददाता , माघ ६, २०७६

पप स्टार जस्टिन बिबर आफ्नो लुक्स तथा व्यक्तिगत जीवनका कारण प्राय: चर्चामा आइरहन्छन् । यद्यपि, पछिल्लो पटक जस्टिन आफ्नो स्वास्थ्यका कारण चर्चामा आएका छन् । हालै मात्र यी गायकले सामाजिक सञ्जालमा आफ्नो रोगका बारेमा खुलासा गरेका छन् । पुरा पढ्नुहोस्

हातहातमै सवारी राइडिङ एपको क्रेज

कृष्ण आचार्य, माघ ६, २०७६

पछिल्लो समय मोबाइल एपमार्फत दुईपाङ्ग्रे यात्रुवाहक सेवाप्रदायक सवारीको यात्रा गर्नेहरूको संख्या लाखमा छ । पठाओ, टुटल, सरर हुँदै यस्ता सेवाप्रदायक कम्पनी खोल्नेहरूको जमात बढिरहेको छ।पुरा पढ्नुहोस्

ट्याक्सी चालकको आम्दानी खोसेका छैनौँ 

साप्ताहिक संवाददाता , माघ ६, २०७६

क्सी चालकका दाजु–भाइ, छोरा–छोरीलाई पनि त मोटरसाइकल चलाउन आउँछ भने रोजगारीको अवसर प्राप्त हुने भयो नि । उहाँहरूले यसरी पनि हेर्नुपर्छ । नाइटमा ट्याक्सी चलाउने चालकले दिउँसोमा राइडिङ गर्न पनि पाउँछ । हामीले रोजगारी सिर्जना गरेका छौँ, उहाँहरूको आम्दानी खोसेका छैनौँ ।  पुरा पढ्नुहोस्

गुगलमा सबैभन्दा धेरै खोजिएका स्मार्टफोन 

साप्ताहिक संवाददाता , माघ ६, २०७६

गुगलले गत वर्ष शाओमी कम्पनीको रेडमी सिरिजको स्मार्टफोनलाई सबैभन्दा धेरै खोजिएको फोनको पहिलो स्थानमा राखेको छ । गुगलले रेडमी नोट–७, रेडमी नोट–७ प्रो तथा नोट–८ प्रोलाई गुगलमा धेरै खोजिएको स्मार्टफोन भनेर बताएको छ । नेपालमा नोट–७ को मूल्य १७ हजार ५ सय रुपैयाँ छ भने नोट ८ को मूल्य २४ हजार छ । पुरा पढ्नुहोस्

अध्यक्षको दौडमा राजेशदेखि भुवनसम्म 

साप्ताहिक संवाददाता , माघ ६, २०७६

भट्टराईको निधन पछि रिक्त रहेको अध्यक्ष पदका लागि अकांक्षीहरूले लबिङ सुरु गरेका छन् । बोर्डको रिक्त अध्यक्ष पदका लागि निर्देशक दयाराम दाहाल, अभिनेता भुवन केसी, राजेश हमाल, नवल खड्का, निर्देशक तथा कलाकार लय संग्रौला, आकाश अधिकारी र निर्देशक केपी पाठकको नाम चर्चामा छ ।  पुरा पढ्नुहोस्

सेलिब्रेटीका फेभरेट डिजाइन

महेश तिमल्सिना , माघ ६, २०७६

सेलिब्रेटीहरूको पहिरनशैलीलाई आकर्षक बनाउने फेसन डिजाइनहरूले समेत आफूलाई क्रियटिभ र फरक देखाउन खोजिरहेका हुन्छन् । धेरैजसो अभिनेत्री तथा गायिकाहरू आकर्षक पहिरन बनाउने यस्तै अब्बल डिजाइनरहरूका डिजाइन लगाउँछन् । नेपालका चल्तीका सेलिब्रेटीहरूका पनि आ–आफ्नै फेभरेट डिजाइनर छन् ।  पुरा पढ्नुहोस्

सन्तोषले कोरेको चुनौती

हिमेश, माघ ६, २०७६

सन्तोष के पनि मान्छन् भने नयाँ र युवा खेलाडीले उनको सय गोलको उपलब्धिलाई उछिन्न प्रयास गर्छ भने त्यसले पनि अन्तत: नेपाली फुटबललाई फाइदा गर्नेछ । सन्तोषले नेपाली फुटबलमा कोरेको चुनौती यही हो ।  पुरा पढ्नुहोस्