अविरल थापाका लेखहरु
युट्युबको प्रयोग कसले कुन प्रयोजनका लागि गर्छ भन्ने कुरा मुख्य हो । ज्ञानगुनका कुरा पनि यसैमा छन्, गीत–संगीत, चलचित्र पनि यसैमा छन्, भजन पनि यसैमा छन्, यौनका कुरा पनि यसैमा छन् । के हेर्ने र के नहेर्ने मानिसको उमेर र रुचिअनुसारको रोजाइ हो । बोली फुटेका बच्चादेखि लिएर कपाल फुलेका वृद्धसम्म यसैमा भुलेका देखिन्छन् ।
पुरा पढ्नुहोस्
आधुनिकता भनेको सोच हो, पहिरन होइन । लुगा फुकाल्दैमा र जुल्फी पाल्दैमा मोडल भइँदैन । मकै–भटमास र ढिँडो खाँदैमा पाखे भइँदैन । लोकदोहरी गाउँदैमा गाउँले र डिस्को जाँदैमा सहरिया भइँदैन । अरूको पनि चाखौं, तर आफ्नोलाई रछ्यानमा नफालौं । शरीरमा मात्र होइन, सोच र व्यवहारमा पनि परिवर्तन ल्याऊँ । अरूको देखासिकी गर्दागर्दै ऐनामा आफ्नै अनुहार नचिनिएला, बेलैमा होस गरौं ।
पुरा पढ्नुहोस्
कुनै दिन तिमीबिना बाँच्न सक्दिन भनेको मान्छे अचानक अब म तिमीसँग बाँच्न सक्दिनँ भन्ने मोडमा कसरी पुग्छ ? झट्ट हेर्दा एकैदिनमा एकैछिनमा सम्बन्ध बिग्रियो, सक्कियो भनेजस्तो लाग्छ तर निर्णायक मोडमा आउनुअघि अनेकन् घटना घटिसकेका हुन्छन् । अरूले हेर्दा केही नदेखिए पनि दुई जनाको हृदयमा अनेकचोटि बाढी–पहिरो गैसकेको हुन्छ ।
पुरा पढ्नुहोस्

परीक्षा

अविरल थापा, असार १७, २०७६

घर–परिवार र आफन्तमा पनि कहिले को सम्पन्न र कहिले को विपन्न हुन सक्छ । धनीको पछि धेरै जना लाग्छन् तर गरिब अनि कमजोरलाई सबैले हेप्छन् । आज सानो भएको मान्छे भोलि ठूलो हुन्छ, आजको निर्धन भोलि धनी हुनसक्छ ।
पुरा पढ्नुहोस्
यौनको भोक विवाहित वा अविवाहित दुवैमा समान हुन सक्छ । आफ्नो यौनसाथी हुँदाहुँदै पनि मानिसले अतृप्त भएर वा भनेको समयमा उपलब्ध नभएर वा असन्तुष्ट भएर यौनको भोक मेट्न वैकल्पिक उपाय वा साथीको खोजी गर्न सक्छ । सकेसम्म मायाजालमा पारेर, नभए पैसा तिरेर, सहमतिमै पनि वा कसैलाई परिबन्धमा पारेर पनि मानिसले आफ्नो यौन–प्यास मेट्न खोज्छ । 
पुरा पढ्नुहोस्
विक्रम संव्त २०५८ साल जेठ १९ गते राति नेपालको नारायणहिटी राजदरबारमा वीभत्स हत्याकाण्ड भयो । कसैले कल्पनासम्म नगरेको उक्त घटनामा परी राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्रलगायत अन्य राजखलकले समेत ज्यान गुमाए ।
पुरा पढ्नुहोस्