कुम्भराज राईका लेखहरु
ससारकै उत्कृष्ट १० साहसिक ट्रेल रेसमध्येको एक एभरेस्ट ट्रेल रेस सोलुखुम्बुको पत्तालेबाट सुरु भएर लुक्लामा समापन भएको छ । १ सय ७० किलोमिटर लामो एभरेस्ट ट्रेल रेसको नवौं संस्करणमा पुरुषतर्फको उपाधि नेपाली धावक सुमन कुलुङ राईले जितेका छन् । सोलुखुम्बुको पत्तालेबाट ६ दिनअघि सुरु भएको ट्रेल रेस शनिबार लुक्लामा समापन भएको हो । सुमनले रेसको दूरी २० घण्टा ५१ मिनेट ३६ सेकेन्डमा पूरा गरे ।
पुरा पढ्नुहोस्
सोलुखुम्बुको खुम्जुङ गाविसमा पर्ने खुम्जुङ उपत्यकालाई पर्यटकीय क्षेत्रमा हरित उपत्यकाका नामले चिनिन्छ । पर्यटकको उपत्यका भनिएको नाम्चेभन्दा केही माथि समुन्द्री सतहदेखि ३ हजार ८ सय मिटरको उचाइमा रहेको खुम्जुङ उपत्यका अर्थात् ग्रिन भ्याली बिस्तारै अन्तर्राष्ट्रियस्तरमा परिचित हुन थालेको छ । 
पुरा पढ्नुहोस्
खुम्बुक्षेत्रमा विभिन्न गन्तव्य छन् जसमा एउटै समयमा सबै गन्तव्य पुग्न असम्भव हुनसक्छ । त्यसलाई प्राथमिकताका आधारमा वर्गीकरण गरेर फरक–फरक समयमा जान सकियो भने अवश्य ती यात्रा अविष्मरणीय हुनेछन् । हाम्रो देशमा भएको विश्वको सर्वोच्च शिखर हेर्न बर्सेनि हजारौं विदेशी आउँछन्, तर हामी आफैं त्यहाँसम्म पुग्न किन छुटाइरहेका छौँ भन्ने पश्चाताप खुम्बुक्षेत्रको भ्रमणपछि नै हुन्छ ।
पुरा पढ्नुहोस्
सन्जितले सन्तोषमाथि यति धेरै छुरा प्रहार गरे कि उनी मरे–बाँचेको समेत सन्जितलाई होस भएन । त्यसपछि त्यहाँबाट भागेर उनी दुई दिनजति ककनीको जंगलमा बास बसे । तेस्रो दिन मोलुङ खोला झरेर त्यसको किनारैकिनारको बाटो हुँदै घुर्मी पुगे । घुर्मीबाट उनी कटारीतर्फ लागे । सन्जित कटारीबाट बस चढेर दाङ पुगे अनि फेसबुक स्टाटस पोस्ट गर्दै सन्तोषको हत्या गरेको कुरा लेखे ।
पुरा पढ्नुहोस्
४३ वर्षअघि सगरमाथा आरोहणकै प्रयास गर्दा दुवै खुट्टा गुमाएका चिनियाँ आरोही सिया बोयुले पनि यही साता शिखरमा पाइला टेके । अस्ट्रेलियाली आरोही स्टिभ प्लेनले १ सय १७ दिनभित्र सातवटा महाद्वीपका अग्ला हिमाल आरोहण गरेका छन् । सगरमाथामा अनेकन् किर्तिमानी राख्ने चलनले अझै निरन्तरता पाइरहेकै छ ।
पुरा पढ्नुहोस्
जतिबेला भारतीय नाकाबन्दी उत्कर्षमा थियो । सीमामा मधेसी दल धर्नामा थिए । त्यतिबेलै वीरगन्जका एक हूल युवा एउटा घरको कोठामा गिटार र ड्रम बजाउँदै गीत गाउँथे । ‘उता धर्ना, आन्दोलन र नाकाबन्दी छ । यता हामी गीत गाएर बसिरा’छौँ ।’ उनीहरूबीच संवाद हुन्थ्यो, ‘साथीहरू पेट्रोल सप्लाई गरेरै लखपति भैसके । हामीचाहिँ रमाइलोमै मस्त ।’
पुरा पढ्नुहोस्