डा. राजेन्द्र भद्राका लेखहरु
कसै–कसैको यस्तो छालामा पिसाबको धारा नै राम्रोसँग नआउने गरी प्वाल नै निकै सानो हुन्छ । त्यस्तो छ भने मूत्र प्रणालीमा केही असर देखा पर्न सक्छ । यसरी अग्रचर्मको प्वाल सानो हुँदा लिङ्ग उत्तेजित भएका बेला वा हस्तमैथुन वा यौन सम्पर्क गर्दा केही असजिलो हुन्छ ।
पुरा पढ्नुहोस्
केगेल(Kegel)  यौनाङ क्षेत्रको मांसपेशीलाई वलियो बनाउन गरिने कसरत हो । यसका लागि तपाईंले सबैभन्दा पहिले pubococcygeus भनिने मांसपेशी समूहको पहिचान गर्नुपर्छ । त्यसका लागि पिसाब फेर्दा मांसपेशीको संकुचन गरेर पिसाब रोक्ने प्रयास गर्ने र यो प्रक्रिया दोहोर्‍याइ, तेहर्‍याइ  उक्त मांसपेशी पहिचान गर्नुपर्छ ।
पुरा पढ्नुहोस्
चिनीरोग अर्थात् मधुमेह नसर्ने रोग हो, त्यसैले यो एक व्यक्तिबाट अर्को व्यत्तिमा सर्दैन । चिनीरोग भएका व्यक्तिले पनि यौनसम्पर्क राख्छन् र यौन सुख लिइरहेका हुन्छन् । चिनीरोग नियन्त्रण गरिएको छैन भने त्यसको असर यौन सक्षमता, लिङ्ग उत्तेजना तथा यौनेच्छामा नकारात्मक रूपले पर्छ, जुन अर्कै विषय हो । 
पुरा पढ्नुहोस्
गर्भनिरोधको कुनै साधन प्रयोग नगरी गर्भ रहोस् भन्ने चाहनाका साथ एक वर्षभन्दा बढी यौनसम्पर्क गर्दा पनि गर्भ नरहेको स्थितिमा परीक्षण गराउनु मनासिब हुन्छ । तपाईंहरूको सन्दर्भमा हामी समय नै नपुगेको भन्न सक्छौं । बच्चा जन्माउन नसक्नुमा केही कारण पुरुषमा हुन्छ भने केही कारण महिलामा हुन्छ । त्यसैगरी केही कारण दुवै जनामा संयुक्त रूपमा हुन्छन् । करिब १० प्रतिशतजति घटनामा गर्भ नरहने कारण नै पत्ता लाग्दैन । 
पुरा पढ्नुहोस्
योनि महिलाको नली आकारको प्रजनन अंग हो र बाहिरवाट देखिने प्वाललाई योनिद्वार भनिन्छ । यही योनिद्वारको ठीक भित्रपट्टि गुजमुज्ज परेको पातलो छालाको पत्र वा झिल्ली हुन्छ जसलाई योनिच्छद (Hymen) ​​​​​​​ भनिन्छ । पहिले–पहिलेको जमानामा योनिमा भएको योनिच्छद यौनसम्पर्क गर्दा च्यातिएर रगत आउनुलाई नै केटीको कौमार्य भंग भए– नभएको आधार बनाइन्थ्यो ।
पुरा पढ्नुहोस्
शारीरिक फरिश्रम युक्त त्रियाकलाप सकिएपछि मुटुको गति कम भए पनि मांसपेशीमा भएका रक्त नसा पुरानै नखुम्चिएको अवस्थामा रह्यो भने रक्तचाप अकस्मात कम हुनसक्छ र व्यक्तिले अल्पकालीन बेहोसीको अनुझव गर्न सक्छ, जसलाई हामी abdominal heart rhythm भन्छौं । यस्तो अन्य शारीरिक क्रियाकलापका साथै यौन क्रियाकलापको सन्दर्भमा पनि हुन सक्छ । 
पुरा पढ्नुहोस्