दुर्गालाल केसीका लेखहरु
२० वर्षअघिसम्म भोटबाट घोडालाई नुन बोकाएर ल्याई तराईमा बेच्ने ‘भोटे’हरु दाङको तुलसीपुरस्थित पर्सेनीमा भेला भएर मेला भर्थे । नुन किन्न मानिसको भीड लाग्थ्यो । मेलामा घोडादौड हुन्थ्यो । धेरै दौडनसक्ने घोडा राम्रो मूल्यमा बिक्री हुन्थ्यो । जिल्लाभर भोटे मेला चर्चित थियो ।
पुरा पढ्नुहोस्
दुई सातादेखि बिरामी परेर थलिएकी कुसुन्डा भाषाकी एक मात्र ज्ञाता ८२ वर्षीया ज्ञानीमैयाँ कुसुन्डाको शनिबार मृत्यु भएको छ । उनको शनिबार दिउँसो लमही नगरपालिका–६, कुलमोहरस्थित घरमा निधन भएको बुहारी आशा पुनले बताइन् । 
पुरा पढ्नुहोस्
घोराहीबाट प्यूठानको प्रसिद्ध धार्मिक तीर्थस्थल स्वर्गद्वारी पुग्न निजी क्षेत्रको लगानीमा केबुलकार निर्माणको तयारी अघि बढेको छ । घोराहीदेखि स्वर्गद्वारीसम्म ८ किलोमिटर दूरीमा ५ अर्ब लगानी गरेर केबुलकार पुर्‍याइने घोराही स्वर्गद्वारी केबुलकारका प्रतिनिधि माधव घिमिरेले बताए ।
पुरा पढ्नुहोस्
शैक्षिक स्तर कमजोर भएका, एकल महिला तथा श्रीमान् विदेश गएका महिलाहरूलाई लक्षित गरी उनीहरूसँग सम्पर्क गर्ने, ढुकुटी खेल्ने भनेर रकम संकलन गर्ने अनि विभिन्न प्रलोभन एवं दबाबमा पारी यौनसम्पर्क गर्ने तुलसीपुर उपमहानगरपालिका–११, बेलगनारका ४० वर्षीय महेश भनिने भुवन धिताल प्रहरी फन्दामा परेका हुन् ।
पुरा पढ्नुहोस्
दाइजो नदिएको झोकमा श्रीमतीलाई मरणासन्न हुने गरी पिटेको आरोपमा पक्राउ परेका चिकित्सक तथा नाजायज सम्बन्ध ढाकछोपका लागि प्रेमिका मारेर कोशी नदीमा बगाउने आरोप लागेका ब्यवसायी एवं राजनीतिज्ञसँग जोडिएका यी घटनाले सामाजिक संवेदना र मानवीय मूल्यमाथि निर्मम प्रहार गरेका छन् । 
पुरा पढ्नुहोस्
आफ्ना चर्चित गीतहरू गाएर दर्शकलाई पर्याप्त मनोरञ्जन प्रदान गरेकी ज्योतिको पहिरनमा शालीनता देखिए पनि उनको गीत गाउने तथा नाच्ने शैली भने उस्तै थियो । त्यस क्रममा ज्योतिले विभिन्न रोमाञ्चक शब्दहरू प्रयोग गरेर युवाहरूको चाहनालाई समेत सम्बोधन गरेकी थिइन् ।
पुरा पढ्नुहोस्