विष्णु तारुकेका लेखहरु
नुवाकोट– नुवाकोट तारुकाका किसान मदन श्रेष्ठ रत्ने गोरुको स्याहारमा व्यस्त छन् । ठूलो जुरो भएको रत्नेले मैदानमा अरूलाई पछार्नेमा उनी ढुक्क छन् । त्यसैले त अण्डा, तेल र चामल भिजाएर राम्रो स्याहार गर्छन् मदन, गोरुलाई ।
पुरा पढ्नुहोस्
विश्वभर फैलँदै गएको साहसिक क्यानोइङका सम्बन्धमा नेपालमा खासै चासो र चर्चा छैन । नेपाल आफैंमा डाँडा–काँडा तथा छाँगा–छहराले युक्त देश हो । यहाँका छाँगामा डोरीको सहाराले आरोहण गर्नु नै क्यानोइङ हो । साहसिक खेलका रूपमा परिभाषित यो खेल विश्वभर व्यवसायिक रूपमा सञ्चालन हुँदै आएको छ । 
पुरा पढ्नुहोस्
धर्मिक तथा पर्यटकीय हिसावले विशेष महत्व राख्ने गोसाइँकुण्डमा केबलकार निर्माण गर्न दुईवटा संस्थाले प्रक्रिया अघि बढाएका छन् । रसुवाको गोसाइँकुण्ड गाउँपालिकाले धुन्चेबाट तथा नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको घ्याङफेदीबाट गोसाइँकुण्ड केबलकार कम्पनी, महाराजगन्जले प्रक्रिया अघि बढाएको लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ ।
पुरा पढ्नुहोस्
धादिङको आदमघाटमा जम्मा भएका सैयौं युवा–युवती त्रिशूलीमा तैरन आफूलाई कस्दै थिए । हातमा प्याडल, ज्यानमा लाइफ ज्याकेट, टोपीसहित सबै साहसिक जलयात्रा गर्न तम्सदै थिए । बर्खा सुरु नहुँदै बढेको त्रिशूलीको बहावमा तैरने आँट आफैंमा साहसिक हुन्छ ।
पुरा पढ्नुहोस्
राष्ट्रियता झल्कने र आफैमा पनि राम्रो देखिने हुनाले मैले काम गरेका सबै बैंकमा अनिवार्य गरेको थिएँ, –किशोर महर्जन भन्छन् । उनले हिमालयन बैंक छोडेर सनराइज बैंक पुगेपछि त्यहा“ पनि दौरा–सुरुवाल र साडी अनिवार्य गरेका थिए । सनराइज बैंकमा किशोरले सिइओ छोडेको लामो समयसम्म पनि दौरा–सुरुवाल कल्चर चल्यो । 
पुरा पढ्नुहोस्
दोलखाको कालिन्चोक नजिकैको कुरी बजार अहिले आन्तरिक पर्यटकको पहिलो रोजाइ बन्दै गएको छ । हालै केबुलकार सञ्चालनमा आएपछि कुरी बजारलाई पर्यटक थेग्न हम्मे–हम्मे परेको छ । हिजोआज बिदाका दिन र त्यसबाहेकका दिन पनि हिउँ खेल्न एवं धार्मिक आस्था बोकेर कालिन्चोक पुग्नेहरूको संख्या बढ्दो छ, त्यहाँ पुग्ने आन्तरिक पर्यटकहरूलाई थेग्न अहिलेका पूर्वाधार अपुग भएका छन् । 
पुरा पढ्नुहोस्