कभरस्टोरी
अद्वितीय सहर
साहसिक खेलकुद प्याराग्लाइडिङका लागि विश्वकै उत्कृष्ट गन्तव्यमा पर्छ— पोखरा । सराङकोटबाट कावा खाँदै फेवातालको किनारमा ओर्लन पाउनुको अद्भुत आनन्द अन्यत्र कहाँ ! सराङकोटबाट सररर जिप फ्लायरमा हेम्जा ओर्लनुमा पनि विछट्टै मज्जा छ । अल्ट्रालाइटमा उड्नु, बन्जिजम्प गर्नु, बेलाबेलामा स्काइडाइभ गर्न पाउनुले पोखरालाई साहसिक पर्यटकको केन्द्रका रूपमा स्थापित गरेको छ ।
पुस १६, २०७६