संस्कृति
लखरठ्याँकको लोकतान्त्रिक दसैंं
लामो जाम छिचोलेर म बल्ल चेकिङ प्वााइन्टको केही नजिक पुगेको थिएँ, मभन्दा अलि अघिल्लो बाइकवाला चेकजाँच सकेर देब्रेतिरकै गल्लीतर्फ मोडियो, बाटो अलि खुकुलो देखेर मैले आफ्नो बाइक दुई मिटर जति अगाडि के सारेको थिएँ, ट्राफिक जवान सरासर मभए ठाउँ आयो र बाइकको साँचो थुत्यो । मभन्दा अगाडि तीन–चारवटा बाइक छँदैथिए, चेकिङ चलिरहेकै थियो । बाइक घिसारेर म साइड लागेँ, सुरु भो मेरो विशेष जाँच– लाइसेन्स माग्यो– दिएँ, बिलबुक माग्यो दिएँ, हेडलाइट बाल्न भन्यो बालें, ब्रेक हान्न भन्यो हानें ।
आश्विन ३०, २०७५