अर्काइभ
मन्दिरमा बलि नदिऊँ
बलि प्रथाका अनुयायी प्राय: हिन्दू धर्मको पनि शाक्त सम्प्रदायका हुन्छन्, जसले देवीको उपासनाको अन्तिम रूप नै बलि हो भन्ने विश्वास राख्छन् तथापि प्रकृति वा पृथ्वीलाई देवता मान्नेहरूले पनि बलिको परम्परालाई अङ्गीकार गर्दै आएको पाइन्छ । दसैंमा हिन्दूहरूले बलि दिन्छन् तर हिन्दू धर्मका मूल ग्रन्थहरूलगायत अन्य थुप्रै पुराणमा बलिलाई निषिद्ध गरिएको छ । पशुबलि एउटा ठूलो अनुष्ठान् भएकाले यसका लागि मेहनत र खर्च पनि ठूलै चाहिन्छ ।
कार्तिक १, २०७५