फ्रन्टपेज

खुल्दैछ समाज

जनक तिमिल्सिना, श्रावण ३०, २०७६

नेपाली समाजमा कल्पना नै गर्न नसकिने लिभिङ टुगेदर, विवाहपूर्व युवायुवतीको हिमचिम, विवाहपूर्व युवायुवतीको एक–अर्काको घरमा आवतजावत, प्रि वेडिङ घुमघामजस्ता व्यवहार सामान्य हुन थालेका छन् । समाजशास्त्री निर्मला ढकाल आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा देखिएका परिवर्तनलाई यसको कारण मान्छिन् । ढकाल भन्छिन्– ‘युवापुस्ताको बदलिँदो व्यवहारको कारक आर्थिक आत्मनिर्भरता, वैश्वीकरण, सञ्चारमा भएको अभूतपूर्व विकास आदि हुन् ।’  पुरा पढ्नुहोस्

राजनीतिमा  सेलिब्रेटी ग्ल्यामर

किशोर नेपाल, श्रावण २२, २०७६

बाहिरी समाजमा समाजका हरेक पक्षमा र हरेक क्षेत्रमा प्रसिद्ध महिला तथा पुरुषहरूको संख्या निकै आकर्षक छ । अमेरिकामा त प्रत्येक मिनेटमा जन्मिन्छन् होला सेलिब्रिटी । यो अर्कै कुरा हो, हाम्रो समाजमा सेलिब्रिटी हैसियत धेरैजसो राजनीतिसँग जोडिएर काम गरेका महिलाले कमाएका छन् । पुरा पढ्नुहोस्

एडभेन्चर प्लेयर्स 

महेश तिमल्सिना , श्रावण १६, २०७६

मोटर स्पोर्टस् अन्तर्गत पर्ने अटो जिमखाना आफैंमा जोखिमयुक्त खेल हो । त्यसैले यो खेलका लागि पहिरन निकै महत्वपूर्ण हुन्छ । अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धामा त एफआइएबाट प्रमाणित पहिरनबिना सहभागिता जनाउनै पाइँदैन । यस्तो पहिरनको मूल्य नै ४ देखि ५ लाख पर्छ । पुरा पढ्नुहोस्

फ्यान्ट्यासी हिरोज

लक्ष्मी भण्डारी, श्रावण ९, २०७६

नेपाल ई–स्पोर्टस एसोसिएसन (नेसा)का अध्यक्ष सुरज डंगोलका अनुसार नेसाले गत वर्षदेखि कसप्लेयरहरूबीच प्रतिस्पर्धा समेत गराउँदै आएको छ । त्यसमा उनीहरूको कलात्मक सिर्जनालाई मुख्य स्थान दिइन्छ । गत वर्षको कसप्लेयर प्रतिस्पर्धामा २० जना भन्दा बढी प्रतिस्पर्धी थिए । यो वर्षको सेप्टेम्बर ६ र ७ मा भृकुटीमण्डपको हलमा ई–स्पोर्टसअन्तर्गत डोटा टु, फिफा–१९ गेम हुँदैछ भने यो वर्ष पनि कसप्ले प्रतिस्पर्धा समेत हुनेछ । पुरा पढ्नुहोस्

प्लस साइजमा सुन्दरता

 प्रकाश रानाभाट, श्रावण २, २०७६

सुन्दरी प्रतियोगिता महिलाको सौन्दर्य एवं आकर्षक शरीरमा केन्द्रित हुन्छन् । यस्ता प्रतियोगितामा मिलेको अनुहार, जिरो फिगर, ठिक्क तौल, क्याटवाक गर्न सक्ने, मिलेको जीउडाल भएका महिलाहरूलाई मात्र अडिसनपछि प्रवेश दिइन्छ । यद्यपि अहिले समय विभिन्न संस्थाले सहरमा विभिन्न शिर्षक (चब्बी, होचा–पुड्का, प्लस साइज) आदि नाममा विभिन्न रोचक प्रतियोगिताहरू सञ्चालन गर्दै आएका छन् ।  पुरा पढ्नुहोस्

उत्कृष्ट माविहरु

जनक तिमिल्सिना, महेश तिमल्सिना असार २३, २०७६

तथ्यांक राष्ट्रिय परीक्षा बोर्डद्वारा प्रकाशित ‘नतिजा सम्बन्धि एक झलक (२०७४–०७५)’ पुस्तकमा आधारित छ । यसमा बोर्डको अन्तिम परीक्षामा कक्षा ११ तथा १२ मा न्युनतम ५०० विद्यार्थी सहभागी माविहरू समावेस छन् । कक्षा ११ र १२ को नतिजामा ‘ए प्लस’देखि ‘डि’ प्लससम्म ल्याउने विद्यार्थीहरू यो मुल्यांकनको प्रमुख आधार हुन् । स पुरा पढ्नुहोस्

रोपाईको उल्लास

त्रिचन्द्र प्रतीक्षा, असार १५, २०७६

असार १५ गतेलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गर्न वि.सं. २०६१ मा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघसमक्ष अनुरोध गरेका थिए । राष्ट्रसंघले धान वर्ष घोषणा गरेपछि नेपालले पनि राष्ट्रिय धान दिवस मनाउने निर्णय गरेको थियो । पुरा पढ्नुहोस्

त्रिशला ट्रयाक

जनक तिमिल्सिना, असार ११, २०७६

त्रिशलाको स्वभाव सामान्य छ । हल्काफुल्का पहिरनमा रमाउने त्रिशला फुर्सदमा गीत सुन्न रुचाउँछिन् । त्यसबाहेक बाँकी समय आफैं लिरिक्स लेख्छिन् । सबै किसिमका गीत उनको रोजाइमा पर्छन् । उनी लता मंगेसकरका पुराना हिन्दी गीत मन पराउँछिन् । अंग्रेजी गीत पनि सुन्छिन् । रक, पप सबै प्रकारका गीत सुन्ने त्रिशलालाई सबैभन्दा मन पर्ने गीत भने सेन्टिमेन्टल नै हुन् ।  पुरा पढ्नुहोस्

ठुम्का पावर

महेश तिमल्सिना , असार ५, २०७६

कुनै समय थियो, शाही महलहरूमा नृत्यांगनाका ठुम्काका किस्सा खुबै सुन्न पाइन्थे । बाँकी समाजका लागि भने ती सबै रोचक र तिलस्मी किस्सा थिए । उपन्यास, कथा तथा परीकथाहरूमा नृत्यांगनाहरूको सौन्दर्य, ठुम्का र चालढालको रंगीन चर्चा हुन्थ्यो । अहिले समयमा ठूलो परिवर्तन आइसकेको छ । पुरा पढ्नुहोस्

गुमनाम छ  अन्नपूर्ण प्रथम

आश गुरुङ, विना थापाजेष्ठ ३१, २०७६

लमजुङ हिमालदेखि निलगिरीसम्म अन्नपूर्ण हिमश्रृंखलाको भाग हो । हिमाल पारी र हिमाल वारीका ५ जिल्ला, साविक ५७ गाविसलाई समेटेर अन्नपूर्ण हिमालकै नामबाट अन्नपूर्ण संरक्षण क्षेत्र गठन गरिएको हो । संघीय संरचनाअन्तर्गत अहिले गण्डकी प्रदेशको ५ जिल्ला, १५ गाउँपालिकाका तथा ८७ वडामा अन्नपूर्ण संरक्षण क्षेत्र फैलिएको छ ।  पुरा पढ्नुहोस्

पदयात्राका लागि  खुम्बुका गन्तव्य

कुम्भराज राई, जेष्ठ ३०, २०७६

खुम्बुक्षेत्रमा विभिन्न गन्तव्य छन् जसमा एउटै समयमा सबै गन्तव्य पुग्न असम्भव हुनसक्छ । त्यसलाई प्राथमिकताका आधारमा वर्गीकरण गरेर फरक–फरक समयमा जान सकियो भने अवश्य ती यात्रा अविष्मरणीय हुनेछन् । हाम्रो देशमा भएको विश्वको सर्वोच्च शिखर हेर्न बर्सेनि हजारौं विदेशी आउँछन्, तर हामी आफैं त्यहाँसम्म पुग्न किन छुटाइरहेका छौँ भन्ने पश्चाताप खुम्बुक्षेत्रको भ्रमणपछि नै हुन्छ । पुरा पढ्नुहोस्