फिल्मी खबर

यस्तो आयो चलचित्र ‘प्रेम गीत–३’ को टिजर 

साप्ताहिक संवाददाता , फाल्गुन २१, २०७६

नेपाली कथानक चलचित्र ‘प्रेम गीत–३’ को टिजर सार्वजनिक भएको छ । सय वर्ष पुरानो कथा माथि बनाईएको भनिएको चलचित्रको सार्वजनिक टिजरमा प्रदीप खड्का, शिव श्रेष्ठ, सुनील थापा लगायत चलचित्रका शिर्ष कलाकार देखिएका छन् । पुरा पढ्नुहोस्

दीपक–दीपाको ‘छक्का पञ्जा–४’ दसैंको फूलपातीमा

साप्ताहिक संवाददाता , फाल्गुन १८, २०७६

कलाकार दीपकराज गिरीले आफूसहित निर्देशक दीपाश्री र जितु नेपाल तथा केदार घिमिरेको क्यारेक्टर तस्बिर सार्वजनिक गरे । तस्बिर चलचित्र ‘छक्का पञ्जा– ४’का लागि तयार पारिएको थियो । उक्त तस्बिरसँगै गिरीले चलचित्र ‘छक्का पञ्जा– ४’ ०७७ सालको दसैंमा रिलिज हुने उल्लेख गरेका छन् ।  पुरा पढ्नुहोस्

कलाकारको ठूलो भिड बोकेर आयो ‘माया जदौ’

साप्ताहिक संवाददाता , फाल्गुन १३, २०७६

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा मदनकृष्ण श्रेष्ठ, सन्तोष पन्त, नीर शाह, शम्भुजीत बास्कोटा, भुवन चन्द, बसुन्धरा भुसाल, मिथिला शर्मा, गौरी मल्ल, धीरेन शाक्य लगायतका थुप्रै कलाकारलाई प्रस्तुत गरिएको छ ।  पुरा पढ्नुहोस्

प्रकाश भन्छन्– अब नयाँ सपना बाँकी छैन्

साप्ताहिक संवाददाता , फाल्गुन ११, २०७६

उनले फेसबुकमा लेखेका छन्– ‘र अब मसँग नयाँ सपना छैन । किनकि अधुरो एउटा सपना पनि पुरा भएको छ– चलचित्रमा अभिनय गर्ने । हिरो बन्ने । सपना पुरा भएकोमा जति खुसी र उत्साहित छु त्यतिनै डर पनि लागिरहेको छ कि मेरो करियरको आगामी यात्रा कता र कस्तो हुन्छ भनेर ।’ पुरा पढ्नुहोस्

‘सेन्टी भाइरस’को स्याड सङ् सार्वजनिक 

साप्ताहिक संवाददाता , फाल्गुन ८, २०७६

नेपाली कथानक चलचित्र ‘सेन्टी भाइरस’मा समावशे नयाँ गीत सार्वजनिक भएको छ । ‘ए नि लै’ बोलको गीतमा स्वर तथा संगीत सुशान्त गौतमको छ । गीत  हर्क साउदले लेखेका हुन् ।  पुरा पढ्नुहोस्

धुलोको कथा ट्रेलरमा

साप्ताहिक संवाददाता , फाल्गुन ७, २०७६

काठमाण्डौमा मजदुरी गर्नेहरुको जीवनशैली, सपना र संघर्षको कथालाई केन्द्रमा राखेर निर्माण गरिएको यो चलचित्रमा लक्ष्मी गौतम र नानिराम फुयाँलले सयुक्त रुपमा लगानी गरेका छन् ।  पुरा पढ्नुहोस्

सेन्टी भाइरसको नयाँ गीत ‘आफ्नो पार्टी जिताइदे’

साप्ताहिक संवाददाता , फाल्गुन ५, २०७६

नेपाली कथानक चलचित्र ‘सेन्टी भाइरस’मा समावेश ‘आफ्नो पार्टी जिताइदे’ बोलको गीत रिलिज भएको छ । सार्वजनिक गीतमा प्रमोद खरेल र विद्या तिवारीको स्वर सुन्न सकिन्छ । हर्क साउदले लेखेको गीतमा संगीत भने सुशान्त गौतमले गरेका छन् ।  पुरा पढ्नुहोस्

‘नीरफूल’को तिमी बदनामीमा रेखा थापा 

साप्ताहिक संवाददाता , फाल्गुन ४, २०७६

गीतमा अभिनेत्री रेखा थापा बार गायिकाको रुपमा देखिएकी छिन् । उनले गाउँदै गर्दा बारमा महिला हिंसाका अनेक हर्कतहरु देखाईएको छ । भिडियोमा पात्रको संघर्ष र उनीमाथि हुने हिंसाको सिलसिला प्रस्तुत गर्न खोजिएको छ ।  पुरा पढ्नुहोस्

लक्का जवानको ‘मुसुक्कै हाँसन माया’बोलको गीत सार्वजनिक

साप्ताहिक संवाददाता , फाल्गुन १, २०७६

चलचित्र ‘लक्का जवान’को दोस्रो गीत सार्वजनिक भएको छ । चलचित्रमा समावेश ‘मुसुक्कै हाँसन माया’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा बाबुल गिरीको शब्द तथा संगीत रहेको छ ।  गीतमा बाबुल र जुना रिजाल काफलेको स्वर सुन्न सकिन्छ । पुरा पढ्नुहोस्

हिमाली भेगको प्रेम कथा सहित आयो ‘मन्त्र’को टिजर

साप्ताहिक संवाददाता , माघ २६, २०७६

अभिनेता सौगात मल्ल र अभिनेत्री दिया पुनले शिर्ष भूमिकामा रहेर अभिनय गरेको चलचित्र ‘मन्त्र’को टिजर सार्वजनिक भएको छ । गोरखाको मनास्लु क्षेत्र आसपासमा खिचिएको चलचित्रको टिजरमा हिमाली भेगको प्रेम कथा देखाउन खोजिएको छ ।  पुरा पढ्नुहोस्

हाम्रो सेल्फी किङ कन्टेस्ट जिते इटहरीका दीवस पोखरेलले

साप्ताहिक संवाददाता , माघ २२, २०७६

माघ ५ देखि माघ २० सम्म संचालित प्रतियोगिताको विजेता घोषणा माघ २१ गते हाम्रो पात्रो मार्फत गरिएकोछ । एपको एज मार्फत लाइभ आएर अभिनेता विपिन कार्की र निर्देशक विशाल सापकोटाले विजेता घोषणा गरेका हुन् । प्रतियोगितामा सहभागीबाट इटहरीका दीवस पोखरेल विजेता बनेका छन् ।  पुरा पढ्नुहोस्