यौन मनोविज्ञान

सुन्दर यौन जीवनका लागि

साप्ताहिक संवाददाता , पुस ४, २०७६

पोर्नको सबैभन्दा ठूलो समस्या भनेको यसको लत लागेका मानिसहरुको अवास्तविक आकांक्षाहरुमा तीव्र वृद्धि हुन्छ । उनीहरु वास्तविक जीवन पनि पोर्नको जस्तै होस् भन्ने चाहन्छन् । तर, वास्तविकता त्योभन्दा धेरै फरक हुन्छ । यसका कारण वास्तविक यौनतर्फ मानिसको कामेच्छा घट्दै जान्छ र धेरै मानिसमा यौन उत्तेजना घट्दै जान्छ ।  पुरा पढ्नुहोस्

यौन क्रिया किन पीडादायक ?

साप्ताहिक संवाददाता , मंसिर १०, २०७६

कैयन् अवस्थामा सम्भोग अत्यन्त पीडादायक हुन्छ, जसका कारण अधिकांश महिलाहरू यौनप्रति अरुचि देखाउन थाल्छन् । यसलाई विज्ञानको भाषामा डिस्परयुनिया अर्थात् पेनफूल इन्टरकोर्स भनिन्छ । यस्तो पीडा बारम्बार दोहोरिन्छ र त्यसले स्त्री–पुरुष सम्बन्धलाई नै प्रभावित गर्छ । यो पीडाका बारेमा दोस्रो पक्षलाई जानकारी भएन भने उसले यौनकार्यमा सहयोग र सहभागिता प्राप्त नभएको भन्ने मान्छ र बिस्तारै यो समस्याले सम्बन्धमै दूरी बढाउँछ । पुरा पढ्नुहोस्

परिवर्तन  हुँदै सम्बन्ध

रोजिन शाक्य, मंसिर ५, २०७६

यौन आजभोलि तीव्र गतिमा क्याजुयल हुँदै गएको पाइन्छ । आफू सम्बन्धमा रहेको व्यक्तिसित नै यौन जीवन जिउनुपर्छ भन्ने आवश्यकता पनि रहन छोडेको छ । यौनका लागि बहु–यौनसाथीको विकल्प पनि बढ्दो छ र एक रातको सम्बन्ध पनि स्वीकार्य हुँदै गएको पाइन्छ । यौनको अर्थ शारारिक सम्बन्ध भन्ने सहज बुझाईमा समेटिन पुगेको छ । यही कारणले गर्दा विवाह पूर्व यौन सम्बन्धका लागि सहजता बढ्दो छ । पुरा पढ्नुहोस्

यौन जीवनसँग गाँसिएका केही तथ्य

साप्ताहिक संवाददाता , मंसिर ४, २०७६

 यौन सम्पर्कको प्रारम्भिक दिनसँगै जीवनको कुनै न कुनै मोडमा लगभग हरेक पुरुषले के सोच्छन् भने के उसले आफ्नो यौन साथीलाई पर्याप्त सन्तुष्टि दिन सकेको छ ? यस्तो सोच पुरुषको तुलनामा महिलाहरूमा शुन्य हुन्छ । जबकि अधिकांश महिला भने यौन सम्पर्कका क्रममा उनले जे जस्तो सन्तुष्टि प्राप्त गरिन, सबै महिलाले यस्तो सन्तुष्टि प्राप्त नगर्न सक्छन् भन्ने कुरा सोच्छन् । पुरा पढ्नुहोस्

यौनसम्पर्कपछि  पुरुषहरु किन सुत्न चाहान्छन्

साप्ताहिक संवाददाता , कार्तिक २९, २०७६

सामान्यत: के देखिन्छ भने यौन सम्पर्कपछि महिलाहरू आफ्नो यौन साथीसँग चल्ने जिस्कने कुरामा रुचि राख्छन् र त्यसका लागि पहल पनि गर्छन् । उनीहरू आफ्नो यौन साथीसँग रमाइला तथा मीठा कुराकानी गर्न चाहन्छन् । त्यसको ठीक विपरीत अधिकांश पुरुष तत्कालै कोल्टे फर्केर निदाउने प्रयास गर्छन् । त्यस्तो अवस्थामा अधिकांश महिला के सोच्छन् भने लोग्ने मानिसहरू स्वार्थी हुन्छन् । पुरा पढ्नुहोस्

रोमाञ्चकता सञ्चार गरौं

रोजिन शाक्य, कार्तिक २१, २०७६

सम्बन्धमा न्यानोपन कायम राख्न इमान्दारिता मात्र पर्याप्त हुँदैन । पार्टनरलाई ध्यान दिनु, उसका बारेमा कति ख्याल राखिन्छ भन्ने कुरामा उनलाई महसुस गराउनु पनि जरुरी हुन्छ । यौन जीवनको कमी पूर्ति गर्न पार्टनरलाई अटेन्सन दिनु धेरै हदसम्म जरुरी हुन्छ र यसले सकारात्मक प्रभाव पनि पार्छ ।  पुरा पढ्नुहोस्

बढ्दो यौन वितृष्णा

रोजिन शाक्य, कार्तिक १६, २०७६

सामाजिक प्रतिष्ठा र वर्क प्रेसर पनि यौनप्रति नीरसताको प्रमुख कारणमध्ये एक हो । दम्पती दुवै कामकाजी हुनुपर्ने बाध्यता तथा आवश्यकताले दाम्पत्य जीवनमा कामको दबाब वृद्धि भएसँगै उनीहरूबीचको शारीरिक सामीप्यता एवं त्यसका लागि समय अभाव समस्याका रूपमा अगाडि आएको छ । बिस्तारै यौन उनीहरूको प्राथमिकताको सूचीबाट हराउँदै गएको पाइन्छ । पुरा पढ्नुहोस्

यौन सम्बन्धको डर

डा. ललितकुमार मिश्र, आश्विन ७, २०७६

यौनसम्पर्क गर्न डराउनु वा इच्छा नहुनु वा सेक्स गर्दा आनन्दको कुनै अनुभूति नहुनु जस्ता स्बास्थ्य समस्याको उपचार काउन्सिलिङका साथै होमियोप्याथिक औषधोपचारबाट सम्भव छ । होमियोप्याथिकमा कुनै पनि रोगको कुनै निश्चित औषधि हुँदैन । रोगीको शारीरिक, मानसिक तथा भावनात्मक लक्षणहरूका आधारमा बिरामीलाई औषधि सेवन गर्न दिइन्छ । पुरा पढ्नुहोस्

स्त्री यौनाङ : केही तथ्य

साप्ताहिक संवाददाता , आश्विन ६, २०७६

    योनिमा प्राकृतिक लुब्रिकेन्ट स्क्वालिन विद्यमान हुन्छ । यो लुब्रिकेन्ट सार्क माछामा पनि पाइन्छ ।    योनिको उत्तेजक भाग अर्थात् भंगाकुरमा ८ हजार स्नायु हुन्छन्, जबकि पुरुषको लिंगमा त्यस्ता स्नायु चार हजार मात्र हुन्छन् । पुरा पढ्नुहोस्

यौन रहस्य

साप्ताहिक संवाददाता , आश्विन २, २०७६

लगभग ७० प्रतिशत पुरुष मासिक धर्ममा रहेकी महिलासँग यौनसम्पर्क राख्न रुचाउँदैनन् तर एउटा अध्ययनले के भन्छ भने साधारण यौनसम्पर्कको तुलनामा मासिक धर्मका बेला गरिएको यौनसम्पर्क बढी आनन्ददायक हुन्छ ।  पुरा पढ्नुहोस्

सेतो पानी बग्ने समस्या

डा.बालकृष्ण शाह, आश्विन १, २०७६

पीआईडी भएको अवस्थामा बिशेषगरी तल्लो पेट दुख्ने, ढाड दुख्ने, यौनाङ्ग चिलाउने, मन्द ज्वरो आउने हुन्छ । योनिमार्गबाट सेतो पानी तथा पीप बग्नु वा गन्हाउने पानी आउनु यो रोगको प्रमुख लक्षण हो । पीआईडी भएका महिलाहरूमा मानसिक तनाव पनि हुने गरेको पाइन्छ । कसै–कसैलाई यस्तो अवस्थामा खानामा रुचि नलाग्ने, टाउको दुख्ने आदि हुन सक्छ । पुरा पढ्नुहोस्