रंगमञ्च

थिएटर मलमा १३ कलाकारका चित्र प्रदर्शनी

साप्ताहिक संवाददाता , माघ २, २०७६

कीर्तिपुर रंगमञ्चमा ‘क्यानभास एट थिएटर’ शीर्षकको सामूहिक चित्र प्रदर्शनी सुरु भएको छ । राराहिल कीर्तिपुरस्थित थिएटर मलको नाटकघर परिसरमा समकालीन कलाका युवा कलाकारहरूको सिर्जना प्रदर्शनीमा राखिएको हो । प्रदर्शनीमा इचिङ र पेन्टिङ गरी दुई विधाका ३० वटा चित्रको प्रदर्शनी सुरु भएको हो । पुरा पढ्नुहोस्

कीर्तिपुरको राराहिलमा ढलेको जामुनको रुख

साप्ताहिक संवाददाता , पुस २४, २०७६

सरकारी सचिवालय अगाडि बूढो जामुनको रुख ढलेर एक आम मान्छेलाई थिचेपछि जामुनको रुख नाटक सुरु हुन्छ । थिचिएको मान्छे निकाल्न कसैले जिम्मेवारी लिनुको सट्टा कर्तव्य र मानवीयताबाट भागेकाहरुलाई देखाएर नाटकको कथा अगाडी बढेको छ ।  पुरा पढ्नुहोस्

सर्वनाम थिएटरमा ‘ऋतु चर्या’ मञ्चन सुरु

साप्ताहिक संवाददाता , पुस २२, २०७६

ऋतुहरूमा हुने मौसमी परिवर्तनलाई युवाहरूको मनोभाव र भोगाइसँग जोडेर नाटकमा देखाउन खोजिएको छ । ऋतुहरूमा जसरी परिवर्तन आउँछ, युवामा पनि त्यसरी परिवर्तन आउने र त्यसलाई सामान्य तरिकाबाट सुधार्न सकिने नाटकको सन्देश रहेको छ । पुरा पढ्नुहोस्

शैलीमा विवाहको प्रस्ताव

साप्ताहिक संवाददाता , पुस १५, २०७६

१ घण्टा १५ मिनेटको यो नाटकले बिहेसँग जोडिएको सरल कथावस्तुलाई हास्यास्पद रुपमा प्रस्तुत गरिएको छ । नाटकमा ७० वर्षीया स्टिपान स्टेपानोभिजको छोरी नतालियासँग ३५ वर्षीय छिमेकी इभान भ्यासिलिचको बिहे प्रस्तावमा केन्द्रित छ ।  पुरा पढ्नुहोस्

गुरुकुलमा छिाडीभरिको आकाश

साप्ताहिक संवाददाता , पुस ९, २०७६

विराटनगरस्थित आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा ‘छिाडीभरिको आकाश’ नाटक मञ्चन भैरहेको छ । २ सय २५ सिट क्षमताको उक्त नाटक घरमा दर्शकको चाप बढेपछि गुन्द्रिमा दर्शक राखेर नाटक मञ्चन गरिएको आयोजकको भनाई छ । नाटक हेर्नका दैनिक २ सय ६० दर्शक जाने गरेको बताइएको छ ।  पुरा पढ्नुहोस्

‘मार्क्स  फर्किए’ मञ्चन 

साप्ताहिक संवाददाता , पुस २, २०७६

नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा नाटक ‘मार्क्स फर्किए’ मञ्चन भैरहेको छ । मार्क्सले १४० वर्ष अघि बिताएको जीवनको आधारमा ‘मार्क्स फर्किए’ तयार पारिएको हो । कार्ल मार्क्सको द्विशत वार्षिकी समारोह समिति र नेपाल अध्ययन केन्द्रको आयोजनामा मंगलबारबाट मञ्चन सुरु भएको यो नटक भोलि बिहिबारसम्म प्रदर्शन हुने छ । पुरा पढ्नुहोस्

भारतमा नेपाली बाल नाटक मञ्चन 

साप्ताहिक संवाददाता , मंसिर २६, २०७६

नेपाली बालनाटक ’करेसा कन्सर्ट’ को पहिलो मञ्चन भारतको ’कोलकता अन्तर्राष्ट्रिय बालनाटक महोत्सव’मा भएको छ । कोलकतास्थित भारत सरकारको इन्टर्न जोनल कल्चरल सेन्टरको पूर्वसी अडोटोरियममा विभिन्न देशको बालबालिका लक्षित गरी बनाइएको नाटकसँगै नेपाली नाटक पनि मञ्चन भएको हो । पुरा पढ्नुहोस्

झोराहाटमा मालिनी

साप्ताहिक संवाददाता , मंसिर २३, २०७६

मोरङको झोराहाट नाटकघरमा मालिनी नाटक मञ्चन भैरहेको छ । यो नाटक हेर्ने दर्शकको भिड बढ्दै गएको नाट्य समुहले जनाएको छ । साहित्यकार रविन्द्रनाथ टेगोरको चर्चित नाटक हो मालिनी । नेचुरल्ली दीपकले नेपालीमा अनुवाद गरेको मालिनी मंसिर १४ गतेदेखि मञ्चन भइरहेको छ । पुरा पढ्नुहोस्

रंग महोत्सवमा दुई नेपाली नाटक

साप्ताहिक संवाददाता , मंसिर १९, २०७६

भारतको नयाँ दिल्लीमा अर्को महिना आयोजना हुने भारत रंग महोत्सव थिएटर फेस्टिबल–२०२० मा दुई नेपाली नाटक मञ्चन हुने भएका छन् । सुशीला आर्ट्स एकेडेमीले उत्पादन गरेको नाटक ‘कुमारी एन्ड द बिस्ट’ तथा मण्डला थिएटरको नाटक ‘महाभोज’ उक्त महोत्सवमा मञ्चन हुनका लागि छनोट भएका हुन् ।  पुरा पढ्नुहोस्

फोरममा कल्पना र उर्मिला दु:खमा छन्

साप्ताहिक संवाददाता , कार्तिक २४, २०७६

नाटक ‘कल्पना र उर्मिला दु:खमा छन्’ मा विवाह गरेको केही महिनामै बिदेसिएका हर्कबहादुर दुई वर्षसम्म नफर्कंदा उनकी श्रीमती कल्पना गाउँमा कसरी बसेकी छिन् ? अभावमा बाँचेकी कल्पनालाई खाना, नाना र बस्ने घरले मात्र पुग्छ कि उनलाई लोग्ने पनि चाहिन्छ ? विदेशमा दु:ख खेपिरहेका हर्कलाई आफ्नो गाउँ, बाबुआमा र श्रीमती छोडेर वर्षौं टाढा बस्दा कस्तो भैरहेको होला ? पुरा पढ्नुहोस्

दलित उत्पीडनमा महाभोज

साप्ताहिक संवाददाता , आश्विन १०, २०७६

मृत्यु आफैंमा पीडादायक क्षण हो । कसैको शंकास्पद मृत्यु भए त्यसले परिवार एवं छिमेकीलाई दिने पीडा र त्रास अझ डरलाग्दो हुन्छ । न्यायको पर्खाइमा बस्ने परिवार तथा मृतकले न्याय पाउनुपर्छ भन्ने आवाज उठाउनेहरूलाई मानसिक त्रास पनि उत्तिकै हुन्छ । समाजमा घटिरहने यस्ता घटनामा विशेषत: राजनैतिक नेतृत्वको आँखा परे त्यसको फाइदा उनीहरूले कतिसम्म लिन सक्छन् ? पुरा पढ्नुहोस्