केवल एक प्रश्न

एसएलसी दिँदाको  रमाइलो अनुभव के छ ?

साप्ताहिक संवाददाता , चैत्र ७, २०७६

मेरो शरीरभरि चिटको कलेक्सन थियो त्यसैले मलाई शंका गरेर गार्डले पूरै चेकिङ गर्नु भएको थियो । तैपनि केही भेट्नु भएन र छाडिदिनुभयो । तर, पछि चिट सार्दै गर्दा पक्राउ परियो । ‘मैले तलाई माने, लु छिट्टो सार’ भनेर छाडिदिनुभयो । पुरा पढ्नुहोस्

कोरोना भाइरसबाट बच्न के उपाय अपनाउनु भएको छ ? 

साप्ताहिक संवाददाता , फाल्गुन ३०, २०७६

हात सफा गर्नलाई ह्याण्ड सेनिटाइजरको नियमित प्रयोग गरिरहेको छु । सकेसम्म घरकै खाना खाइरहेको छु । कार्यक्रमहरूमा निकै कम सहभागिता जनाइरहेको छु ।  पुरा पढ्नुहोस्

होली कोसँग खेल्न चाहनुहुन्छ ? 

साप्ताहिक संवाददाता , फाल्गुन २५, २०७६

म यसपालिको होली नेपालको प्रधानमन्त्रीसँग खेल्न चाहन्छु । किनकि उहाँले यो देशलाई नयाँ ठूलो योगदान दिनुभएको छ । देशलाई नयाँ दिशातर्फ लाँदै हुनुहुन्छ । त्यही भएर उहाँसँग यो उत्सव मनाउन चाहन्छु । पुरा पढ्नुहोस्

तपाईंलाई कोसँग सेल्फी खिच्न मन छ ?

साप्ताहिक संवाददाता , फाल्गुन १६, २०७६

गायिका विष्णु माझीसँग सेल्फी खिच्न मन छ । किनभने सार्वजनिक ठाउँमा उहाँको उपस्थिति दुर्लभ छ । साथै उहाँ मीठो स्वरकी धनी पनि हुनुहुन्छ । पुरा पढ्नुहोस्

शिवरात्रिमा गाँजा खाएको अनुभव छ ?

साप्ताहिक संवाददाता , फाल्गुन ९, २०७६

जीवनमा हरेक चिजको अनुभव लिनुपर्छ भन्ने लाग्छ । गाँजा खाएको अनुभव पनि राम्रै छ । जब गाँजा तानें, त्यसको एकै छिनपछि त संसार नै अर्को लागेर आयो । अरू साथीहरू बोल्छन्, आफूलाई बोल्नै मन नलाग्ने । सुन्यो, टाउको हल्लायो । सायद मलाई गाँजा धेरै लागेर होला । यो माया, मोह, धन, सम्पत्ति भन्ने केही होइन रहेछ भन्ने लागेर आउँदो रहेछ । पुरा पढ्नुहोस्

भ्यालेन्टाइन डे कसरी मनाउँदै हुनुहुन्छ ? 

साप्ताहिक संवाददाता , फाल्गुन २, २०७६

प्रेम अभिव्यक्त गर्नका लागि स्पेसल दिन नै कुर्नुपर्छ भन्ने मलाई लाग्दैन । माया हरपल, हर प्रहर, हर परिस्थितिमा प्रस्तुत गर्न सकिन्छ । माया र विश्वासमै यो संसार चलेको छ । मचाहिँ मम्मी, आफ्ना, आफन्तसँंग सधैं मायामा रमाइरहेको हुन्छु । त्यसैले भ्यालेन्टाइन डेको कुनै विशेष योजना छैन ।  पुरा पढ्नुहोस्

सीमा नाकामा पुस्तक रोकिनुलाई  तपाईं के भन्नुहुन्छ ?

साप्ताहिक संवाददाता , माघ २५, २०७६

सुन्दा पनि लाज लाग्ने कुरा हो यो । सीमा नाकामा पुस्तक रोकिएको घटनाबाट हामी राज्यसत्ताले देशको शिक्षालाई कसरी लिएको छ भन्ने प्रस्ट बुझ्न सक्छौं । करको दर र दायरा खुकुलो बनाएर पुस्तकको सहज आयात हुनुपर्छ । सीमामा रोकिनुपर्ने त मदिरा हो । ड्रग्स हो । अवैध मालसामान हो । पुरा पढ्नुहोस्

नयाँ सभामुखलाई  तपाईंको सुझाव के छ ? 

साप्ताहिक संवाददाता , माघ १७, २०७६

सभामुख बन्नुभएकोमा हार्दिक बधाई । सम्पूर्ण राजनीतिक दलहरूलाई एकतामा ल्याएर नेपालको अन्योलपूर्ण राजनीतिक अवस्थालाई सुधार ल्याउने काम गर्नुहोला । पार्टीहितभन्दा पनि देशहितका विषयवस्तुलाई प्राथमिकता दिई सोहीअनुसार सदन अघि बढाउनुहोला ।  पुरा पढ्नुहोस्

सामाजिक सञ्जाल नियन्त्रण गर्ने  विधेयक लागू भयो भने के होला ? 

साप्ताहिक संवाददाता , माघ १०, २०७६

एउटा शीर्षक राखेर अर्कै समाचार बनाउने र मान्छेको चरित्र हत्या गर्नेहरूको रोजिरोटी बन्द हुन्छ । यो राम्रो कुरा हो, तर सरकारका गलत कामहरूको व्यङ्ग्यात्मक प्रस्तुतिले खबरदारी गर्नसमेत पो लाग्ने हो कि ? तर, सामाजिक सञ्जाललाई नियमनचाहिँ गर्नैपर्छ ।  पुरा पढ्नुहोस्

तपाईंले पछिल्लो समय हेरेको चलचित्र कुन हो ? कस्तो लाग्यो ? 

साप्ताहिक संवाददाता , माघ ५, २०७६

एउटा आर्टिकल लेख्नुपर्ने भएकाले जापानिज भाषाको ‘मानोगातरी’ हेरेको थिएँ, जुन हामीमध्ये धेरैले अत्यन्तै कम हेरेको चलचित्र हो । यो चलचित्र सन् १९८७ मा बफादार कुकुर हाचीको माथि बनेको थियो । पछि यसैको अंग्रेजी भर्सन सन् २००९ मा ‘हाची अ डग्स टेल’ बन्यो । हाचीको मानोगातरीले मालिकप्रतिको प्रेम, बफादारिता र अनन्त पर्खाइको पीडादायक कथा बोल्छ । पुरा पढ्नुहोस्

अहिलेसम्म हिउँ खेल्न  कहाँसम्म पुग्नुभएको छ  ?

साप्ताहिक संवाददाता , पुस २५, २०७६

हिउँ खेल्ने चिज होइन, यो त हेर्ने चिज हो । हिउँ हेर्नका लागि चाहिँ सगरमाथाको फेदीदेखि माछापुच्छ्रे, कञ्चनजंघासम्म पुगेको छु । एकपटक हिउँ खेल्दा गर्दनबाट हिउँको डल्लो छिरेर तल जुत्ताबाट निस्किएको थियो, त्यसैले मलाई हिउँ खेल्न मनै लाग्दैन, बरु हेर्न मन लाग्छ । फेरि हिउँ खेलेर चिसोमा कुनै पदक पाइने पनि होइन । पुरा पढ्नुहोस्