परिकार

कुन चीजको कुन भाग मीठो ?

साप्ताहिक संवाददाता , आश्विन १९, २०७६

मासुबाट बनेका परिकार मांसाहारीहरूलाई सबैभन्दा मीठो लाग्ने खानेकुरा हुन् भन्दा फरक नपर्ला । कुन जीवको मासु कसलाई बढी मनपर्छ भन्ने कुरा भने व्यक्तिको रुचि अनुसार फरक–फरक हुन्छ । मासु खान रुचाउने मानिसहरूमध्ये पनि केको मासु, कुन भागको मासु तथा कुन परिकार भन्ने कुरामा पनि भिन्न–भिन्न रुचि हुन्छन् ।  पुरा पढ्नुहोस्

मासुका घरेलु स्वाद

साप्ताहिक संवाददाता , आश्विन १८, २०७६

दसैंका अवसरमा अधिकांश नेपालीको घरमा खसीका विभिन्न परिकार पाक्छ । दसैं मनाउने र नमनाउने दुवै थरीले यो अवसरमा विभिन्न किसिमका परिकार खान्छन् । कुनै पनि परिकार बनाउनुअघि त्यसका बारेमा सामान्य जानकारी राख्नैपर्छ भने यस्ता परिकार बनाउँदा स्वास्थ्यको पनि विशेष ख्याल राख्नुपर्छ । खसीको मासु खान एक वर्षदेखि डेढ वर्षको खसीको मासु राम्रो मानिन्छ । पुरा पढ्नुहोस्

घरमै बनाउनुहोस् होलीका परिकार

साप्ताहिक संवाददाता , चैत्र ६, २०७५

खसीको हड्डी, छाला तथा बोसो नभएको मासुलाई स–साना टुक्रा पारेर प्रेसर कुकरमा उसिल्ने । उसिनेको मासुलाई फानी तर्काएर राख्ने । अर्को कराहीमा तताइएको तेलमा सुकेको रायोको गेडा, ल्वाङ, अदुवाको टुक्रा, खुर्सानी तथा लसुनको टुत्रा हालेर पकाउने । पुरा पढ्नुहोस्

घरमै बनाउनुहोस् होलीका परिकार

साप्ताहिक संवाददाता , चैत्र ५, २०७५

चिकेन ललिपप बालबालिकादेखि ठूलासम्म सबैलाई मनपर्ने परिकार हो । होलीमा यो परिकार बनाएर खाने हो भने नयाँ किसिमको स्वाद पाइन्छ । यो परिकार बनाउन कुखुराको सग्लो फिला (लेग पिस) को छाला झिक्ने र मसला पस्ने गरी बीच–बीचमा चिर्ने । चिरेको भागमा कागतीको रस, खुर्सानीको धुलो, नुन तथा जिरा–धनियाँको धुलो हालेर मोल्ने । पुरा पढ्नुहोस्

हिउँका परिकारहरु

साप्ताहिक संवाददाता , माघ २१, २०७५

हिउँबाट विभिन्न परिकार पनि तयार पारिन्छ । शुद्ध पानी पिउन योग्य भएझैं हिउँ पनि शुद्ध मानिन्छ । हिउँबाट खासगरी आईसक्रिमका बिभिन्न आइटम बनाइन्छ ।  पुरा पढ्नुहोस्

म:म ब्रान्ड

संयोजन : जनक तिमिल्सिना, मंसिर २१, २०७५

म:म पसलका रूपमा कालिकास्थान र कमलपोखरीको एभरेस्ट म:म सर्वाधिक चर्चित छ । जिब्रो लठ्याउने खालको सुपकै कारण एभरेष्ट म:म ब्रान्डका रूपमा विकसित भएको हो । सुरुमा कालिकास्थानस्थित यो म:मपछि कमलपोखरीमा पनि खुलेको हो । पुरा पढ्नुहोस्

आहा ! म:म

संयोजन : जनक तिमिल्सिना, मंसिर १७, २०७५

नेपालका ९० प्रतिशतभन्दा बढी रेस्टुराँ, क्याफे तथा होटलका मेनुमा म:मले ठाउँ पाएको छ । तारे होटलदेखि ठूला रेस्टुराँहरूमा मात्र होइन, सामान्य खाजा पसलहरूसम्म म:म पाकेकै हुन्छ । नेपाली बजारमा थरीथरीका मूल्य, स्वाद तथा स्वरूपका म:म उपलब्ध छन् । पुरा पढ्नुहोस्

मलेखुका स्वादिष्ट माछा

हरिहरसिंह राठौर, मंसिर ३, २०७५

जाडो मौसममा माछा खानु स्वास्थ्यका दृष्टिले समेत उपयोगी मानिने र स्थानीय स्तरमा उत्पादित माछाका साथै त्रिशूली नदीमा जाल हानेर निकालिएका लोकल माछा पाइने हुनाले मलेखु क्षेत्रमा माछा खान आउनेहरूको चहल पहल बाक्लिन्छ । पुरा पढ्नुहोस्

किन खाइन्छ मिठाई ?

साप्ताहिक संवाददाता , कार्तिक २०, २०७५

इशापूर्व ४ सय देखि ६ सय वर्ष अघिसम्म मानिसका लागि गुलियो खानाको स्रोत भनेकै प्राकृतिक रूपमा प्राप्त गुलिया फलफूल अथवा मह नै मानिन्थ्यो । पछि भारतीय उपमहाद्वीपमा उखुको गुण पत्ता लागेपछि उखु र उखुको रस नै गुलियोको स्रोत हुन पुग्यो । भारत हुँदै इरान पुगेको उखुले इरानमा व्यापक रूपमा परिष्कृत हुने मौका पायो । पुरा पढ्नुहोस्

केही प्रसिद्ध मिठाई

साप्ताहिक संवाददाता , कार्तिक १८, २०७५

दक्षिण एसियामै सर्वाधिक लोकप्रिय मानिने जलेवी पनि मूल रूपमा भारतीय मिठाई होइन । यो मिठाईको पहिलो प्रयोग इरान तथा टर्कीमा भएको थियो । यो मिठाई पनि मुस्लिम आक्रमणकारीहरूले नै भारत भित्र्याएका हुन् । पुरा पढ्नुहोस्

मटन कबाब

साप्ताहिक संवाददाता , कार्तिक १, २०७५

नेपालमा मटन कबाब चोक्टामा हुन्छ भने भारतमा पकौडा स्टाइलको मटन कबाब तयार पारिन्छ । भारतमा पाइने मटन कबाबलाई कसै–कसैले मटन किमा कबाब पनि भन्छन् । यो परिकार तयार गर्न सबैभन्दा पहिले खसीको मासुको किमा बनाउने । पुरा पढ्नुहोस्