करियर

सरकारी अधिकृत छाडेर सेयर मार्केटमा 

साप्ताहिक संवाददाता , भाद्र २९, २०७६

विभिन्न क्षेत्रमा असफल भएर दिक्दार भएका कतिपय व्यक्ति सेयर बजारमा लगानी गरेर रातारात करोडपति बन्न पुगेका छन् । यसको गतिलो उदाहरण हुन्— अम्बिकाप्रसाद पौडेल । उनी हाल हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडको प्रबन्ध निर्देशक छन् । पुरा पढ्नुहोस्

नयाँ विषय र त्यसको तयारी

एकराज सुवेदी, श्रावण २६, २०७६

विद्यार्थीले पढ्नुपर्ने बाध्यता पनि छ र पढ्नकै लागि पनि कठिन अवस्था पार गर्नुपर्ने अवस्था समेत छ । यो समय उनीहरूका लागि अन्यौलको समय हो । कतिपय विद्यार्थीले कुन विषय कुन कलेजमा पढ्ने भन्ने कुरा निश्चित गरिसकेका छन् भने कतिपय विद्यार्थीका लागि यो काम अझै बाँकी नै छ ।  पुरा पढ्नुहोस्

छोटो अवधिको प्राविधिक कोर्स

युवराज गौतम, श्रावण १२, २०७६

परीक्षा बोर्डले यो वर्ष सार्वजनिक गरेको नतिजाअनुसार परीक्षामा सहभागी ४ लाख ७५ हजार विद्यार्थीमध्ये १७ हजार ५ सय ८० जनाले मात्र ३ दशमलव ६ देखि ४ जीपीए प्राप्त गरेका छन् । यी विद्यार्थीहरूका लागि नेपालमा पढाई हुने जुनसुकै स्तरका कोर्स पढ्न समस्या छैन । त्योभन्दा कम ग्रेड ल्याएका विद्यार्थीले आफ्नो लक्ष्य अनुसार कोर्स छनौट गर्न नपाउने संभावना छ । पुरा पढ्नुहोस्

प्राविधिक शिक्षाको ढोका ग्रेडले छेक्दैन

युवराज गौतम, श्रावण ७, २०७६

राष्ट्रिय परीक्षा बोर्ड तथा स्थानीय सरकारको अनुमतिमा संचालित अन्य प्राविधिक कोर्सहरू पढ्न पनि कुनै बन्देज छैन । राष्ट्रिय परीक्षा बोर्डका सूचना अधिकारी नारायण पोखरेलका अनुसार प्राविधिक कोर्स पढ्न एसईईको नतिजा बाधक बन्दैन तर ग्रेडिङमा चित्त नबुझे रिग्रेडका लागि पुनः परीक्षा दिने अवसर पाइन्छ । पुरा पढ्नुहोस्

फराकिलो बन्दै प्राविधिक शिक्षा

युवराज गौतम, असार ३१, २०७६

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्ले हालसम्म प्राविधिक एसएलसी तह र तीनवर्षे डिप्लोमा/प्रमाणपत्र तहका कोर्सहरू सञ्चालन गरेको छ । भर्नाका लागि छनौट हुन अंग्रेजी, विज्ञान, गणित, स्वास्थ्यजस्ता विषयमा केन्द्रित रहेर प्रवेश परीक्षा दिनुपर्छ । प्रवेश परीक्षामा सामेल भएर प्रतिस्पर्धाका आधारमा तोकिएको कोटामा विद्यार्थी छनौट गरिन्छ । पुरा पढ्नुहोस्

नयाँ गन्तव्यतिरको यात्रा

एकराज सुवेदी, असार २६, २०७६

एसईई परिणाम नआउँदै काठमाडौं उपत्यकाका केही कलेजले विद्यार्थीलाई एडभान्स कोर्सको नाममा भर्ना गरिसकेका छन् । विद्यार्थीले यो समयमा कुनै एक कलेजमा मात्र सीमित भएर जानकारी लिनुभन्दा उच्च शिक्षाका लागि उपयुक्त विषय छनौटमा विविधता अपनाउन सक्नुपर्छ । त्यस्तै जतिसक्दो धेरै कलेजका बारेमा जानकारी लिन सक्नुपर्छ । पुरा पढ्नुहोस्

विद्यार्थीको भविष्यमा अभिभावकको भूमिका 

लक्ष्मी भण्डारी, असार २५, २०७६

हरेक आमाबाबुका लागि सन्तानको शिक्षादीक्षा सबैभन्दा ठूलो चिन्ताको विषय हुन्छ । कहाँ पढाउने ? कस्ता शैक्षिक संस्था राम्रा हुन्छन् ? कस्तो वातावरणमा सन्तानले आफूलाई अब्बल प्रमाणित गर्न सक्छन् ? यी र यस्ता विविध प्रश्न आमाबाबुमा उब्जिइरहेको हुन्छ । पुरा पढ्नुहोस्

कस्ता कलेज रोज्ने  ?

लक्ष्मी भण्डारी, असार २४, २०७६

पहिलो कुरा आफू कुन विषयमा अब्बल छ सोही अनुसारको कलेज हेर्नुपर्छ । विभिन्न टेक्निकल कलेजहरू छन्, आफू जेमा सक्षम हो सोही विषयमा दक्षता हासिल गर्न सकिने शैक्षिक संस्था छान्नुपर्छ । ठूला र आकर्षक सुविधाले मात्र कलेज राम्रो हुन्छ भन्ने लाग्दैन । मुख्यत व्यवहारिक ज्ञान, सीप र संस्कार सिकाउन सक्ने शैक्षिक संस्था नै राम्रा हुन । पुरा पढ्नुहोस्

ओमेगा : उच्च शिक्षामा उत्कृष्ट

साप्ताहिक संवाददाता , असार २२, २०७६

शैक्षिक संस्थालाई मापन गर्ने एउटा महत्त्वपूर्ण कसी नतिजा हो । यसलाई दुई ढङ्गले केलाउन सकिन्छ । वार्षिक परीक्षाको नतिजा र  +२ पछिको अध्ययनमा विद्यार्थीले मेडिकल, इन्जिनियरिङ, सीए, कृषि विज्ञान आदिमा हासिल गरेको छात्रवृत्ति । यी दुवैमा ओमेगाको अवस्था उच्च र सुदृढ छ ।  पुरा पढ्नुहोस्

खाली समयको सदुपयोग

राजाराम पौडेल, वैशाख १५, २०७६

यहाँ बालबालिकाले आफूमा अन्तर्निहित प्रतिभा बाहिर ल्याउने प्रयास गरे । स्कुल बिदाको समय त्यसै खेर नजाओस् भनेर उक्त तालिमको आयोजना गरिएको हो । अन्य समयमा स्कुलको पाठ्यवस्तुमा सीमित हुँदै आफ्ना रहर र आफूमा अन्तर्निहित क्षमता बाहिर ल्याउन नपाएकाहरू उत्साहपूर्वक प्रशिक्षणमा सहभागी भए । पुरा पढ्नुहोस्

कस्तो बायोडाटा राम्रो ?

साप्ताहिक संवाददाता , माघ १७, २०७५

जागिरका लागि व्यक्तिगत विवरण (बायोडाटा) अनिवार्य हुन्छ । बायोडाटा बनाउनुअघि कस्तो कम्पनीले कस्तो बायोडाटा भएका कर्मचारी खोजेका छन् पहिल्याउन सक्नुपर्छ र सोही अनुसार बायोडाटा तयार गर्नुपर्छ । रोजगारीको पहिलो पाइलाका रूपमा रहेको बायोडाटा आकर्षक बनाइए रोजगारी प्राप्त गर्न सहज हुन्छ ।  पुरा पढ्नुहोस्