यात्रा सन्दर्भ

रंगमण्डल–२

किशोर नेपाल, भाद्र ३, २०७६

हेड ड्राइभर मरेको दुई–चार दिनपछि घरमा यौटा देख्दै घिनलाग्दो आकृति भएको मानिस मोहिनीको पोइ बनेर आयो– दोस्रो पोइ मोहनीको । मोहिनी भन्छे, ‘पोइ मेरो शरीरका लागि चाहिएको होइन, यो ठाउँको सुरक्षाका लागि चाहिएको हो । लोग्नेमान्छे भएको घरमा हम्मेसि पुलिस पसिहाल्दैन । पसे पनि ऊसँगको सम्बन्ध सुमधुर हुन्छ । कसैले होहल्ला र लुटपाट गर्ने आँट गर्दैन ।”  पुरा पढ्नुहोस्

रंगमण्डल–एक

किशोर नेपाल, श्रावण २५, २०७६

नचिनेर के भो त ? यो रंगमण्डल त बन्यो । इतिहासले धेरै युग बिताइसक्यो । मानदेव, शिवदेव, अंशु बर्मा, जयस्थिति मल्ल, जयप्रकाश मल्ल, रणजित मल्ल विस्तारै विस्थापित हुन, विस्मृत हुन, हराउन थालेका छन् । इतिहासका पुराना पात्रहरूको सट्टा वर्तमान स्वयं नै एउटा उपन्यास र इतिहास बनेर अघि सर्दैछ । भीममल्लको रगतको छिटा दन्त्यकथा मात्र हो । पुरा पढ्नुहोस्

वानादेखि बानथाइसम्म

किशोर नेपाल, श्रावण १४, २०७६

एसियाका भोजन (फुड) उत्पादकमध्येबाट ‘सिइओ अफ दि इयर–२०१८’ को उपाधि जितेका गणेश ढकालले आफ्नो भाग्यको रेखा आफैं कोरे । अहिले उनी आफ्नो व्यापार प्रवर्द्धन गर्ने मनस्थितिमा छन् । अब उनी ठिमीमा थाई शैलीको रिजोर्ट खोल्दैछन् । उक्त रिजोर्टलाई नेपालीका लागि आनन्ददायक स्थान बनाउने उनको योजना छ ।  पुरा पढ्नुहोस्

भीमबहादुर दाइ : एक शब्दचित्र

किशोर नेपाल, श्रावण १, २०७६

भीमबहादुर दाइको निजी जीवनका बारेमा थाहा पाउनैपर्ने त्यस्तो खास कुरा केही थिएन । एउटा सरल र सहज जीवन, जसका आवश्यकताहरू अत्यन्त सीमित थिए, सम्पत्तिको नाममा जोसँग देखाउनु र लुकाउनुपर्ने केही थिएन, जसका आशक्तिहरू थिएनन् र जसको कुनै पनि खराब आदत थिएन । पुरा पढ्नुहोस्

गलामा गलबन्दी

किशोर नेपाल, असार २६, २०७६

गलबन्दीको सन्दर्भमा चाहिं ‘सिनियर’ शम्भु राईले ‘जुनियर’ प्रकाश सपूतलाई थकाएर छाडे । सिनियरसँग सम्झौता भएको भोलिपल्ट उनले बताए, ‘यो विवाद मेरा लागि अनावश्यक तनावका रूपमा आयो । बितेका केही दिन मैले केही गर्न सकिनँ । कुनै सिर्जनामा ध्यान गएन । अहिले पो थाहा भयो कानुन त आफैं कन्फ्युज रहेछ । यहाँ त कोही सर्जक सुरक्षित रहेनछन् । पुरा पढ्नुहोस्

सहरमा मनसुन पसेपछि

किशोर नेपाल, असार १९, २०७६

भनसुन र मनसुनको कुनै सम्बन्ध छ जस्तो लाग्दैन । भनसुन स्थायी क्रिया हो भने मनसुन सर्वनाम । सर्वनाम भनेर थिएटरको कुरा उठाएको होइन । मनसुनमा थिएटरको बिजनेस पनि सार्‍है जाग्छ । के हुन्छ ? थाहा छ ? छाता धेरै बिक्छ, तर होइन, बिक्दैन । पोहोर आधा पनि बिकेन । अचेल मानिसहरू भिजेर, रुझेर हिंड्न रुचाउँछन् तर छाता बोक्न चाहँदैनन् । छाता ओढ्ने रहर कसैमा देखिँदैन । मानौं छाता नभएर डायबिटिजको ओखती हो । पुरा पढ्नुहोस्

मनहरूको कथा

किशोर नेपाल, असार १४, २०७६

गाउँलेहरूले एउटा बाटो खनेका छन् । त्यसलाई छिमेकीले अपग्रेड गरिदिएको छ । पहिरो गैरहेका छन् । सँगसँगै मोटर र मोटरसाइकिलहरू पनि दगुरिरहेका छन् । नेताहरूले बाटोलाई कुनै एउटा दिवंगत नेताको नामले सजाएका छन् । नेताहरूमा त एउटा बाटो बनाउन सक्ने क्षमता पनि देख्न पाएन मनले । पुरा पढ्नुहोस्

झ्याल नभएको उपत्यका

किशोर नेपाल, असार ४, २०७६

कान्तिपुर फूर्तिलो छ, जोशिलो छ । त्यसैले त रन्जन यहाँ आएका हुन् । यहाँ उनी पनि जमे र उनको सांगीतिक ब्याण्ड जिरो माइल पनि जम्यो । उनी स्वर श्रष्टा हुन् । अडियो तयार गर्छन् । विज्ञापन सामग्री तयार गर्छन् । जिंगलहरू तयार गर्छन् । कान्तिपुर टेलिभिजनको लोगो तथा समाचार संगीत उनैले तयार गरेका हुन् । वृत्तचित्र राम्रो बनाउँछन । पुरा पढ्नुहोस्

भण्डारखालको नियति

किशोर नेपाल, जेष्ठ ३२, २०७६

एकातिर ईश्वरको स्वामित्वमा रहेका जग्गा निजी स्वामित्वमा दर्ता हुने अभियान चलिरहेको छ भने अर्कातिर सरकारकै स्वामित्वमा रहेको जग्गामा सरकारको हकदावी नलाग्ने वातावरण बन्दै गएको छ । डेढ दशकअघि हत्या गरिएका राजा वीरेन्द्रको सम्पत्तिको जगेर्ना गर्न नेपाल सरकारले स्थापना गरेको थियो– नेपाल ट्रस्ट । पुरा पढ्नुहोस्

थकाली खानामा नौलो आकर्षण

किशोर नेपाल, जेष्ठ २३, २०७६

कान्तिपुर सहरमा थुप्रै थकाली भान्छाघर खुलेका छन्, तर दाल–भात ख्वाउने सबै भान्छाघर आधिकारिक हिसाबले थकाली हुँदैनन् । आधिकारिक थकाली खाना र खाजा ख्वाउने भान्छाघर थोरै छन् कान्तिपुरमा ।  पुरा पढ्नुहोस्

खुम्चिँदै गएको हाम्रो सहर

किशोर नेपाल, जेष्ठ १६, २०७६

कान्तिपुर सहरको इतिहास उज्ज्वल थियो । वर्तमान अलिकति खजमजिएजस्तो देखिए पनि सहर अँध्यारो नै भैसकेको छैन । हो, समय जटिल भएको छ । देशको राजनीति राष्ट्रिय एजेन्डाको शीर्षस्थानमा छ, तर यसले आमूल परिवर्तनका लागि, छिटो विकासका लागि, जनताको हितका लागि कुनै प्रभावकारी काम गर्न सकेको छैन । विकासका चर्का नाराहरू सुनिएका छन् । पुरा पढ्नुहोस्