सन्दर्भ

समाजका चित्रहरू

अधिकारी रवीन्द्र, श्रावण २६, २०७६

राजनीति भनेको राष्ट्रसुधारको मूल ट्याङ्ढी हो । जब ट्याङ्ढी नै फोहोर हुन्छ भने त्यसबाट आउने पानी प्रदूषित हुनु अस्वाभाविक होइन । त्यो पानी भनेको शिक्षा, स्वास्थ्य, सुरक्षा, कृषि, भौतिक योजना, विकास आदि सबै हुन् । तसर्थ सबैभन्दा पहिलो कुरा ट्याङ्ढी बनाउन गतिलो सामग्री चय गर्नुपर्‍यो । दूषित, नक्कली र जाली सामग्री प्रयोग गरेपछि ट्याङ्ढी गतिलो हुँदैन र त्यसबाट आउने पानीले रोग फैलाएरै छाड्छ । पुरा पढ्नुहोस्

सफलताको सूत्र 

साप्ताहिक संवाददाता , श्रावण १७, २०७६

सफल हुन एक्स्ट्रा अर्डिनरी हुनु पर्दैन, पृथक् भैदिए पुग्छ । एक्स्ट्रा अर्डिनरी जो–कोही हुन सक्दैन, तर हरकोही मानिस अर्को मानिसभन्दा फरक त हुन्छ नै । सबै मानिसमा सफल हुन सक्ने गुण विद्यमान हुन्छ, मात्र खुट्ट्याउन सक्नुपर्छ ।  पुरा पढ्नुहोस्

अचम्मको चिनाजानी

अधिकारी रवीन्द्र, श्रावण ४, २०७६

जीवनमा धेरै उतारचढाव आयो । कसैबाट सुनेथेँ, उनका लागि बितेका वर्षहरू त्यति राम्रा रहेनन् । करिब १२–१३ वर्षपछि उनी एक दिन कामविशेषले म काम गर्ने अफिसमा आए । म भएको ठाउँमा आएर सिधै भने– कति पैसा दियो भने यो जागिर पक्का हुन्छ ? मेरी वाइफलाई लगाउनुपर्‍यो । श्रीमतीका लागि जागिरको आवेदन दिन आएका रहेछन् । पुरा पढ्नुहोस्

महिला र पुरुष समान होइनन्

अधिकारी रवीन्द्र, असार १२, २०७६

अब सेक्स वा यौनिकता (प्राकृतिक लिंग) र जेन्डर वा लैंगिकता (सामाजिक लिंग) का बारेमा छोटो बहस गरौं । जन्मदा हामी महिला वा पुरुष भएर जन्मियौँ, त्यो हाम्रो सेक्स हो । यसले आधारभूत अंग–प्रत्यंगको भिन्नता दर्साउँछ ।  पुरा पढ्नुहोस्

काठमाडौं जिन्दगी

अधिकारी रवीन्द्र, जेष्ठ ३०, २०७६

विदेश जाँदै नजाने मजस्ता अक्कडेहरूले एउटा खुट्टा उचालेरै काठमाडौंलाई झेलेका छन्, जसलाई भित्रैदेखि काठमाडौं बस्न मन छैन र यो ठाउँ छोड्न हरसम्भव प्रयास गर्दा पनि केही उपाय नलागेकाहरूको पनि एउटा खुट्टा उचालिएकै छन् । यहाँ घर बनाएर जहान–परिवार पाल्न सक्ने दूरदूरसम्म सम्भावना छैन, अनि दुर्दशापूर्ण कोठे जिन्दगी जीवनपर्यन्त भोग्न सकिँदैन भन्ने भय पनि छ । पुरा पढ्नुहोस्

जेठ १९ पछि...

अधिकारी रवीन्द्र, जेष्ठ २०, २०७६

शोकले खाना खानै मन लगेन, कसैलाई पनि । जब टिभीमा केश मुण्डन गरेर सडकमा उत्रिएका मानिसहरूको हुल देखाउन थाल्यो, तब गाउँगाउँमा पनि कपाल खौरिने लहर चल्यो । व्रतबन्धपछिको दोस्रो केश मुन्डन थियो त्यो मेरो । प्रायः केटाहरूले फेसनकै रुपमा शिर मुडुलो बनाए । पुरा पढ्नुहोस्

डिजाइनर बेबी

अधिकारी रवीन्द्र, जेष्ठ ९, २०७६

कसैलार्ई सुन्दै अचम्म लाग्न सक्छ के हो यो डिजाइनर बेबी ? डिजाइनर सुट वा डिजाइनर गाउन भनेजस्तै डिजाइनर बेबी भविष्यको त्यस्तो शिशु हो जसलार्ई तपाईंले आफ्नै इच्छाअनुसार डिजाइन गरेर जन्माउन सक्नुहुन्छ ।  पुरा पढ्नुहोस्

डेरा जिन्दगी

अधिकारी रवीन्द्र, जेष्ठ २, २०७६

सम्पूर्ण जिन्दगीहरू ब्रह्माण्डको कुनै कुनामा अवस्थित डेरामा घनघोर मोहजालको गुँड बनाएर यो तेरो र यो मेरो भन्ने भ्रममै जिउँछन्, जुन कुरा ऊ जन्मिनुअघिदेखि नै यो धर्तीमा छ भने त्यो कसरी उसको हुन सक्छ ? उसको आफ्नो भनेका ती कुरा मात्र हुन जुन ‘कथित मेरो भनिने’ चिज/वस्तुलाई उपयोग गरी उसले आफ्नै बनिबुताले सिर्जना गरेको होस् । पुरा पढ्नुहोस्

यात्रुको वर्गीकरण

नवीन दाहाल, वैशाख २९, २०७६

गाडीमा एक किसिमका मानिस भेटिन्छन् जो अरूलाई दुःख होला कि भनेर खुब पिर लिन्छन्, जो अरूबाट जोगिएर उभिएका हुन्छन्, अरूलाई भएको अप्ठ्यारोलाई पनि बुझ्ने प्रयास गर्छन् र कहिलेकाहीं गाडीभित्र उभिएर पनि यात्रु व्यवस्थापनमा सहजीकरण गर्छन् । वृद्धवृद्धा, काखेनानीसँगकी आमा, बिरामी, अशक्त, अपांगहरूप्रति यस्ता मानिसको सहानुभूति हुन्छ । पुरा पढ्नुहोस्

माथि–माथि सैलुड्डेमा...

अधिकारी रवीन्द्र, वैशाख २२, २०७६

सैलुङ्गे पहाडका थुम्काहरूले विशेषतः प्रत्येक वर्ष तीन रङ फेर्छन्– हरियो, सेतो र सुनौलो । यहाँको मुख्य पहाडको उचाइ समुद्री सतहबाट ३ हजार १ सय ५० मिटर छ, जहाँ बौद्ध स्तूप तथा दृशयावलोकनका लागि सेतो भ्यू टावर छ । यही ठाउँमा वरिपरि ढुङ्गाको पर्खालभित्र सैलुङ्गेश्वरी महादेवको आरधनास्थल छ । बौद्ध धर्मावलम्बीहरू उक्त क्षेत्रमा पुर्खाहरूको सम्झनामा दीप प्रज्वलन गर्छन् । पुरा पढ्नुहोस्

दस किसिमका फेसबुक प्रयोगकर्ता 

अधिकारी रवीन्द्र , चैत्र २८, २०७५

भर्खरै बाबु–आमा भएका जोडाजोडीको बेग्लै किसिमका तस्बिर देख्न पाइन्छ फेसबुकमा । डे वानदेखि डे ३६५ सम्मका बच्चाका अपडेट । क्याप्सनमा अनेक थरी लेखे पनि फोटो भने उस्तै पाराको हुन्छ– बच्चा उत्तानो परेर सुतिरहेको । यस्ता चित्रमा आमा बनिसकेका महिलाहरूको वा आमा बन्नै लागेका केटीहरूको बिशेष दिलचस्पी र सो क्युट वाला कमेन्ट देखिन्छ । पुरा पढ्नुहोस्