अवसर

पैसा कमाउने माध्यम : सामाजिक सञ्जाल

एकराज सुवेदी, कार्तिक १६, २०७६

युट्युब एकाउन्टबाटै पैसा समेत आर्जन गर्न सकिन्छ । त्यसका लागि उक्त च्यानल मोनिटाइज हुनुपर्छ । सामाजिक सञ्जालहरूमध्ये अर्को चर्चित सञ्जाल हो– टिकटक । यही टिकटकलाई पनि पैसा आर्जन गर्ने माध्यम बनाउन सकिन्छ । व्यक्तिमा कुनै कला, प्रतिभा छ भने भिडियो बनाएर टिकटकमा राख्न सकिन्छ । यसरी तयार पारिएका भिडियोको लोकप्रियताका आधारमा विभिन्न कम्पनी तथा चलचित्र निर्माताहरूले निश्चित बजेट दिएर आफ्नो कामको प्रचार–प्रसार गर्न सक्छन् । पुरा पढ्नुहोस्

मिष्टर नेपालका लागि खुल्यो आवेदन

साप्ताहिक संवाददाता , कार्तिक ७, २०७६

एक्सपोज नेपालले ‘मिष्टर नेपाल २०१९’को लागि आवेदन खुल्ला गरेको छ । एक बिज्ञप्ती सार्वजनिक गर्दै खुल्ला गरेको आवेदनमा १७ बर्षदेखि ३२ बर्ष ननाघेका युवाहरुले प्रतियोगीतामा सहभागिता जनाउने सक्ने उल्लेख गरिएको छ । प्रतियोगिताको अडिसन कार्तिक २५ देखि धनगढीबाट सुरु हुने पनि बिज्ञाप्तीमा उल्लेख छ । पुरा पढ्नुहोस्

डिभीको आवेदन खुल्यो : पासपोर्ट अनिवार्य

राजाराम पौडेल, कार्तिक ३, २०७६

नि:शुल्क रूपमा डिभी लोटरी चिठ्ठा भरेर विदेश जान पाउने भएपछि डिभी भरेर विदेश जान खोज्नेको लर्को डिभी भर्ने ठाउँमा देखिन्छ । आफैंले घरमै बसेर नि:शुल्क भर्न सक्ने भए पनि डिभी भर्ने ठाउँमै पुगेर रकम तिरेर भर्न उनीहरूलाई संकोच लाग्दैन । किनभने उनीहरूलाई अमेरिका पुग्ने हुटहुटी हुन्छ, तर अहिले डिभी भर्नका लागि पासपोर्ट नम्बर अनिवार्य भएपछि यसतर्फको भीड घट्ने देखिन्छ ।  पुरा पढ्नुहोस्

मिस ग्राण्ड इन्टरनेशनल २०१९ मा नेपालकी निशा

साप्ताहिक संवाददाता , आश्विन १६, २०७६

भेनेजुयलाको काराकासमा आयोजना हुने अन्र्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्राण्ड इन्टरनेशनल २०१९’मा नेपालको प्रतिनिधित्व निशा पाठकले गर्ने भएकी छन् । ९ देखि २६ अक्टोबरसम्म आयोजना हुने प्रतियोगितामा २२ बर्षीया निशा नेपाली कलासंस्कृति सहित प्रतियोगितामा सहभागी हुन लागेकी आयोजकले जनाएको छ ।  पुरा पढ्नुहोस्

एमएस टक इन्डियामा हेयर स्टाइलिस नीलडेभिड कटवाल

साप्ताहिक संवाददाता , आश्विन ६, २०७६

दिल्लीमा आयोजित उक्त कार्यक्रममा नेपालबाट नीलडेभिडलाई मात्र निमन्त्रणा गरिएको थियो । कार्यक्रममा नीलसहित विभिन्न मोटिभेसनल स्पिकरहरुले आफ्नो जीवनका खुड्किलाहरुको बारेमा वर्णन गरेका थिए । दिल्लीको एसके क्राउन पार्क होटलमा आयोजित उक्त कार्यक्तममा नेपालको प्रतिनिधित्व गरेका नीलडेभिड कटवालले आफ्नो जीवनको वास्तविक यात्रालाई प्रारम्भदेखि आजसम्मको सफलतालाई वर्णन गरेका थिए । पुरा पढ्नुहोस्

जुम्ली स्याउको उद्धार

साप्ताहिक संवाददाता , भाद्र २७, २०७६

सेफ फुडले जुम्लाको स्याउको असली स्वाद चखाउने जमर्को गरेको छ । मौसमअनुसार भदौमा जुम्लेली स्याउ पाक्छ, त्यही भएर उनले भदौ नलागी स्याउ नटिप्ने सम्झौता गरेका छन् । स्याउको सौन्दर्य नबिग्रियोस् भनेर बलियो कार्टुनको व्यवस्था मिलाइएको छ भने ढुवानी गर्ने क्रममा धेरै ठूलो चाङ बनाउँदा ट्रकमा स्याउ कुचिन्छ भनेर थोरै–थोरै गरेर काठमाडौं ल्याइन्छ ।  पुरा पढ्नुहोस्

नेपालमा धेरै सम्भावना छ

महेश तिमल्सिना , श्रावण ३०, २०७६

सरकारले पनि नेपालमै बसेर रोजगारीको सिर्जना गर्न खोज्ने युवाहरूका लागि उपयुक्त वातावरण बनाउन सकिरहेको छैन । त्यसैले पनि धेरैजसो युवायुवती बिदेसिन बाध्य छन् । नेपालमा धेरै सम्भावना छ, त्यसैले विदेश जाने मानसिकता बनाउनुभन्दा पहिले नेपालमा आफूले गर्न सक्ने कुरा के–कति छन् बुझेर विदेश भन्दा नेपालमै केही गर्नुस् भन्ने सुझाव दिन्छु । पुरा पढ्नुहोस्

शून्य डिग्रीमा हिमाल  आरोहणको प्रशिक्षण

आश गुरुङ, श्रावण २२, २०७६

पर्वतारोहण संघले सन् १९७९ सालदेखि हिमाल आरोहणको तालिम प्रदान गर्दै आएको छ । हालसम्म करिब १ हजार ५ सयलाई छात्रवृत्तिमा यो तालिम दिइसकिएको छ । २ दशकअघिसम्म विदेशीले तालिम दिने गरेकोमा अहिले यो तालिमका लागि नेपालीहरू नै पूर्ण रूपमा सक्षम भैसकेको संयोजक गुरुङले बताए । पुरा पढ्नुहोस्

श्रीयोगले खोजिदिन्छ काम र कामदार

साप्ताहिक संवाददाता , वैशाख ३०, २०७६

के तपाईं पार्टटाइम कामको खोजीमा हुनुहुन्छ अथवा तपाईंलाई काम गर्ने दक्ष जनशक्तिको खाँचो छ ? अब श्रीयोग डटकमले खोजिदिनेछ तपाईंले खोजेजस्तै काम र कर्मचारी । यसले काम र कर्मचारी मात्र होइन, आफ्नो समयको सदुपयोग गर्दै पैसा पनि कमाइ दिन्छ । पुरा पढ्नुहोस्

विदेशमा समस्या मात्र होइन, अवसर पनि छ

देवेन्द्र विश्वकर्मा, वैशाख २९, २०७६

विदेशमा समस्या त धेरै छन्, तैपनि यहीँबाट खुशी लिएर जानेहरू पनि उत्तिकै छन् । युरोप–अमेरिकातिर त धेरै नेपालीले आफ्नै व्यवसाय सञ्चालन गरिरहेका छन् भने मलेसियालगायत खाडी मुलुकमा आउने धेरै नेपाली विभिन्न कम्पनीमा काम गरिरहेका छन् र उनीहरूले काम पनि सिकिरहेका छन् । पुरा पढ्नुहोस्

लेभलमा अवसर

साप्ताहिक संवाददाता , चैत्र २७, २०७५

विषयवस्तुका आधारमा भन्ने हो भने खासै फरक छैन । थोरै मात्र फरक छ । ए लेभलको असिसमेन्ट (परीक्षा प्रणाली) फरक छ । पढाउने तौरतरिका फरक हुने नै भयो । सबै कुरा असिसमेन्टमा भर पर्छ । ए लेभल पढेका विद्यार्थीहरू अलि खारिएका, माझिएका र सिर्जनशील हुन्छन् ।  पुरा पढ्नुहोस्