अनुभव

‘हाम्रो डाइट नै अण्डा र चना’

दीपक विष्ट, तेक्वान्दो प्रशिक्षकमंसिर २०, २०७६

अण्डा र चनाको भरमा रंगशालामा ट्रेनिङ गथ्र्यौं । रंगशालामा नारायण दाइको पसलमा चना, अण्डा, केराउ, सेल आदि पाकेको हुन्थ्यो । आफ्नो खर्च गर्ने क्षमताअनुसार डाइट प्लान बन्ने गथ्र्यो । पैसा हुनेले दुईवटा अण्डा खान्थे भने नहुनेले चना र एउटा अण्डामै चित्त बुझाउनुपथ्र्यो, अनि कोठामा गयो, स्टोभ जलाएर आफैं खाना पकाएर खानुपथ्र्यो । पुरा पढ्नुहोस्

भारतमा नेपाली चलचित्रको प्रदर्शन

यशराज गरच, अभिनेतामंसिर १, २०७६

 दार्जीलिङ–सिलिगुडीमा बच्चादेखि वृद्धावस्थासम्मका दर्शक हाम्रो चलचित्र हेर्न आउनुभएको थियो । उहाँहरू फ्रेस नेपाली चलचित्र हेर्न चाहनुहुँदो रहेछ । त्यहाँ चलचित्र हेरिसकेपछि ताली बजाउने चलन रहेछ । पुरा पढ्नुहोस्

अविस्मरणीय रह्यो रवि ओडको गाउँ बसाइ 

महेश तिमल्सिना , कार्तिक २, २०७६

मभन्दा पछिको पुस्ता अध्ययनमा केन्द्रित भएर रविजस्तै चर्चित बन्ने लक्ष्यका साथ लागेका छन् भन्ने सुन्दा खुसीको सीमा रहेन । यतिबेला पनि म गाउँकै विभिन्न कार्यक्रममा व्यस्त छु । त्यसैले यसपालि मेरो गाउँ बसाइ अविस्मरणीय भयो । यिनै यादहरू सँगालेर कात्तिक ३ गते काठमाडौं फर्कंदैछु ।  पुरा पढ्नुहोस्

नेपालमा झरीमा खिच्ने क्यामेरा छैन

साप्ताहिक संवाददाता , असार ३०, २०७६

झरीका बेला म क्यामेरालाई छाता वा प्लास्टिक ओढाएर खिच्छु । यसले केही डिस्टर्ब त गर्छ । यसरी खिच्दा केही गाह्रो पनि हुन्छ । हामी मोबाइलमा मौसमको अवस्था हेरेर छायांकन गर्छौं । यस्तो अवस्थामा कलाकारलाई तयारी अवस्थामा राखेका हुन्छौं । नेपालमा झरीमा खिच्ने क्यामेरा छैन । पुरा पढ्नुहोस्

हावामा उड्नेहरूको कथा

साप्ताहिक संवाददाता , असार २१, २०७६

एसियाली खेलकुदको महाकुम्भमा नेपालले १२ औं दिनमा आएर पहिलो पदक हात पारेको थियो । त्यो नेपालले २० वर्षपछि एसियाडमा जितेको दोस्रो रजत पदक समेत थियो । त्यसअघि सन् १९९८ को बैंकक एसियाडमा तेक्वान्दोकी सविता राजभण्डारीले रजत जितेकी थिइन् । भनिन्छ, त्यति बेला सवितालाई भाग्यले बढी साथ दिएको थियो ।  पुरा पढ्नुहोस्

महिला हिंसा र कानुनको कार्यान्वयन

मीना गुप्ता, जेष्ठ २३, २०७६

मधेसमा महिला हिंसाको प्रमुख कारण दाइजो प्रथालाई मान्न सकिन्छ । तराईतिर यो समस्या बढी छ । छोरीको विवाह गर्दा दाइजो दिनुपर्ने अवस्था छ जसले गर्दा छोरीलाई राम्रोसँग पढाउन पनि गाह्रो छ ।  पुरा पढ्नुहोस्

फास्टफुड चलचित्रले बिगारे बजार 

साप्ताहिक संवाददाता , जेष्ठ १६, २०७६

एक दशक अघिसम्म अधिकांश नेपाली चलचित्र एनालग प्रविधिमा छायांकन गरिन्थ्यो । क्यामेरामा दृश्य कैद गरिए पनि अडियो (साउन्ड) लाई नागरामा रेकर्ड गर्नुपर्ने बाध्यता थियो । डबिङका क्रममा त्यसलाई ठ्याक्कै म्याच गर्नुपर्ने आफ्नै बाध्यता थियो । हुन त आज डिजिटल क्यामेरा (फोरके, रेडसम्मका) मा दृश्य र अडियो कैद गरे पनि डबिङ गर्नुपर्ने बाध्यता छँदैछ । पुरा पढ्नुहोस्

गाउँ अझै उस्तै रहेछ

उमेश परियार, वैशाख २२, २०७६

लामो समयपछि त्यो गाउँ पुग्न पाउँदा मनमा एक किसिमको खुसी छाएको थियो । मैले अनुमान गरेको थिएँ— अब त त्यो गाउँमा पनि धेरै विकास भयो होला, धेरै परिवर्तन आए होलान् । सानो छँदा मावल जाने रहरले कहीं कुद्दै त कहीं चौतरीमा थकाइ मार्दै आमासँग हिँड्दा निकै रमाइलो हुन्थ्यो, तर अहिले त हिँड्ने बानी पनि हराएछ । जम्मा ४ घण्टाको बाटो बल्ल–बल्ल १२ घण्टामा पुगियो ।  पुरा पढ्नुहोस्

चलचित्रको दृश्यशत्ति

अभिषेक यात्री, वैशाख ६, २०७६

भनिन्छ चलचित्र समाजको ऐना हो । समाजमा घट्ने मानिसका कथा–व्यथा, शैली–व्यवहार, चालचलन, दुःख–संघर्ष र संस्कृतिलाई कलाका माध्यमबाट पर्दामा प्रस्फुटित गर्नु चलचित्रको काम हो । चलचित्रले मानिसलाई समाजको वास्तविकता देखाउने मात्र होइन जिन्दगीका विभिन्न आयामका सम्बन्धमा पाठ समेत सिकाउँछ । पुरा पढ्नुहोस्

एउटा ज्योतिषीको अभिनय अनुभव 

महेश तिमल्सिना , चैत्र ९, २०७५

नेपालका चर्चित युवा ज्योतिष हुन्— हरिहर अधिकारी । ज्योतिषीमा अलग्गै पहिचान बनाएका अधिकारी शुभ लभबाट नेपाली चलचित्रमा डेब्यु गर्दैछन् । अधिकारीकै कथा तथा अभिनयको उक्त चलचित्र चैत्र १५ गते प्रदर्शनमा आउँदैछ । पुरा पढ्नुहोस्

धेरैलाई रुवाएको छ हङकङ आईडीले

अनोज रोक्का, फाल्गुन २६, २०७५

‘हङकङमा स्थायी रूपमा सात वर्ष बसेपछि यहाँको सिटिजनसीप (आईडी कार्ड) प्राप्त हुन्छ, यही आईडीको बेचबिखनमा लिप्त गिरोहकै कारण कतिले घरबार बिगारेका छन् भने कतिले भएभरको सम्पत्ति रित्याएका छन् ।’ पुरा पढ्नुहोस्