जम्काभेट

यो उपाधि मजस्ताका लागि ठूलो प्रेरणा हो

साप्ताहिक संवाददाता , भाद्र ३१, २०७६

यो उपाधि मजस्तै संघर्ष गरिरहेकाहरूका लागि ठूलो प्रेरणा हुन्छ । यसले संघर्ष गरेर सफल हुन पनि उत्साह भर्ने काम गर्छ । ८ कक्षा पनि पास नगरी म आफ्नो घरको स्थिति एवं गाउँको वातावरणका कारण स्कुल छाडेर माओवादी युद्धमा गए । युद्धबाट फर्किएर पुन: पढ्न थाले र एसएलसी पास गरे । पढ्नु एकदमै महत्वपूर्ण छ ।  पुरा पढ्नुहोस्

जीवनसाथी रोजिसकेको छु

महेश तिमल्सिना , भाद्र २५, २०७६

जीवन बिताउन माया गर्ने मान्छे त अवश्य चाहिन्छ । उमेरकै कुरा गर्ने हो भने पनि हाम्रो गाउँघरतिर १८ देखि २० वर्षसम्म अधिकांशको विवाह भैसक्छ । मेरै उमेरका साथीहरूको कुरा गर्ने हो भने धेरैजसो बाबुआमा भैसके । त्यसैले अब आफ्नो पनि बेला भयो भन्ने लागेर आफूलाई उपयुक्त हुने जीवनसाथी रोजिसकेको छु ।  पुरा पढ्नुहोस्

एक्टिङ मेरो सोख हो

स्वस्तिक श्रेष्ठ, भाद्र ११, २०७६

एक्टिङ मलाई अहिले होइन, पहिलेदेखि नै मन पर्थ्यो । अहिलेचाहिँ थुप्रै नेपाली दिदीबहिनी–दाजुभाइहरूले मलाई चिन्नुहुन्छ, उहाँहरूलाई मेरा बारेमा जिज्ञासा पनि हुन्छ । अहिले उहाँहरूलाई थाहा भएको छ, तर एक्टिङमा मलाई पहिलेदेखि नै रुचि थियो ।  पुरा पढ्नुहोस्

एउटा भिन्न कलामा सन्नी

सिर्जना दुवाल श्रेष्ठ, श्रावण २९, २०७६

रातभर नसुती कन्सेप्ट तयार गर्थें । कसलाई कुन पहिरन लगाइदिने, के–कस्ता एसेसरिजहरू प्रयोग गर्ने र कुन–कुन ठाउँमा के–कस्ता कन्सेप्ट र कथा जोड्ने थिम बनाइरहन्थें । म हरेक कन्सेप्टमा नेपाली कथा–व्यथा जोड्ने प्रयास गर्थे ।  पुरा पढ्नुहोस्

मेरा केही गोप्य कुरा छन्

महेश तिमल्सिना , श्रावण २४, २०७६

मन पराउनेहरू हुनुहुन्छ, तर प्रेम प्रस्ताव राख्ने र स्वीकार गर्ने बेला भैसकेको छैन जस्तो लाग्छ । मेरा केही गोप्य कुरा छन् । ती कुरा पूरा भएपछि मात्र प्रेम सम्बन्धमा बस्छु, अहिले त म सिंगल छु ।  पुरा पढ्नुहोस्

३५ लागे आर्यन, तर भन्छन्, ‘बल्ल जवानी चढ्दैछ'

श्रावण २०, २०७६

आर्यन सिग्देल नेपालका चर्चित अभिनेता हुन् । लभ स्टोरी जनराका चलचित्रमा दमदार अभिनय गर्ने आर्यनले ‘किस्मत’ बाट अभिनय यात्रा थालेका थिए । त्यसपछि उनले धेरै सम्झनलायक चलचित्र दिइसकेका छन् । अहिले उनले दुईवटा चलचित्रको छायाँकन सकाएका छन्, हजार जुनीसम्म र चच हुईं । नेपाली चलचित्र उद्योगमा प्रेम कथानक चलचित्रमा छुट्टै छाप छोडेका आर्यन आज ३५ बर्षमा पाइला चालेका छन् । पुरा पढ्नुहोस्

डर्ट बाइक  नै आनन्द

एकराज सुवेदी, श्रावण १६, २०७६

करिब ८ महिना पहिले थाइल्यान्डमा भएको प्रतियोगितामा सहभागी भएको थिएँ । हामी त्यहाँ जित्नकै लागि नभै अनुभव लिन गएका थियौं । यद्यपि नेपालबाट हालसम्म गएका प्रतियोगीभन्दा बेस्ट रेकर्डका साथ फर्कियौ । त्यहाँ मलाई ल्याप टाइमिङका आधारमा ठूलो उपलब्धि हासिल भएको थियो ।  पुरा पढ्नुहोस्

सोसल मिडिया समयको बर्बादी मात्र

सिर्जना दुवाल श्रेष्ठ, श्रावण ९, २०७६

सोसल मिडियामा पटक्कै मन जाँदैन । समय अनुसार अपडेटका लागि मात्र चलाउँछु । यस्तो लाग्न थालेको छ, यदि यी सोसल मिडिया नहुने हो भने कति राम्रा–राम्रा सिर्जना होलान् ? हामीले यसमा समय मात्र बर्बाद गरिरहेका छौं । यसमा अरूलाई देखाउनु मात्र छ आफ्ना लागि कुनै उपलब्धिमूलक कुरा देख्दिनँ । पुरा पढ्नुहोस्

गीतमा सेन्सरसिप चाहियो

महेश तिमल्सिना , श्रावण २, २०७६

म गीतसंगीतमा लागेको करिव १२ वर्ष भयो, तर औपचारिक रूपमा लागेको चाहिँ ८ वर्ष पूरा हुँदैछ । मैले गीत–संगीतमा स्थापित हुन धेरै नै संघर्ष गरेकी छु । म अहिले जहाँ छु त्यो मेरो संघर्ष र दर्शक–श्रोताहरूको मायाको प्रतिफल हो । पुरा पढ्नुहोस्

हो, म एकदमै सिंगल

जनक तिमिल्सिना, असार २६, २०७६

अहिले नेपालमा मात्र नभएर वर्ल्डवाइड नै हेर्नुहुन्छ भने हरेक सेलिब्रेटीको इन्ट्राग्राम हुन्छ, फ्लोअर्स कति छ, त्यही आधारमा ब्रान्ड इन्डोर्स गरिरहेका हुन्छन् । हलिउड र बलिउडमा पनि यो ट्रेण्ड छ । उनीहरूले इन्ट्राग्राममा आफैंले भिडियो बनाएर हालेबापत पैसा लिन्छन् । पहिलेजस्तो एड बनाइरहनु पनि पर्दैन् । नेपालमा पनि त्यसबाट राम्रै कमाइ भैरहेको छ । पुरा पढ्नुहोस्

मनका कुरा भन्न लजाउनु हुन्न

 प्रकाश रानाभाट, असार १९, २०७६

कन्फिडेन्सको केशमा क्राउड फियर भन्ने कुरा हुन्छ । म सानैदेखि प्रोग्रामहरू होस्ट गर्थें । सानैदेखि बोल्ने बानीको विकास भएर पनि त्यो कुरा मेरो कमेडीमा आएको हो । मेरा परिवारिक माहोल पनि धेरै सपोर्टिभ छ । घरमा सबैले तैले बोल्नुपर्छ, लजाएर बस्नु हुँदैन भन्ने भएका कारण पनि सानैदेखि मेरो कन्फिडेन्स लेभल राम्रो थियो । पुरा पढ्नुहोस्