मनोरञ्जन समाचार

सुमीको हैरानी 

साप्ताहिक संवाददाता , कार्तिक २७, २०७६

तिहार अघिसम्म निकै उत्साहित देखिएकी सुमी आफ्नो पहिलो चलचित्रको प्रदर्शन मिति एकपछि अर्को साता सरेपछि चिन्तित देखिन थालेकी छिन् । ‘दु:ख गरेर काम गरेको चलचित्र प्रदर्शन गर्ने बेलामा कत्तिको हैरानी खेप्नुपर्ने रहेछ भन्ने कुरा बल्ल बुझ्दैछु, सुमीले आफ्नो हैरानी व्यक्त गर्दै पटक–पटक प्रदर्शन मिति परिवर्तन हुँदा दर्शकहरूमा यो चलचित्रप्रतिको चासो घट्ने पो हो कि भन्ने डर समेत उत्तिकै रहेको बताएकी छिन् ।  पुरा पढ्नुहोस्

एबी इन्टरनेशनलले चलचित्र वितरण गर्ने

साप्ताहिक संवाददाता , कार्तिक २७, २०७६

गत भदौमा चलचित्र ‘पासवर्ड’ निर्माण गरेको थियो, एबी इन्टरनेशनल प्रा.लि.ले । सोहि कम्पनीले अब चलचित्र वितरणमा पनि हात हाल्ने भएको छ । आगामी शुक्रबार प्रदर्शन हुने बलिउड चलचित्र ‘मरजावां’बाट यो कम्पनिले वितरणको काम समेत सुरु गरेको कम्पनीद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । पुरा पढ्नुहोस्

फागुनमा आँचलको बिहे फाइनल

साप्ताहिक संवाददाता , कार्तिक २७, २०७६

पछिल्लो समयकी चर्चित अभिनेत्री आँचल शर्मा यतिबेला डा.उदीप श्रेष्ठसँग गहिरो प्रेममा छिन् । उदीपसँग एउटा कार्यक्रममा आँचलको भेट भयो । उनीहरु नजिक भए । एक–अर्कालाई मन पर्न थाल्यो । त्यसपछि प्रेमको सुरुवात भयो । पुरा पढ्नुहोस्

मुकुन अब ‘अन्तरे’

साप्ताहिक संवाददाता , कार्तिक २६, २०७६

डेब्यु चलचित्र ‘बुलबुल’बाट एकाएक चर्चामा आएका अभिनेता मुकुन भुषाल नयाँ चलचित्रमा काम गर्ने भएका छन् । सत्यराज चौलागाँइको निर्देशनमा बन्न लागेको चलचित्र ‘अन्तरे’मा मुकुनले काम पक्का भएको हो । पुरा पढ्नुहोस्

‘लभ डायरिज’ प्रदर्शनका लागी तयार

साप्ताहिक संवाददाता , कार्तिक २६, २०७६

निर्माण टिमले छायांकन सकाउँदै प्रदर्शन मिति समेत तय गरेको छ । यो चलचित्र अब आगामी फागुन २ अर्थात भ्यालेनटाइन डे का अवसरमा सार्वजनिक हुनेछ । छायाँकन अन्तर्गतको अन्तिम गीत आइतबार हायात होटल परिसरमा खिचिएको थियो । पुरा पढ्नुहोस्

चल्ला त भुवनको जादू ? 

साप्ताहिक संवाददाता , कार्तिक २६, २०७६

अभिनेता भुवन केसी लामो समयपछि अभिनयमार्फत दर्शकमाझ फर्कंदै छन् । पछिल्ला केही वर्ष चलचित्रको निर्माणमा व्यस्त भएर केही राम्रा चलचित्र दिइसकेका अभिनेता केसी यतिबेला आफ्नै दोहोरो भूमिका भएको चलचित्र ‘मिस्टर नेपाली’ को प्रदर्शनको पर्खाइमा छन् । पुरा पढ्नुहोस्

अब के गर्छन् अनमोल ?

साप्ताहिक संवाददाता , कार्तिक २४, २०७६

पछिल्लो समयका लोकप्रिय अभिनेता हुन्, अनमोल केसी । अनमोलका चलचित्रलाई दर्शकले निकै आशा राख्छन् । उनले काम गरेका अधिकांश चलचित्र फ्लोरमा गएसँगै चर्चामा रहने गर्छन् । अनमोलप्रति निर्माताको केहि बढि विश्वास छ । किनभने, अनमोलले अरु कलाकारको तुलनामा निर्माताको लगानी सुरक्षित गर्ने सम्भावना बढि हुन्छ । पुरा पढ्नुहोस्

फ्लप क्लबमा साम्राज्ञी

साप्ताहिक संवाददाता , कार्तिक २४, २०७६

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको पछिल्लो फ्लप चलचित्र र उनको व्यक्तिगत गतिविधिलाई नियाल्ने हो भने उनको स्टारडम ओरालो लागेको प्रस्ट बुझ्न सकिन्छ । चलचित्र ड्रिम्सबाट अभिनय यात्रा सुरु गरेकी शाहका पछिल्ला दुई चलचित्रले आशालाई निराशामा बदलेका छन् । पुरा पढ्नुहोस्

प्रेममा परिन् अदिति

साप्ताहिक संवाददाता , कार्तिक २३, २०७६

मोरानीसँग समुद्री किनारको सुन्दर लोकेसनमा खिचिएको उक्त तस्बिरसहित अदितिले प्रेमको इमोजी राखेर ‘गुड टाइम्स’ भन्ने क्याप्सन लेखेकी छिन् । तस्बिरमा अदितिले आफ्नो दाहिने हात गायक मोरानीको तिघ्रामा राखेकी छिन् भने मोरानीले आफ्नो देब्रे हातले अदितिको कम्मर समाएका छन् । अदितिले आफ्नो प्रेमीसँगको उक्त तस्बिर सार्वजनिक गरेलगत्तै धेरैले उनीहरूलाई बधाई दिएका छन् । पुरा पढ्नुहोस्

सुमी भर्सटायल छिन् 

साप्ताहिक संवाददाता , कार्तिक २२, २०७६

छायाँकारबाट चलचित्र निर्देशकका रूपमा पदार्पण गरेका हरि हुमागाईंको पहिलो चलचित्र सरौतो प्रदर्शनका लागि तयार छ । यही चलचित्रबाट मोडल सुमी मोक्तान अभिनेत्रीका रूपमा दर्शकमाझ आउँदैछिन् । निर्देशक हुमागाईंले अभिनेत्री मोक्तानको मूल्यांकन यसरी गरेका छन् । पुरा पढ्नुहोस्

‘प्रेम गीत ३’ फ्लोरमा

साप्ताहिक संवाददाता , कार्तिक २२, २०७६

बर्षकै प्रतिक्षित चलचित्र ‘प्रेम गीत ३’को छायांकन सुरु गरिएको छ । काठमाडौँस्थित दक्षिणकाली मन्दिरमा शुभमुहर्त गरेर आजैबाट यो चलचित्रको छायांकन थालिएको हो ।  पुरा पढ्नुहोस्

भक्तपुरमा क्युएफएक्सको नयाँ शाखा, 'घामड शेरे'को प्रिमियर

साप्ताहिक संवाददाता , कार्तिक २२, २०७६

क्यूएफएक्स सिनेमाजको पर्दा संख्या देशव्यापी २३ पुगेको छ । तीन महिनाभित्र यो संख्या बढ्ने क्युएफएक्सका निर्देशक नकिम उद्दिनले बताए । बिहिवार मात्रै भक्तपुरमा रहेको भाटभटेनीमा यसको शाखा खुलेको हो । पुरा पढ्नुहोस्

सुटिङ जानुअघि ‘प्रेमगीत ३’ले रिलिज गर्‍यो मोसन टिजर

साप्ताहिक संवाददाता , कार्तिक २१, २०७६

वर्षकै प्रतिक्षित चलचित्र ‘प्रेमगीत ३’को मोसन टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा अभिनेता प्रदीप खड्कालाई योद्धा अवतारमा प्रस्तुत गरिएको छ । छेतेन गुरुङ र सन्तोष सेनको निर्देशनमा निर्माण हुने चलचित्र भोली शुक्रवारदेखि छायांकनमा जाँदैछ । पुरा पढ्नुहोस्