बलिउड

सम्बन्ध अस्वीकार

साप्ताहिक संवाददाता , मंसिर ५, २०७६

बाहुबलीमार्फत चर्चामा आएका राणा दग्गुबतीसँग रिलेसनमा रहेको चर्चाले हैरान भएकी अभिनेत्री रकुल प्रितसिंहले हालसालै आफू कसैसँग पनि रिलेसनमा नरहेको दाबी गरेकी छिन् । रकुलले भनेकी छिन्– राणा दग्गुबती उनका छिमेकी तथा असल साथी मात्र हुन् । पुरा पढ्नुहोस्

रिक्रियट श्रीदेवी

साप्ताहिक संवाददाता , मंसिर ४, २०७६

दिवंगत अभिनेत्री श्रीदेवीको अभिनय क्षमता एवं नृत्यकलाका पारखी प्रशस्तै छन् । उनले चलचित्रमा गरेका नृत्यमध्ये सन् १९८९ को हिन्दी चलचित्र चालवाजको एक नृत्य गीत तेरा बिमार मेरा दिललाई अझै पनि मानिसहरू सम्झी रहन्छन् । उक्त चलचित्रको रिक्रियसनमा अभिनेता जोन अब्राहम तथा उर्वशी रौतेला फिचर्ड हुने भएका छन् । पुरा पढ्नुहोस्

तीन खान  एक साथ  ?

साप्ताहिक संवाददाता , मंसिर २, २०७६

बलिउडका तीन खान अर्थात आमिर खान, सलमान खान तथा साहरूख खानलाई एउटै चलचित्रमा हेर्ने चाहना राख्ने दर्शकको संख्या ठूलै छ । दर्शकहरूको यो रुचिलाई निकट भविष्यमा कुनै निर्माताले पूरा गर्छन् कि भन्ने सोचमा रहेका चलचित्र पण्डितहरूको आशा पूरा हुने छाँटकाँट पनि देखिँदैछ । पुरा पढ्नुहोस्

बच्चनको ५० वर्ष

साप्ताहिक संवाददाता , मंसिर १, २०७६

बलिउड चलचित्र उद्योगमा महानायकका रूपमा स्थापित मेगा स्टार अमिताभ बच्चनले अभिनय गरेको पहिलो चलचित्र प्रदर्शनमा आएको ५० वर्ष पुगेको छ । सन् १९६९ नोभेम्बर ७ तारिखमा बच्चन अभिनित सात हिन्दुस्तानी सार्वजनिक भएको थियो । उक्त चलचित्रमा छोटो भूमिका भए पनि सातमध्ये एक हिन्दुस्तानी भएकाले यसलाई बच्चनको पहिलो चलचित्र मानिन्छ । पुरा पढ्नुहोस्

लतालाई के भएको थियो ?

साप्ताहिक संवाददाता , कार्तिक २८, २०७६

बलिउडकी चर्चित गायिका लता मंगेश्कर केहि दिनको उपचारपछि घर फर्किएकी छिन् । श्वासप्रश्वासमा गम्भिर समस्या देखिएकाले उनलाई गत सोमवार अस्पताल भर्ना गरिएको थियो । पुरा पढ्नुहोस्

अम्बानीको पार्टीमा को-को आए ?

साप्ताहिक संवाददाता , कार्तिक २६, २०७६

भारतीय अर्बपति मुकेश अम्बानीले आफ्नै निवास एण्टिलामा विवाह पार्टी आयोजना गरेका छन् । अम्बानीले नियमित रुपमा आफुले आयोजना गर्ने हरेक पार्टिमा बलिउड कलाकारलाई निमन्त्रणा गर्दै आएका छन् । यसपटक आयोजित पार्टीमा बलिउडका चर्चित हस्तीहरु उपस्थित भए । पुरा पढ्नुहोस्

काजलको चाहना

साप्ताहिक संवाददाता , कार्तिक २६, २०७६

काजलका अनुसार उनको श्रीमान्मा आध्यात्मिक स्वभाव, केयरिङ गर्न सक्ने क्षमता तथा उनका बारेमा आवश्यकताभन्दा बढी चासो राख्न सक्ने गुण हुनुपर्ने कुरा बताएकी छिन् । यो कुरासँगै कागजले आफ्नो श्रीमान् चलचित्र उद्योगसँग असम्बन्धित हुनुपर्ने शर्त समेत राखेकी छिन् । स्मरणीय छ, हिन्दी चलचित्रमा अपेक्षाकृत सफलता प्राप्त नगरेपछि काजल दक्षिण भारतीय चलचित्रतर्फ लागेकी थिइन् । पुरा पढ्नुहोस्

कियाराको दिन फर्कियो 

साप्ताहिक संवाददाता , कार्तिक २४, २०७६

कुनै बेला चलचित्रमा स–साना भूमिकाका लागि पनि कसैले नपत्याएकी कियारा आडवाणीको दिन फर्किएजस्तो छ । विगत ५ वर्षदेखि बलिउडमा संघर्ष गरिरहेकी कियारा अभिनित चलचित्र कविर सिंहको सफलतापछि यतिबेला बलिउडका ठूला निर्माता तथा निर्देशकहरू कियारालाई आफ्नो चलचित्रमा मुख्य भूमिकामै हेर्न चाहन्छन् । पुरा पढ्नुहोस्

एभेन्जर द इन्डगेमलाई अलटाइम एवार्ड

साप्ताहिक संवाददाता , कार्तिक २३, २०७६

गत आइतबार लस एन्जल्सको बेवर्ली हिल्समा वितरण गरिएको २३ औं हलिउड फिल्म एवार्ड समारोहमा यो वर्षको सर्वाधिक सफल चलचित्र एभेन्जर द इन्डगेमलाई ब्लकबुस्टर एवार्ड प्रदान गरिएको छ । यो एवार्ड उक्त चलचित्रलाई चलचित्र इतिहासमै सर्वाधिक आम्दानी गर्ने चलचित्रको श्रेणीअन्तर्गत प्रदान गरिएको हो । पुरा पढ्नुहोस्

बलिउडमा शाकाहारीको लहर

साप्ताहिक संवाददाता , कार्तिक २०, २०७६

बलिउडका अधिकांश कलाकार मांसाहारी नै हुन् । तैपनि बलिउडका केही ठूला नाम भने शाकाहारी छन् । यस्तो नाममा सबैभन्दा अगाडि आउँछन्– अमिताभ बच्चन । अमिताभलाई फलो गर्ने शाकाहारी अभिनेतामा आमिर खान, शाहिद कपुर, आर माधवन, विद्युत जामवाल तथा जोन अब्राहम अग्रपंक्तिमा पर्छन् । यीमध्ये पनि विद्युत जन्मजातै शाकाहारी हुन् भने अरू कलाकार पछि शाकाहारी भएका हुन् ।  पुरा पढ्नुहोस्

क्रिकेटरको  अर्को जोडी

साप्ताहिक संवाददाता , कार्तिक १९, २०७६

भारतका क्रिकेट खेलाडीहरूले चलचित्रकी अभिनेत्रीहरूसँग लगनगाँठो कस्ने चलन पुरानै हो । शर्मिला टैगोरदेखि अनुष्का शर्मासम्मको कथा हामी सबैलाई थाहा छ । यो शृंखलामा जोडिन आइपुगेकी छिन् दक्षिण भारतकी चर्चित अभिनेत्री अश्रिता सेट्टी । पुरा पढ्नुहोस्