उपाधि

‘कमेडी च्याम्पियन’को उपाधि हिमेश पन्तलाई

साप्ताहिक संवाददाता , चैत्र २, २०७६

नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी ‘कमेडी च्याम्पियन’को शिर्ष उपाधि हिमेश पन्तले जितेका छन् । अन्तिम प्रतिस्पर्धामा रहेका २ जनालाई पछि पार्दै हिमेश पहिलो कमेडी च्याम्पियन बन्न सफल भएका हुन् । पुरा पढ्नुहोस्

रविन र सजना भए मोडल सुपरस्टार

नरेन्द्र बस्नेत, माघ ९, २०७६

मोरङका रविन घिसिङले ‘मोडल सुपर स्टार’ को उपाधि जितेका छन् । प्रोमोटिङ सोलुसनद्वारा आयोजित प्रतियोगितामा ३१ जना प्रतिस्पर्धीलाई पछि पार्दै घिसिङले उक्त उपाधि जितेका हुन् । महिलाातर्फको ‘मिस मोडल सुपर स्टार’ को उपाधि भने सजना पन्तले जितिन् ।  पुरा पढ्नुहोस्

मिस रतुवामाई निश्मा

साप्ताहिक संवाददाता , पुस ९, २०७६

मिस रतुवामाई २०१९ को पहिलो उपाधि निश्मा श्रेष्ठले जितेकी छिन् । अन्तिम प्रतिस्पर्धामा १३ प्रतियोगीलाई पछि पार्दै उनले प्रतियोगीताको शिर्ष उपाधि उचालेकी हुन् । उनलाई मिस उर्लाबारी विजेता रूसानी केसीले ताज लगाई दिएकि थिइन भने कार्यक्रम संयोजक अनिश कार्की र नगरप्रमुख रविन राईले पुरस्कारको चेक हस्तान्तर गरेका थिए ।  पुरा पढ्नुहोस्

मिस नेपाल युएसको ताज सुरभीलाई

साप्ताहिक संवाददाता , आश्विन २८, २०७६

अमेरिकाको नेब्रास्काको ओमाहा स्थित ‘द रेलिभेन्ट सेन्टर’मा सम्पन्न भएको मिस नेपाल युएस २०१९ को ग्राण्ड फिनालेमा भर्जिनियाकी सुरभी खनालले विजेताको ताज पहिरिन सफल भएकी छिन् । सातौं संस्करणको मिस नेपाल युएस उपाधि विजेतासंगै सुरभीले फोटोजेनिक र ब्युटि विथ्आउट लिमिटको अवार्ड पनि आफ्नो नाममा दर्ता गराएकी थिइन् । पुरा पढ्नुहोस्

डिभा नेसनल २०१९ को उपाधि सेलिनालाई

साप्ताहिक संवाददाता , आश्विन २६, २०७६

राजधानीको जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा सम्पन्न ‘द डिभा नेसनल २०१९’ को शीर्ष उपाधिको ताज पहिरिन सफल भइन् सेलिना दाहाल । प्रतियोगितामा सेलिनाले ट्यालेन्ट विधाको अवार्ड पनि उचालेकी थिइन् ।  पुरा पढ्नुहोस्

प्रकृति र शोभितालाई ब्यूटि क्विन र मिसेस नेपाल आइडलको उपाधि

साप्ताहिक संवाददाता , भाद्र ५, २०७६

अमेजोन इन्टरटेनमेन्टले आयोजना गरेको मिस व्यूटी क्विन नेपाल तथा मिसेस नेपाल आइडल–२०१९ को उपाधि क्रमशः प्रकृति लिम्बु तथा सोभिता राईले जितेका छन् । जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित दुबै प्रतियोगिताको ग्राण्ड फिनालेमा प्रकृति र सोभिताले आ–आफ्नो विधाका प्रतिस्पर्धिहरुलाई पछि पारेका हुन् । दुई भिन्न प्रतियोगिताहरु एउटै स्टेजमा एकै साथ आयोजना गरिएको थियो । पुरा पढ्नुहोस्

लोकनृत्यको उपाधि

साप्ताहिक संवाददाता , श्रावण १८, २०७६

राष्ट्रिय खुला एकल लोकनृत्य प्रतियोगिता–२०७६ अन्तर्गत महिलातर्फ गण्डकी प्रदेशका बन्दना घर्तीमगर तथा पुरुषतर्फ कर्णाली प्रदेशका शेखर घर्ती मगरले उपाधि जितेका छन् ।  लोकस्रष्टा, साधक तथा शिल्पी कल्याण शेरचनको ७३ औं जन्म जयन्तीको अवसरमा आयोजित प्रतियोगितामा नृत्य निर्देशक सनबहादुर गुरुङ तथा अनन्तराज तिमिल्सेना उत्कृष्ट नृत्य निर्देशक घोषित गरिए ।  पुरा पढ्नुहोस्

मिस नेपाल २०१९ को ताज अनुष्काको शिरमा

साप्ताहिक संवाददाता , वैशाख २७, २०७६

मिस नेपाल २०१९ को उपाधि अनुष्का श्रेष्ठले जितेकी छन् । मिस नेपालको २५ औं संस्करणमा अन्य २४ प्रतिस्पर्धीलाई उछिन्दै अनुष्काले मिस नेपाल वर्ल्डको ताज पहिरिन सफल भएकी हुन् । अनुष्कालाई मिस नेपाल २०१८ की विजेता शृङखला खतिवडाले ताज लगाइदिएकी थिइन् । पुरा पढ्नुहोस्

अनु भईन सातौ जुनिएर ब्याटल–२०१९  

साप्ताहिक संवाददाता , वैशाख ९, २०७६

सातौँ जुनिएर ब्याटल–२०१९ को उपाधि तोरन स्कुलकी अनु भण्डारीले जितेकी छिन् । मिडिया ल्याण्डले आयोजना गरेको सो प्रतियोगितामा अनुले उपाधिसँगै एक लाख रुपैयाँ, क्राउन र विभिन्न उपहार प्राप्त गरिन् । उनले विदेशमा हुने अन्तराष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।  पुरा पढ्नुहोस्

दोस्रो रामपुर आइडल सैलिसा

माधव अर्याल, माघ ९, २०७५

‘दोस्रो रामपुर आइडल’ को उपाधि रामपुरकी सैलिसा रानाले जितेकी छन् । उत्कृष्ट नृत्य प्रतिभा छनोट गरी नयाँ पुस्तालाई प्रोत्साहित गर्न रामपुर महोत्सव तथा व्यापार मेलाको अवसरमा रामपुर उद्योग वाणिज्य संघले प्रतियोगिता आयोजना गरेको हो । पुरा पढ्नुहोस्

मिष्टर मोडल वल्र्ड वाइडमा सुरज बने चार्मिङ स्माइल

साप्ताहिक संवाददाता , पुस ११, २०७५

अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगिता ‘मिष्टर मोडल वल्र्ड वाइड २०१८’ मा नेपालका तर्फबाट सहभागि भएका सुरज राजोपाध्यायले मिष्टर चार्मिङ स्माइलको अवार्ड जित्न सफल भएका छन् । पुरा पढ्नुहोस्