साहित्यभिसा
राजु बेलायत गयो । भिसा बनाउन थुप्रो पैसा तिरेछ दलाललाई । तैपनि गयो । ऊ पनि खुसी थियो, उसका परिवार पनि । सबै खुसी थिए तर विनोद भने दु:खी थियो । एउटै सालमा जन्मेको, एउटै थालमा खाएको, एउटै आँगनमा खेलेको, हाँस्दै खेल्दै हुर्केको साथीले छोडेर गयो । धनका लागि ।