मिडियामा रमाएकी सागरिका

विद्यालय जीवनदेखि नै सागरिका बीबीसी र सिएनएनका समाचार सुन्थिन् । फक्स न्युजकी किरण क्षेत्री र बीबीसीकी सुम्निमा उदास उनको ‘रोल मोडल’ । उनीहरूको समाचार भन्ने शैली र गेटअप खुब मन पथ्र्यो उनलाई । किरण र सुम्निमाजस्तै ‘स्मार्ट’ समाचारवाचक बन्ने सपना उनको मनमा हुर्किंदो थियो । तर, पढाइमा अब्बल उनको एसएलसीमा राम्रो अंक आयो । मेकानिकल इन्जिनियर बुबाको सपना थियो– छोरीलाई इन्जिनियर बनाउने । उनी इन्जिनियरिङ पढ्न त थालिन् तर मन रमाउन सकेन । त्यसपछि परिवारले उनलाई स्नातकमा ‘बैंकिङ एन्ड इन्स्योरेन्स’ पढाउन चाह्यो । कलेज भर्ना भएपछि उनको ध्यान पढाइमा भन्दा आफ्नो सपनाको बाटो खोज्नतिर गयो । त्यसैबेला कलेजमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने मौका पाइन् । त्यही कला प्रयोग गर्दै भिजेका रूपमा कान्तिपुर टेलिभिजन प्रवेश गरिन् र सपनाको बाटो पछ्याइन् ।
अहिले उनी कान्तिपुर टिभी र रेडियो कान्तिपुरमा युवापुस्ता र महिलालाई लक्षित गरिएका कार्यक्रमहरू चलाउँछिन्। विभिन्न इभेन्टमा ‘होस्ट’का रूपमा व्यस्त हुन्छिन् । अहिलेसम्म करिब दुई सय इभेन्टमा ‘होस्ट’ गरिसकेकी उनले केही विज्ञापन र म्युजिक भिडियोमा समेत अभिनय गरेकी छिन् । त्यसो त उनको रुचि मिडियामै छ । उनलाई लाग्छ– आफूले पढेको विषयले करियरलाई सहयोग गरेन । उनी भन्छिन्, ‘प्लस टू देखि नै मिडिया विषय नै पढ्न पाएको भए राम्रो हुन्थ्यो होला ।’ तर, राम्रो काम थालनी गर्न ढिला हुँदैन । त्यसैले उनी ‘मास कम्युनिकेसन’ अध्ययनलाई अघि बढाउने तयारीमा छिन् ।
सिर्जना दुवाल श्रेष्ठ
तस्बिर: महेश प्रधान
मेकअप तथा हेयर: सुजाता परियार ( मेकअप आर्टिस्ट)
पहिरन: पिजेजेड् कलेक्सन, सिभिल मल, त्रिपुरेश्वर
लोकेसन: सिल्भर ओक, गैरीधारा

सागरिका श्रेष्ठका थप तस्बिरहरु

थप ब्लोअप