• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाज
  3. संस्कृति
संस्कृति
चट्याङ मास्टरको होली हुड्दङ
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

चट्याङ मास्टरको होली हुड्दङ
फाल्गुन ३०, २०७०
प्लिज !

देश बचाउने कुरा छोड्नुहोस् न प्लिज,

देशलाई केही भएकै छैन,

बचाउनुपर्ने नेपालीलाई हो,

विचरोलाई मारेर भ्याएकै छैन !!

प्रजातन्त्र जोगाउने कुरा छोड्नुहोस् न प्लिज,

प्रजातन्त्रलाई केही भएकै छैन,

जोगाउनुपर्ने त स्वतन्त्रता हो,

त्यो चैं मासेर भ्याएकै छैन !!

देशको भविष्यको कत्रो चिन्ता तपाईंलाई,

भविष्य त अझै आएकै छैन,

आएको त एउटा वर्तमान हो अहिले

यसको चिन्ताले छोएकै छैन !!

देशको अवस्थाप्रति तपाईं चिन्ता व्यक्त नगर्नुहोस् न प्लिज !

तपाईंको अवस्था देखेर देश नै शोक सन्तप्त छ,

चल्नुपर्ने देश हो, तपाईं होइन,

तपाईं चलेको देखेर देश चलेकै छैन !!

म पनि मन्त्री हुन्थें तर.....

हेर्नोस् ! मन्त्री त मै पनि हुन्थे, तर -

बाउआमाले पढाइदिए !

गुरुहरूले फकाएर, मान्छे बन्न लगाइदिए !

इष्टमित्रहरूले झन्, आपसी मेल सिकाइदिए !

सबैभन्दा ठूलो पीर, राष्ट्रप्रेम नै जगाइदिए !

नत्र मन्त्री त मै पनि हुन्थें !!

हेर्नोस् ! हाकिम त मै पनि हुन्थें, तर-

प्रमाणपत्र छ, सक्कली !

चा.चा.चु.चु. पढिएन, न आफ्नो काम नक्कली !

सक्कली छ सेवा सबलाई, नक्कलीले चढाएको !

आत्मसम्मान बेचिएन, पुखौर्ंदेखि कमाएको !

नत्र हाकिम त मै पनि हुन्थें !!

म र देश

मेरो देश मरे पनि मेरो पार्टी बाँची रहोस्,

मेरो पार्टी मरे पनि मेरो गुट बाँची रहोस्,

मेरो गुट मरे पनि मेरा नातागोता बाँची रहून्,

मेरा नातागोता मरे पनि, म बाँची रहूँ !

अनि मेरो देश मरे पनि मेरो नाउँ बाँची रहोस् !!

नेताको त्याग

त्यागी छन् हाम्रा नेता सब, यी दिनहुँ त्याग गर्छन्,

झ्यालखान राखे त्यहीँ भित्र, नत्र बाहिर त्याग्छन् !!

झ्यालखानभित्र धेरै त्यागें, ल्यायौं बाहिर त्याग्नलाई,

देशैंभरि यति त्यागे, बाँकी ठाउँ छैन त्याग्नलाई !!

बोलीमा बुद्धिको त्याग, सिद्धान्त त्याग चरित्रमा,

पदमा देशको त्याग, सत्यको त्याग मित्रमा !!

कर्ममा लक्ष्यको त्याग, त्याग्नु त्यागे वरिपरि,

यिनलाई त्याग नगरेसम्म, सप्रन्न देश क्यै गरी !!

बन्द

न स्कुल खोल्छ नेताले, न त उद्योग चलाउँछ,

आफू काम गरुँ भन्छु, ऊ जुलुसमा बोलाउँछ,

भाषण के-के ठूलै गर्छ, ताली पिट्न लगाउँछ,

आफू दुब्लाउँदै जान्छु, ऊ चैं किन मोटाउँछ ?!

नेताले खोल्न सक्ने एक, उसैको मुख मात्र हो !

नेताको मुख खुल्नाले, जनताको देश बन्द भो !!

रोज्नुपर्ने बेला आयो, नेताको मुख कि देश ?

देशै बन्द हुनुभन्दा, नेताकै बन्द होस् मुख !!

फागु कि होली

अबीर घसौं कि रंग दलौं ? फागु खेलौं कि होली ?

फागु खेल्नेलाई आज बिदा, होली खेल्नेलाई भोलि !

लोला हान्न चाहिन्न बिदा, हप्तौं भिज्छन् चोली !

पहाडको चाड आज गयो, मधेशको चाड भोलि !

फागु पूणिर्मा मेरो आज, उसको होली भोलि !

एउटै चन्द्र, तिथि, चाड किन आज किन भोलि ?

संविधान दुनोट

संविधान x १    .    संविधान

संविधान x २    .    अन्तरिम संविधान

संविधान x ३    .    मस्यौदा नयाँ संविधान

संविधान x ४    .    एक वर्षमा मस्यौदा संविधान

संविधान x ५    .    एक वर्षमा सहमतीय मस्यौदा संविधान

संविधान x ६    .    गणतन्त्रीय लोकतान्त्रिक नेपाली जनताको बहुमतीय संविधान

संविधान x ७    .    पहिचानसहितको गणतन्त्रीय लोकतान्त्रिक जनताको नयाँ संविधान

संविधान x ८    .    पहिचानसहितको गणतन्त्रीय लोकतान्त्रिक जनताको नयाँ प्रजातान्त्रिक संविधान

संविधान x ९    .    पहिचान सहितको गणतन्त्रीय लोकतान्त्रिक जनताको प्रजातान्त्रिक सर्वमान्य नयाँ                      संविधान

संविधान x १०    .    हरे संविधान हरे संविधान, संविधान हरे हरे

                             हरे संविधान हरे संविधान, संविधान हरे हरे !!    

नाइटो सन्काउने !

गज्जब फेसन आयो यो, टाउको टन्काउने !

आँखा छोपी चश्माले, नाइटो सन्काउने !!

प्यान्ट खस्ला खस्ला छ, कम्मर हल्लेको !

चोली छोटो हो कि यिनको भित्री तन्केको !!

ऐंसेलुदाना नाइटो छ, मनै लोभ्याउने !

गाजलु आँखा छोपेर नाइटो सन्काउने !!

कटीमा त्यो कुँदिएको मणी ऐंसेलु टल्कने !

कलापुञ्ज आहा नाइटो ! सृष्टिको मूल झल्कने !!

कमलको फूलको डोब, दिव्य नाइटो उदाइसक्यो !

साहित्यमा जति रस छन्, नाइटैबाट रसाइसक्यो !!

व्यर्थै गए नयनवाण सब, चस्माको ढाल तेर्सियो !

नाइटोकै तीरले गर्दा, दिलमा आगो दन्कियो !!

नेता हुन थाले

पशुपतिका नागाबाबा, कट्टु लाउन थाले

लज्जात्यागमा उनलाई जित्ने, नेता हुन थाले।

ढल, चर्पी, डम्पिङ साइट, बसाउन थाले

दुर्गन्धमा तिनलाई जित्ने, नेता हुन थाले।

मन्दिरहरू भत्किए, अब देउता भाग्न थाले

ईश्वरभन्दा माननीय नेता हुन थाले।

पाकेटमार सज्जन भए, डाँका रुन थाले

देशै लुट्ने बहादुर, नेता हुन थाले।

पशुपतिका नागाबाबा, लजाउन थाले

लज्जात्यागमा उनलाई जित्ने, नेता हुन थाले।

यिनै हुन्

बैठक बोलाए, पनि आउने यिनै हुन्

भोटै खसाले पनि पाउने यिनै हुन्

यिनै थें यिनै छन्, रहने यिनै हुन्

तपाईंको यो हालत, बनाउने यिनै हुन्।

व्यवस्था नढल्दा, जोगाउने यिनै हुन्

ढल्यो त्यो पछि जब, ढलाउने यिनै हुन्

पुराना ती कैदी, मिसाएर हुलमा

प्रजातन्त्र उठ-बस गराउने यिनै हुन्।

कति हेर्नु नाटक ? देखाउने यिनै हुन्

कता केको ब्याख्या ? गराउने यिनै हुन्

विषालु मीठा भ्रम, नयाँ फेरि ल्याई

तपाईंको त्यो टाउको, चपाउने यिनै हुन्।

अझै आस लाग्छ ? लोभ्याउने यिनै हुन्

सिर्फ आफ्नो दुनो, सोझ्याउने यिनै हुन्

नगर्नोस् भो गाली, तपाइर्ं अहिले यिनलाई

मैले'नि नमस्ते चढाउने यिनै हुन्।

कन्जुस

उहाँ ज्यादै कन्जुस हुनुहुन्छ

महाकन्जुस हुनुहुन्छ

सास लामो-लामो लिनुहुन्छ

अनि छोटो-छोटो दिनुहुन्छ।

बाथरुमबाट निस्कनुहुन्छ

मलामीझैं देखिनुहुन्छ

सबैलाई सोध्नुहुन्छ, हे भाइ !

कब्जियत के गरे निको हुन्छ ?

जुन दिन पेट खलास हुन्छ

नोक्सान भो' भन्दै रुनुहुन्छ

दाहिने आँखा हेर्नु पर्दा उहाँ

देब्रेचाहिँ चिम्लनुहुन्छ

देब्रे हेर्नुपर्दा चै

दाहिने चिम्लनुहुन्छ

आँखाको ज्योति जोगाउन

कानो झैं देखिनुहुन्छ

उहाँ महाकन्जुस हुनुहुन्छ।

 जोगिरा सर र र र र  

जोगिरा सर र र

वाह रे नेता वाह, अरे वाह रे जनता वाह

एक साभामें ६०१ जन्, ये संहा है या मेला

नेपालमें देखो भैया राजनीतिका खेला, जोगिरा सर र र र र

अरे ताल ठोको, खेला देखो,

वाह रे नेता वाह, अरे वाह रे जनता वाह

वाह रे नेता वाह, अरे वाह रे जनता वाह जोगिरा सर र र र र

सुशिलबोले कुछो नसम्झे, देउबा बड्बडाये

रामचन्द्रका बैठा गला, जनता उठ नपाए। जोगिरा सर र र र

अरे ताल ठोको, खेला देखो,

वाह रे नेता वाह, अरे वाह रे जनता वाह

वाह रे नेता वाह, अरे वाह रे जनता वाह जोगिरा सर र र र र

एकबोले गणतन्त्र दुसरा लोकतन्त्र-२

जनताको लुट्नेका नेताका है ये मन्त्र। जोगिरा सर र र र

अरे ताल ठोको, खेला देखो,

वाह रे नेता वाह, अरे वाह रे जनता वाह

वाह रे नेता वाह, अरे वाह रे जनता वाह जोगिरा सर र र र र

एक बरसमें संविधान ये कहाँसे लायेंगे ?

जितगये अब मस्तीसे भत्ता खुब खायेंगे । जोगिरा सर र र र

अरे ताल ठोको, खेला देखो,

वाह रे नेता वाह, अरे वाह रे जनता वाह

वाह रे नेता वाह, अरे वाह रे जनता वाह जोगिरा सर र र र र

बैद्य खुद है बिमार पडा, सहीद संख्या बढायेगा

संविधान जैसा लिखो, ओ तो आग लगायेगा। जोगिरा सर र र र र

अरे ताल ठोको, खेला देखो,

वाह रे नेता वाह, अरे वाह रे जनता वाह

वाह रे नेता वाह, अरे वाह रे जनता वाह जोगिरा सर र र र र ।

बुरा नमानो होली है !

क्या है भैया लोकतन्त्र क्या है गणतन्त्र?

जनताको लुटनेका नेताजीका मन्त्र, जोगिरा सररर

जब हारा तब प्रधान मन्त्री, जब जिता बेहाल !

राजनीतिका उल्टा पासा रोए माधव नेपाल, जोगिरा सररर

कौन सम्झे भाइ कौन सम्झे सुशील दा'की बोली

हरबारी ओ सोरी बोले नोकर लाए थाली, जोगिरा सररर

चुनाब आगे सबको लागे यहि देशका राजा

चुनाब पिछे प्रचण्डका बजा ब्यान्डबाजा, जोगिरा सररर

सुशील'दा से लेउबा लेउबा कितना बोले देउबा ?

सुशिल'दा आरजुसे बोले इसको देउबा ! जोगिरा सररर

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
संस्कृति
जातव्यवस्थासँग जुध्ने नेता जोडी

कृष्ण आचार्य

वैशाख ८, २०७७

संस्कृति
कोरोना संत्रासले बिस्केट जात्रा सुनसान

वैशाख ८, २०७७

संस्कृति
२० वर्षपछि ‘भोटे मेला’ 

दुर्गालाल केसी

वैशाख ८, २०७७

संस्कृति
पढ्दा–पढ्दै प्रेम

जनक तिमिल्सिना

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik