• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कभरस्टोरी
  3. रिपोर्ट
रिपोर्ट
राइडरलाई रोजीरोटीकै समस्या
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

कृष्ण आचार्य

राइडरलाई रोजीरोटीकै समस्या
वाइक राईडिङ टुटल एप मार्फत् यात्रु ओसादै । फाइल तस्विरः नवराज वाग्ले
असार ९, २०७७
दुई पाङ्ग्रेमा राइडिङ सेवा दिइरहेका कम्पनीमा काम गर्ने राइडरहरू लकडाउनपछि समस्यामा परिरहेका छन् । उनीहरूको आम्दानी स्रोत बन्द भएको छ र कहिले सुचारु हुने हो भन्ने पनि अनिश्चित छ ।

रौतहटमा लामो समय अध्यापन गरेर काठमाडौं आएका हितलाल मुखियाले केही समय काठमाडौंको विद्यालयमा कक्षा ९ र १० लाई विज्ञान विषय पढाए । दुई छोरा, एक छोरी, श्रीमती र आफू गरेर पाँच जनाको परिवार अध्यापन पेशाबाट सजिलै नचल्ने भएपछि उनले पठाओको राइडिङ एप डाउनलोड गरे र दुई पाङ्ग्रे सवारीमा राइडिङ सेवा दिन सुरु गरे । आम्दानी राम्रो हुन थालेपछि फुल टाइम राइडर बनेका हितलाललाई लकडाउनले तनाव दिएको छ । मासिक १३ हजार कोठाभाडा कसरी तिर्ने भन्ने पिरलो छ, छोराछोरीको पढाइमा खर्च हुने मासिक २० हजार रुपैयाँ बचेको भए पनि घरखर्च भने घटेको छैन । एकाबिहानैदेखि मध्यरातसम्म राइडिङ गरेर मासिक ५० हजारसम्म आम्दानी गर्ने गरेका उनलाई लक डाउनपछि २५ हजार ऋण लागिसकेको छ । घरबेटीलाई ३ महिनाको भाडा दिन सकेका छैनन् । साप्ताहिकसँग आफ्नो दुःख पोख्दै उनी भन्छन्, ‘काठमाडौंमा खान–बस्न गाह्रो भएर ७ दिनअघि रौतहट आएको छु । गाउँमा खेतबारी छ, आफन्त तथा साथीभाइ छन् । अब त सुख, दुःख गरेर चल्ला नि ।’

हितलालजस्तै राइडिङ सेवा दिएर रोजीरोटी चलाइरहेकाहरूको बिचल्ली भएको छ । त्यसको अर्को उदाहरण हुन्– राजेशकुमार श्रेष्ठ । उनले राइडिङबाट ५ जनाको परिवारको आवश्यकता पूरा गरिरहेका थिए । राम्रो कमाइ हुन थालेपछि रङ लगाउने काम छाडेर दुई पाङ्ग्रे सवारी राइडर बनेका उनको लकडाउनपछि आम्दानीको स्रोत नै बन्द भयो । छोरा–छोरी, श्रीमती र आफू गरेर ५ जनाको परिवारलाई साँझ–बिहानको छाक टार्न नै गाह्रो हुन थाल्यो । साथी र आफन्तसँग सर–सापटी गरेर जेनतेन दुई छाकको जोहो त गरे तर, कहिलेसम्म पुग्थ्यो ऋण गरेको पैसाले । लक डाउन खुकुलो भएपछि अहिले उनी पुरानो काममै फर्किएका छन् । साप्ताहिकसँग राजेश भन्छन्, ‘लकडाउन खुलेपछि राइडिङ गर्न पाइन्छ भन्छन् । आज खुल्ला, भोलि खुल्ला भन्दा–भन्दै ३ महिना सकियो । अति नै भएपछि अहिले पेन्टिङको काममा फर्किएको छु । पेट त भर्नै पर्यो के गर्नु !’

राइडिङ कम्पनीहरूको तथ्यांकलाई आधार मान्ने हो भने टुटल, पठाओलगायत कम्पनीमार्फत् झन्डै ७५ हजारले दुई पाङ्ग्रे सवारी सेवा दिइरहेका थिए । यसमध्ये धेरै अन्य रोजगारीमा संलग्न भएका पनि छन् । केही भने यसलाई नै मुख्य रोजगारीको माध्यम बनाएर जीविका चलाउनेहरू पनि थिए । उनीहरू यतिबेला सबैभन्दा बढी समस्यामा परेका छन् ।

 फाइल तस्विरः नवराज वाग्ले

त्यसैमध्येकी एक हुन्– सीता लामा । उनी गृहणी हुन्, धेरै पढेकी छैनन् । त्यसैले अनेकौँ प्रयास गर्दा पनि काठमाडौंमा जागिर पाइनन् । एक छोरीकी आमा सिताले एक वर्षअघिदेखि मोबाइल राइडिङ एप टुटलमार्फत यात्रुलाई सेवा दिन थालिन् । त्यसपछि आवश्यक खर्चका लागि उनले विदेशमा रहेका श्रीमान्को मुख ताक्नुपरेन । सबै राम्रै चल्दै थियो । नेपालमा कोभिड–१९ संक्रमण त्रास भित्रियो । लकडाउन भयो । यसरी ३ महिनादेखि उनले यात्रुलाई राइडिङ सेवा दिन पाएकी छैनन् । उता श्रीमान्ले विदेशबाट पैसा पठाउने अवस्था पनि छैन । सीता भन्छिन्, ‘राइडिङ एप मेरा लागि जागिरजस्तै भएको थियो । दिनमा १२–१५ सय कमाइ हुन्थ्यो । लकडाउनले सबै बर्बाद पार्यो ।’

लक डाउनअघिसम्म राइडिङ एपको प्रयोग गरेर दुई पाङ्ग्रे सवारीमा यात्रा गर्ने यात्रुको संख्या ४५ हजार हाराहारी थियो । झन्डै ११ लाखले राइडिङ एप डाउनलोड गरेका थिए । उनीहरूलाई गन्तव्यमा पुर्याएर दैनिक १७ हजारले प्रत्यक्ष रोजगारी पाइरहेका थिए । अर्थात् राइडिङ एपमार्फत यात्रा गर्ने एक यात्रुले औसत ५० रुपैयाँको यात्रा गर्दा पनि २२ लाख ५० हजार रुपैयाँ राइडिङ कम्पनीको हातमा परिरहेको थियो । धेरैले राइडिङ कम्पनीमा रोजगारीसमेत पाएका थिए । टुटलका सहसंस्थापक शिक्षित भट्ट लकडाउनका कारण कार्यालयमा काम गर्ने कर्मचारीलाई तलब खुवाउनसमेत गाह्रो परिरहेको बताउँछन् । ‘लकडाउन त खुकुलो भएको छ । मोटरसाइलमा २ जना यात्रु पनि चढ्न थालेका छन् । तर, आधिकारिक रूपमा सरकारले यात्रुवाहक सवारी चलाउने निर्णय नगरेका कारण हामीले दुई पाङ्ग्रे सवारी चलाउन पाएका छैनौँ ।’

भट्ट राइडरहरूले आफूहरूको रोजीरोटी गुम्यो, छिटो खोल्नुपर्यो भन्दै फोन गरेर समस्या पोखिरहेको बताउँछन् । तर, आफूहरुको हातमा केही नभएकाले उनीहरूको कुरा सुन्नुबाहेक अर्को विकल्प नरहेको उनको भनाइ छ । टुटल र पठाओलगायत कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएका कम्पनी हुन् । तथापि यातायात व्यवस्था ऐन विपरीत दुई पाङ्ग्रे सवारीमार्फत यात्रु बोकेको भन्दै यातायात व्यवस्था विभागले पटक–पटक यी कम्पनीमाथि रोक लगाउने प्रयास गर्दै आइरहेको छ । विभागले सूचना नै जारी गरेर मोबाइल एपमार्फत दुईपाङ्ग्रेमा सवारी बोक्ने काम रोक्न निर्देशन दिएपछि ट्राफिक प्रहरीले केही राइडरमाथि कारबाहीसमेत गरेको थियो । त्यसैले पनि सरकारले पटक–पटक रोक्न खोजेको राइडिङ सेवालाई यस्तो बेला राहत हुने केही व्यवस्था गर्ला भनेर आशा गर्ने ठाउँ नै नरहेको संचालकहरू बताउँछन् ।

राइडरहरु भने सरकारले सुरक्षा नीति अपनाएर भए पनि जतिसक्दो छिटो राइडिङ एप सुरु गर्नुपर्ने बताउँछन् । राइडर राजेशकुमार श्रेष्ठ भन्छन्, ‘यात्रु र चालकको सुरक्षाको जिम्मा सम्बन्धित संस्थाले लिने गरी सरकारले राइडिङ सेवा सुरु गर्न दिनुपर्छ । अहिलेको अवस्थामा सार्वजनिक यातायताभन्दा यही सुरक्षित छ भन्ने मलाई लाग्छ ।’ तर, राजेशले भनेजस्तो अहिले नै राइडिङ सेवा सुरु गर्ने अवस्था भने छैन । सरकारले ट्याक्सी संचालनमा समेत प्रतिबन्ध लगाएका हुनाले राइडिङ सेवा संचालन हुन दिने सम्भावना नदेखेको टुटलका भट्ट बताउँछन् । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
रिपोर्ट
फन्दामा ठगहरू

वैशाख ८, २०७७

रिपोर्ट
राइडरलाई रोजीरोटीकै समस्या

कृष्ण आचार्य

वैशाख ८, २०७७

रिपोर्ट
सधैँ सडकमा

जनक तिमिल्सिना

वैशाख ८, २०७७

रिपोर्ट
एसइई : कसरी हुन्छ आन्तरिक मूल्यांकन ?

समर्पण श्री

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik